२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

धादिङमा ६ जनाको आरडिटी पोजेटिभ

धादिङमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा ६ जनाको पोजेटिभ देखिएको छ । सोमबार जिल्ला सदरमुकाम धादिङबेसी, गल्छी, गजुरी, ज्वालामुखीमा गरी दुई सय ३० जनाको आरडिटी परीक्षण गरिएको थियो । जसमा धादिङबेसीमा एक सय १४ जना, गजुरीमा ७५ जना, गल्छीमा ३५ जना ज्वालामुखीमा ६ जनाको परीक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङका महामारी फोकल पर्सन दिपक अछामीले जानकारी दिए ।

जिल्लाको गजुरीमा गरिएको परीक्षणमा तीन जना सुरक्षाकर्मीमा आरडिटी रिपोर्ट पोजेटिभ आएको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा.रामहरी रेग्मीले जानकारी दिए । त्यस्तै धादिङबेसीमा पनि तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ ।  

गजुरीमा सुरक्षाकर्मी ४३ जना, क्वारेन्टिनका काम गर्ने, एम्बुलेन्स चालक एक÷ एक जना, जनप्रतिनिधि ५ जना, फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुको आरडिटी परीक्षण गरिएको रेग्मीले जानकारी दिए ।  

आरडिटी पोजेटिभ देखिएपछि परीक्षणका लागि टेकु लैजाने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जानकारी दिए । जिल्लाका तीन जनामा कोरोना संक्रमित देखिएपछि लकडाउनमा कडाई गरिएको छ ।  

 

प्रकाशित: ५ जेष्ठ २०७७ १५:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App