२१ आश्विन २०८१ सोमबार
image/svg+xml

संकटमा युवाहरुको साथ, तरकारी र खाद्यान्न उपभोक्ता माझ

कोरोना संक्रमण बढ्दै जादा समग्र विश्व नै संकटमा परेको छ । संकटबाट नेपाल पनि अछुतो छैन । नेपालमा पनि लकडाउन करिब २ महिना हाराहारीमा पुग्न थालेको छ । पैसा भएपनि उचित मूल्यमा उपभोक्ताहरुमा तरकारी र खद्यान्न कसरी जुटाउने भन्ने चिन्ता छाइरहेको बेला भैरहवाका युवाहरुको सक्रियतामा अभियाननै चलाई घरघरमा सो सामाग्रीको पूर्ति गराइरहेका छन् ।

कोरोना कहर : स्थानीय तहको गौरवको योजना पनि प्रभावित

खोटाङको खोटेहाङ गाउँपालिकाले गौरवको आयोजनाका रुपमा तीन वडाको विद्युतीकरणका लागि चालु आर्थिक वर्ष ७५ लाख विनियोजन गरेको थियो ।

कोरोनाका संभावित संक्रमितका लागि बनाइएको क्वारेन्टिन तराईमा खचाखच, पहाडमा रित्तै

कास्कीको रुपा गाउँपालिकाले कोरोना भाईरसका सम्भावित संक्रमितका लागि विभिन्न तीनठाउँमा क्वारेन्टिन बनाउने निर्णय त गर्‍यो । तर सबै क्वारेन्टिन संचालन गर्न आवश्यक परेन । सुरुमा एउटा मात्र संचालनमा ल्याइएको क्वारेन्टिनमा २५ जना स्थानीय बसेका थिए । पहिलो चरणमा क्वारेन्टिनमा बसेका घर फर्केपछि केही समयपछि क्वारेन्टिन नै रित्तियो ।

भारतको वनवासामै ३५ दिन क्वारेन्टिन बसेर फर्किएका थिए

लकडाउनको ५६ औं दिनमा कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका आठबीस नगरपालिका–१ सात्तालाका ३५ वर्षीया युवा वनवासामै ३५ दिन क्वारेन्टिनमा बसेर फर्किएका थिए । शनिबार आठविस नगरपालिकाले बनाएको क्वारेन्टिनबाट स्वाब संकलन गरि आइतबार प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा जाँच गरिएको थियो ।

सिन्धुलीका २३ जनामा आरडिटी पोजेटिभ, ४७ जनाको स्वाब परीक्षण गर्न पठाइयो

सिन्धुलीमा २३ जनामा आरडिटी पोजेटिभ देखिएको छ । जिल्ला अस्पताल सिन्धुलीले सोमबार र मंगलबार बिहान गरेको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा २३ जनामा एन्टिबडी पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

कोरोना कहर : संकटमा गुमनाम छन् ‘एनजिओ’

यतिबेला कोरोना महामारीको त्रासले विश्व आतंकित छ । गाउँ सहर टोल र बस्तीहरु लकडाउनले आत्तिएका छन् । सरकारी पदमा भएका बाहेक अन्य राजनीतिक नेता कार्यकर्ता एकान्तवासमा छन् । नागरिक समाज वा त्यस्तै अन्य नामले आफूलाई समाजमा चिनाएकाहरुको अनुहार देखिदैन । समाज शान्त देखिए पनि एकप्रकारले भद्रगोलको अवस्थामा पुगेको छ । सामाजिक हिसावले अस्तब्यस्त समाजमा कोरोना बारे भ्रम र तथ्यका बारेमा जानकारी पुर्‍याउने समय आएको छ ।

नाम मात्रैका क्वारेन्टिन

दैलेखको आठबीस नगरपालिकाको सात्तलास्थित लक्ष्मी माविको क्वारेन्टिनमा राखिएका मध्ये एक जनामा कोरोना संक्रमण देखियो । विद्यालयको पाँच वटा कोठामा कोरोना संक्रमित व्यक्तिसँगै ३९ जना बस्थे । एउटै कोठामा आठदेखि १० जनासम्म राखिएको थियो । कोरोना संक्रमण देखिएका व्यक्तिसँगै कोठामा १० जना बस्थे । यो घटनाले कर्णालीमा सञ्चालनमा रहेका क्वारेन्टिनको अवस्था के छ भन्ने देखाउँछ ।

नगरपालिका सिल गरेर कोरोना परीक्षण

चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिका सिल गरेर कोरोना परीक्षणलाई तीव्रता दिएको छ।

पत्रकारलाई मास्क, सेनिटाइजर र सीम वितरण

कोभिड–१९ अर्थात् कोरोना भाइरसको महामारीमा पनि जोखिम मोलेर समाचार संकलन गर्ने पत्रकारलाई सुर्खेत उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा सुर्खेत सञ्चार केन्द्रका सञ्चालक हर्षविक्रम खड्काले कोरोना जोखिम कम गर्ने सुरक्षा सामग्री सहयोग गरेका छन् । एननाइनफाइभ मास्क, सेनिटाइजर र फ्रि कल र इन्टरनेटडाटासहितको एनसिएल सिम सहयोग गरेका हुन् ।

विदेशमा अलपत्र नेपालीलाई फिर्ता ल्याउन तयारी सुरु

कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउन सरकारले गृहकार्य सुरु गरेको छ। कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम समन्वय उच्च स्तरीय समितिले विदेशमा अलपत्र परेका र स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउने सम्बन्धमा मोडालिटि तयार गर्न छलफल सुरु गरेको हो।

कोभिड–१९ विरुद्धको विश्व एकतालाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९)का विरूद्धको विश्व एकतालाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने बताएका छन्।

संक्रमित भेटिएपछि धादिङको जुगेखोला क्षेत्र सिल

सुरक्षा समितिको बैठकले पूर्वका धार्केखोला पुल, पश्चिममा आडकिला मोड, उत्तरमा महेश खोला र दक्षिणमा उडुवादेवी आधारभूत विद्यालयबीचको क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो ।

कपिलवस्तुमा थप ४ जना संक्रमित

वुटवल र भैरहवाका कोरोना अस्पताल भरिभराउ भएपछि संक्रमितलाई अस्पताल लैजान समस्या भएको छ ।

सुनसरीका पत्रकारको एक लाखको कोरोना वीमा

प्रेस युनियन सुनसरीले जिल्लामा सक्रिय पत्रकारहरुको निःशुल्क वीमा सुरु गरेको छ। कोरोना भाइरसको महामारीका बेला फ्रन्टलाइनमा जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका नेपाल पत्रकार महासंघ सुनसरी आबद्ध तथा जिल्लामा क्रियासिल गरि १५० जना पत्रकारको निःशुल्क वीमा गर्न सुरु गरेको हो।

प्रदेश १ मा थपिए ११ संक्रमित

प्रदेश १ मा मंगलबार ११ जना कोभिड १९ संक्रमित थपिएका छन्। झापाका ९ जना र सुनसरीका दुई जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ। त्यसमध्ये १७ जना उपचारपछि घर फर्केका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्