काठमाडौं–कोरोना भाइरसबाट थलिएको कला क्षेत्रलाई राहत पु¥याउन आगामी बजेटमा ‘ललितकला थेरापी’ प्याकेज ल्याउन कलाकारहरूले सरकारसँग माग गरेका छन् । पोखरामा बसेर साधना गर्दै आएका कलाकारहरू नगेन सिंह, प्रताप बानियाँ, सुवास भण्डारी र प्रकाश पुनले सोमबार जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।
आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक बजेट मार्फत यस्तो प्याकेज ल्याउन माग गरिएको ज्ञापनपत्र कार्यालयका प्रमुख चित्राङगत बरालले बुझेका थिए । ज्ञापनपत्रमा ३ शूत्रीय माग पेश गरिएको छ । उनीहरूको पहिलो मागमा हरेक सरकारी विद्यालयमा अनिवार्य ललितकला गुरु राख्नु पर्ने आवाज उठाइएको छ ।
त्यस्तै दोस्रोमा ललितकला संग्रहालय तथा विभागका लागि विभिन्न श्रोत मार्फत उठेको करबाट निश्चित प्रतिशत ललितकलामा खर्च गर्नु पर्ने र हरेक सरकारी कार्यालयमा एउटा कलाकृति अनिवार्य राख्नु पर्ने उल्लेख छ ।
त्यसैगरी तेस्रोमा नेपाली कलाकारका कृति बैंकमा धितो राखेर ऋण सुविधा लिने वातावरण बनाउन माग गरिएको छ ।
‘कला थेरापीले आम नागरिक, सरकार र स्वयं कलाकारलाई फाइदा पुग्नेछ’, विश्वकला यात्री सिंह भन्छन्, ‘त्यसैले सरकारले आफ्नो नीति तथा कार्यक्रममा हाम्रो माग थपोस् भनेर ज्ञापनपत्र बुझाएका हौं ।’
प्रकाशित: ६ जेष्ठ २०७७ ०१:२३ मंगलबार