२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भयभीत र त्रसित नहुन सरकारको आग्रह

कर्णालीमा कोरोना संक्रमण देखिएपछि प्रदेश सरकारले भयभीत एवं त्रसित नहुन अनुरोध गरेको छ । भारतबाट आएका दैलेख आठबीस नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश सरकारले जनतामा थप डरत्रास फैलन नदिन कर्णालीवासीमा यस्तो अनुरोध गरेको हो ।

लकडाउन : किनमेलका लागि समय निर्धारण

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले खाद्यान्न लगायतका अत्यावश्यकीय सामान किनमेलका लागि समय निर्धारण गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मंगलबार बसेको कोभिड–१९ को संक्रमण तथा रोकथाम नियन्त्रण स्थानीय कार्यदलको बैठकले खाद्यान्न, तरकारी, औषधि लगायतका अति आवश्यकीय सामान किनमेलका लागि बिहान तीन घण्टा र बेलुका दुई घण्टा बजार खुला गर्ने निर्णय गरेको हो ।

प्रदेश २ मा ३ सय ५ आइसोलेसन बेड थप्ने निर्णय

प्रदेश २ सरकारले प्रदेशमा तीन सय आइसोलेसन बेड थप्ने निर्णय गरेको छ । संक्रमितको संख्या र जोखिम बढेपछि मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेश स्तरीय निर्देशन एवं समन्वय समितिको मंगलवार बसेको बैठकले प्रदेशका विभिन्न स्थानमा ३ सय ५ आइसोलेसन बेड थप्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यायले जनाएको छ ।

कोरोनाबाट संक्रमित र मृतकको सबै ठेगाना खुलाउ : सूचना आयोग

राष्ट्रिय सूचना आयोगले कोरोनाबाट संक्रमित तथा मृत्यु भएका व्यक्तिको ठेगानाको विषयमा सर्वसाधारणमा भ्रम तथा अन्यौलता सिर्जना भएको भन्दै स्थायी र अस्थायी ठेगाना स्पष्ट खुलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ।

भयभीत र त्रसित नहुन प्रदेश सरकारको आग्रह

कर्णालीमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण एकजनामा देखिएपछि प्रदेश सरकारले भयभीत एवम् त्रसित नहुन कर्णालीवासीमा अनुरोध गरेको छ । सोमबार भारतबाट आएका दैलेख आठबीस नगरपालिका–१, का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि प्रदेश सरकारले जनतामा थप डर त्रास फैलिन नदिन यस्तो अनुरोध गरेको हो ।

प्रदेश १ मा कोरोना नियन्त्रणका लागि कसरी काम गर्दैछन् स्थानीय तह?

यो लकडाउनको सुरुकै कथा हो। सीमा नाकामा कयौं नेपाली घर फर्किने अनुमतिको पर्खाइमा थिए। स्वदेशमा मजदुरहरु कयौं दिन पैदल नापेर पीडादायी यात्रा गरिरहेका थिए। उनीहरुलाई गन्तव्यमा पुर्याउन माग गर्ने आवाज चर्को थियो। सीमामा अलपत्र नेपालीलाई नेपाल भित्र्याएर क्वारेन्टिनमा राख्न सरकारमाथि तीव्र दबाब पर्दै आएको थियो।

क्वारेन्टिनबाटै संक्रमणको खतरा

कोरोना रोकथाम एवम् नियन्त्रणको लागि बाहिरबाट आएकाहरुलाई क्वारेन्टिनमा राखिन्छ तर तिनै क्वारेन्टिन व्यवस्थिति नहुँदा संक्रमणको जोखिम छ । क्वारेन्टिन भनेको संक्रमण अवधिभर आशंकितलाई छुट्टै राखेर रोगको निदान गर्ने परीक्षण विधि हो । तर यहाँ परीक्षण होइन, मानिसहरूलाई थुन्नका लागि राखिएको छ । क्वारेन्टिनमा पालना गर्नुपर्ने कुनै नियम पालना भएको छैन, जसले गर्दा संक्रमण नभएकालाई पनि संक्रमण हुने संभावना देखिएको हो ।

भोजपुरमा ६७ जनाको स्वाब संकलन गरि पठाइयो

कोरोनाको जोखिम बढिरहेका बेला भोजपुरमा पनि प्रत्यक्ष जनसम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरि पठाइएको छ । जिल्लामा कार्यारत कर्मचारी, पत्रकार, व्यापारी, सुरक्षाकर्मी, सवारीचालकको नमूना स्वाब संकलन गरिएको छ । प्रत्यक्ष रुपमा अग्रभागमा रहेर खटिने ६७ जनाको पीसीआर परीक्षणका लागि नमूना स्वाब संकलन गरिएको हो ।

२० जना पत्रकारको पीसीआर परीक्षण

कोरोना भाइरसको महामारीका बेला जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका सुनसरीका पत्रकारको पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गरिएको छ । पहिलो चरणमा जिल्लाको इनरुवा, इटहरी र धरानका २० जनाको स्वाब मंगलबार संकलन गरिएको हो ।

अहिलेसम्म कति जनाको कोरोना परीक्षण भयो ?

२४ घण्टामा २ हजार २ सय ४० सहित अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सय ४ जनाको नमुना परीक्षण गरिएको छ। यस्तै गत २४ घण्टामा ५ हजार ८९ सहित अहिलेसम्म ७४ हजार ६ सय ४९ वटा आरडिटी परीक्षण भएका छन्।

मृतक महिलाको सम्पर्कमा रहेका ५३ मा कोरोना देखिएन

कोरोना भाइरस (कोभिड–१९) को कारण नेपालमा पहिलो पटक ज्यान गुमाउने सुत्केरीका गाउँलेको थ्रोट स्वाब परीक्षण रिपोर्ट आउन थालेको छ । मंगलबार ५३ जनाको रिपोर्ट आएकोमा उनीहरुलाई कोरोना संक्रमण देखिएन ।

काठमाडौंमा थपिए ३ जना संक्रमित

काठमाडौं उपत्यकामा ३ सहित देशका विभिन्न जिल्लामा २७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ देखि ४२ वर्ष उमेर समूहका २४ जना पुरुष र ३ जना महिलामा संक्रमण देखिएको हो।

अब पैसा तिरेर कोरोना परीक्षण गराउन पाइने

सरकारले स्वेच्छिकरुपमा कोरोना परीक्षण गर्न सक्ने व्यवस्था गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार तोकिएका सार्वजनिक स्वास्थ्य संस्था मार्फत शूल्क तिरेर परीक्षण गराउन सकिने छ।

कोरोना हिरोहरुलाई सम्मान गर्न सिफारिस

नेपाल स्काउट जिल्ला कार्य समिति भक्तपुरले कोरोना हिरोको रुपमा परिचित भक्तपुरका दुई जना स्काउट लिडरहरु राजेश गाइजू र अरुण सैंजूलाई विशेष सम्मान गर्न नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौर काठमाडौंलाई सिफारिस गरी पठाएको छ ।

सुनसरीमा तीन जनामा कोरोना संक्रमण

सुनसरीमा तीन जनामा कोरोना संक्रमण (कोभिड–१९) पुष्टि भएको छ । सोमबार र मंगलबार सार्वजनिक भएको नजिता अनुसार इटहरीका एक जना १८ वर्षे युवक, गढी गाउँपालिका वडा नं. १ का २८ वर्षे र एक जना सशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्