२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

सन्धिखर्क छायाँ पोलिक्लिनिकका १० जनाको स्वाब परीक्षण

सिल गरिएको छायाँ पोलिक्लिनिक ।

गुल्मीका कोरोना सङ्क्रमितले उपचार गराएको खुलेपछि सिल गरिएको सन्धिखर्कको छायाँ पोलिक्लिनिकका १० जनाको स्वाबको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका गुल्मीका व्यक्तिले  सन्धिखर्क नगरपालिका–१ मा रहेको छायाँ पोलिक्लिनिकमा आएर उपचार गराएको भन्ने खुलेपछि उपचार तथा ल्याब र फार्मेसीमा संलग्न १० जनाको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवा पठाइएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत वैशाख ३१ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि छायाँ पोलिक्लिनिकमा उपचार गराएको र त्यहाँ उपचार सम्भव नभएपछि बुटबलको क्रिमसन अस्पतालमा गएर भर्ना भएको देखिएको डाक्टर गौतमले बताए ।

४१ वर्षीय उनी सरकारी विद्यालयका शिक्षक रहेको र पछिल्लो समय कहीँ गएको नभए पनि लक्षण हेर्दा कोरोनासँग मिल्दो पाइएपछि अस्पतालबाटै स्वाब संकलन गरिएको थियो । पोलिक्लिनक सिल गरेर त्यहाँ रहेका डाक्टर, स्वास्थ्यकर्मीको स्वाब परीक्षणको रिपोर्टका आधारमा त्यस क्लिनिकमा उपचारका लागि आएका सबै बिरामीहरु र उनीहरुसँग सम्पर्कमा आएका सबैलाई समेत खोजेर कोरोना चेकअप गरिने सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले बताए । 

प्रकाशित: ६ जेष्ठ २०७७ ०४:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App