२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

भयभीत र त्रसित नहुन प्रदेश सरकारको आग्रह

कर्णालीमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण एकजनामा देखिएपछि प्रदेश सरकारले भयभीत एवम् त्रसित नहुन कर्णालीवासीमा अनुरोध गरेको छ । सोमबार भारतबाट आएका दैलेख आठबीस नगरपालिका–१, का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि प्रदेश सरकारले जनतामा थप डर त्रास फैलिन नदिन यस्तो अनुरोध गरेको हो ।  

कर्णालीमा थप संक्रमण फैलिन नदिन उच्च सतर्कता र सावधानीका उपाय अवलम्बन गर्न सामाजिक विकासमन्त्री दल रावलद्वारा हस्ताक्षेरित विज्ञप्तिमा उल्लेख गरिएको छ । संक्रमण हुन नदिने उद्देश्यका साथ रोकथाम, नियन्त्रणमा उच्च सतर्कतासहित काम गरिरहेको अवस्थामा पनि कोरोना देखिनु दुःखद् भएको प्रदेश सरकारले जनाएको छ । प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा प्रयोगशाला स्थापना गरी दक्ष जनशक्तिद्वारा विश्वसनीय परीक्षण भइरहेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

सोमबार कोरोना संक्रमण देखिएकाको अन्तिम परीक्षण नेपालगन्ज गरिएपछि जनस्तरमा यहाँ भइरहेको कोरोना परीक्षणमा प्रश्न उठाइएको थियो । सुर्खेतमा पीसीआर पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि नेपालगन्ज पठाइएको थियो । जोखिमयुक्त क्षेत्रबाट कर्णाली भित्रिने नागरिकको संख्या वृद्धि भएसँगै रहेक स्थानीय तहको वडास्तरसम्म परीक्षणको दायरा तिव्रताका साथ अगाडि बढाइएको सामाजिक विकासमन्त्री रावलले जनाए ।

प्रकाशित: ६ जेष्ठ २०७७ १४:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App