२१ आश्विन २०८१ सोमबार
image/svg+xml

रोल्पा क्वारेन्टिनमा मृत्यु भएका युवकको स्वाब परीक्षण गर्न दाङ ल्याइयो

रोल्पाको क्वारेन्टिनमा मृत्यु भएका युवाको कोरोना परीक्षणका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब ल्याइएको छ । आईतबार राति काठमाडौँबाट रोल्पा ल्याइएका मृगौला पीडित ति युवाको सोमबार क्वारेन्टिनमा मृत्यु भएको थियो । ति युवकमा कोरोना भए/नभएको पत्ता लगाउनका लागि उनको स्वाब सोमबार राति नै दाङस्थित प्रतिष्ठानमा ल्याइएको छ ।

सन्धिखर्क छायाँ पोलिक्लिनिकका १० जनाको स्वाब परीक्षण

गुल्मीका कोरोना सङ्क्रमितले उपचार गराएको खुलेपछि सिल गरिएको सन्धिखर्कको छायाँ पोलिक्लिनिकका १० जनाको स्वाबको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका गुल्मीका व्यक्तिले सन्धिखर्क नगरपालिका–१ मा रहेको छायाँ पोलिक्लिनिकमा आएर उपचार गराएको भन्ने खुलेपछि उपचार तथा ल्याब र फार्मेसीमा संलग्न १० जनाको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवा पठाइएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए ।

कोरोना संक्रमित फेला परेसँगै हलेसी तुवाचुङ नगरपालिका सिल

एक जना कोरोना संक्रमित फेला परेसँगै खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई सिल गरिएको छ। काठमाडौंबाट आएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका एक २० वर्षीय युवालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पूष्टि भएपछि नगरपालिकालाई सिल गरिएको हो।

पोखरेली कलाकारद्वारा ‘ललितकला थेरापी’को माग

आगामी वार्षिक बजेटमा ‘ललितकला थेरापी’ प्याकेज ल्याउनु पर्ने माग गर्दै कलाकारहरूले जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

१५ हजार संक्रमित हुन सक्ने प्रक्षेपण

‘विश्वको अवस्था हेर्दा आजको दिनमा करिब १५ हजार नागरिक कोरोनाबाट संक्रमित हुन सक्छन् भन्ने हो । तर अहिले चार सय हाराहारीमा मात्रै संक्रमित भेटिएका छन्,’स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले भने ।

‘डेट बडी’ व्यवस्थापनबारे छैन सरकारको तयारी

धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको शुक्रबार निधन भयो । मृत्युपछि गरिएको कोरोना परीक्षणको नतिजा पोजेटिभ आयो । कोरोनाकै कारणले मृत्यु भएकी ती महिलाको अन्त्येष्टि गर्ने सम्बन्धमा भने जिम्मेवारी निकायलाई शनिबार दिनभर टाउको दुखाइ बन्यो ।

वाग्मती प्रदेशमा १० संक्रमित उपचाररत

सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले वाग्मती प्रदेशभित्र कोरोना संक्रमित सबैभन्दा बढी काठमाडौंमा सात जना पुष्टि भएकोमा चार जना उपचाररत रहेको र तीनजना निको भई घर फर्केको जानकारी दिए । दोस्रो स्थानमा रहेको चितवनमा तीन संक्रमितमध्ये एकजनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने एकै घरका दुई जना निको भएर घर फर्किसकेका छन् ।

भारतबाट आएकाको परीक्षण नहुँदा संक्रमण खतरा

भारतबाट आएका नागरिकलाई कोरोना परीक्षण नगरेरै कर्णाली प्रदेश सरकारले गाउँगाउँ पुर्याउन थालेको छ । भारतमा रेलसेवा सुरु भएसँगै त्यहाँबाट कर्णालीवासी फर्कने क्रम सुरु भएको छ । दुई दिनको अवधिमा आएका कर्णालीका करिब पाँच सय नागरिक स्वास्थ्य परीक्षणबिनै गाउँ पुगेका छन् । अहिलेसम्म कोरोना संक्रमण नदेखिएको कर्णालीमा सरकारले भारतबाट आएका नागरिकलाई परीक्षणबिनै गाउँ पठाउन थालेपछि संक्रमणको खतरा बढेको छ ।

मृत सुत्केरीको शिशुमा छैन कोरोना, गाउँमा कन्ट्र्याक्ट ट्रेसिङ तीव्र

मृतकको सम्पर्कमा रहेका आफन्त,छिमेकी,स्थानीय,चालक र स्वास्थ्यकर्मीसहित एक सय ८८ जनाको थ्रोट स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको छ,जसको रिपोर्ट मंगलबारदेखि आउन थाल्नेछ ।

नेपालका ३२ जिल्लामा फैलियो कोरोना, कहाँ कति संक्रमित ?

हालसम्म नेपालका ७७ जिल्लामध्ये ३२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा सबैभन्दा बढी संक्रमित बाँकेमा जिल्लामा देखिएका छन्। बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या ९४ पुगको छ । त्यस्तै बाँकेपछि पर्सामा ९१ जना कोरोना संक्रमित फेला परेका छन्।

थप १८ जनामा कोरोना, संक्रमितको संख्या ३७५ पुग्यो

नोभेल कोरोना भाइरसका १८ जना संक्रमित थपिएका छन् । हाल देशभर कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । यसअघि सोमबार दिउँसाेसम्म ६२ जना कोरोना संक्रमित थपिएका थिए । कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

कर्णालीमा भेटिए पहिलो पटक कोरोना संक्रमित

सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा एक युवाको कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा आशंका देखिएपछि नेपालगंजमा गरिएको थप परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । कोरोना परीक्षण गर्दा सुर्खेतमा रिपोर्ट बोर्डर नाइनमा देखिएकोमा नेपालगंजमा पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय सुर्खेतका कोरोना फोकल पर्सन ओम आर्चायले जानकारी दिएका हुन् ।

खोटाङमा एक जनाको पीसीआर रिपोर्ट पोजेटिभ

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका एक जनाको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भए/नभएको यकिन गर्नका लागि नगरपालिकाबाट पठाइएका ३३ जनाको स्वाबमध्ये २० वर्षीय युवाको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए ।

शिशुसहितका आफन्त फर्के घर, गाउँका १ सय ८८ को स्वाब संकलन

कोरोना भाइरस (कोभिड–१९) को कारण नेपालमा पहिलो पटक ज्यान गुमाउने सुत्केरीका शिशुसहितका आफन्त धुलिखेल अस्पतालबाट सोमबार साँझ घर फर्केका छन् । उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनीहरुलाई घर पठाएको हो ।

धादिङमा ६ जनाको आरडिटी पोजेटिभ

धादिङमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा ६ जनाको पोजेटिभ देखिएको छ । सोमबार जिल्ला सदरमुकाम धादिङबेसी, गल्छी, गजुरी, ज्वालामुखीमा गरी दुई सय ३० जनाको आरडिटी परीक्षण गरिएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्