१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रदेश २ मा ३ सय ५ आइसोलेसन बेड थप्ने निर्णय

संक्रमितका लागि खाजा र खानको मापदण्ड बनाइँदै

प्रदेश २ सरकारले प्रदेशमा तीन सय आइसोलेसन बेड थप्ने निर्णय गरेको छ । संक्रमितको संख्या र जोखिम बढेपछि मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेश स्तरीय निर्देशन एवं समन्वय समितिको मंगलवार बसेको बैठकले प्रदेशका विभिन्न स्थानमा ३ सय ५ आइसोलेसन बेड थप्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यायले जनाएको छ ।

हाल संचालनमा रहेको कोरोना अस्पतालको आइसोलेसन बेडका अतिरिक्त सिरहा अस्पतालमा ५० बेड , सिरहा अस्पतालको मातहतमा रहने गरि महेन्द्र गेनाइ अस्पतालमा ३० बेड, गौर अस्पतालको मातहतमा रहने गरि गौर नरसिंह इन्स्टिच्युटमा ३० बेड, पोखरिया अस्पताल पर्सामा २५ बेड, भारदह अस्पतालमा सप्तरीमा ५० बेड, मलंगवा अस्पतालको मातहतमा रहने गरि अन्त अल्पमाई रामनारायणयादव नर्सिंग कलेजमा २५ बेड, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको मातहतमा रहने गरि साइकृष्ण मेडिकल हातामा ५० बेड र बर्दीवास अस्पतालमा ५० बेड थप्ने समितिले निर्णय गरेको हो ।

बैठकले रियल टाइम पिसिआर ल्याब स्थापना तथा संचालनका लागि आवश्यक सुझाव सल्लाह, प्राविधिक सहयोग र समन्वय तथा सहजीकरणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौका पूर्व निर्देशक डा. राजकुमार महतोलाई विज्ञ सल्लाहकारमा नियुक्त गर्ने समेत निर्णय गरेको छ ।

बैठकले प्रदेशमा जारी कोरोना परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित पक्षलाई निर्देशन दिने एवं आइसोलेसन तथा क्वारेन्टिामा रहेका संक्रमित एवं शंकास्पदहरुको खाना तथा खाजाको प्रदेश स्तरीय एउटै मापदण्ड बनाएर उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

प्रकाशित: ६ जेष्ठ २०७७ १४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App