२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

सुनसरीका पत्रकारको एक लाखको कोरोना वीमा

प्रेस युनियन सुनसरीले जिल्लामा सक्रिय पत्रकारहरुको निःशुल्क वीमा सुरु गरेको छ। कोरोना भाइरसको महामारीका बेला फ्रन्टलाइनमा जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका नेपाल पत्रकार महासंघ सुनसरी आबद्ध तथा  जिल्लामा क्रियासिल  गरि १५० जना पत्रकारको निःशुल्क वीमा गर्न सुरु गरेको हो।

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार युनियन र आईएमई जनरल इन्सुरेन्सबीच सम्झौता भएको छ। सम्झौता अनुसार पत्रकारलाई कोरोना भाइरसको लक्षण  देखिएमा १ लाख रुपैयाँ प्रदान गरिनेछ। सम्झौतामा युनियनका तर्फबाट अधिकारी र इन्सुरेन्सका मार्केटिङ  प्रदेश संयोजक विमलकुमार रन्जितकारले हस्ताक्षर गरेका छन्। इन्स्योरेन्सको बिराटनगर स्थित क्षेत्रिय कार्यालयम एक कार्यक्रमका बिच प्रेस युनियनका अध्यक्ष अधिकारी र रञ्जितकार बिच पत्रकारको बिमा गर्दे लिखित  सहमति आदानप्रदान भएको थियो।  

हस्ताक्षर कार्यक्रममा इन्स्योरेन्सका तर्फबाट  संयोजक रञ्जिकारले सस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत  कोराना बिमा कार्याक्रम प्रेस युनियन सुनसरीसँगको सहकार्यमा गरेको जानकारी गराए।     उक्त कार्यक्रममा पत्रकार महासघं प्रदेश १ का महासचिब बिबेक गौतमलेले युनियन सुनसरीले गर्ने लागेको बिमा कार्यक्रमले जिल्लाभरका पत्रकारहरुले फाइदा लिने बताए। पत्रकारहरुको पेशागत हक हित एवम सुरक्षाका बिषयमा गम्भिर भएर लागेको गतिलो उदाहरणका रुपमा यस बिमा योजनालाई लिन सकिने महासंघ प्रदेश १ अध्यक्ष बिक्रम लुइटेलले बताए।  

 

प्रकाशित: ६ जेष्ठ २०७७ ०५:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App