२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सरकारी प्रयास फिक्का: कोरोना संक्रमण दर तीव्र

स्वास्थ्य मन्त्रालयका अधिकारीहरू भने ज्वरोका बिरामीलाई सिटामोलको सहज व्यवस्था र सास फेर्न गाह्रो भएकालाई अक्सिजन सहज ढंगले कसरी उपलब्ध गराउन सकिन्छ भन्दै हाल क्षमता अभिवृद्धिको प्रयास भइरहेको बताउँछन् ।

थप खतरामा उपत्यका

सरकारको क्षमताभन्दा बढी बिरामी भएमा व्यवस्थापन गर्न सकिने अवस्था छैन। स्वास्थ्यले पहिल्यै २५ हजार पुगेपछि लकडाउन गर्नुपर्ने सुझाव दिइसकेको छ, तर लकडाउन गर्ने वा नगर्ने अरुको निर्णय हो।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण पुष्टि

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले शनिवार ट्विटमार्फत आफूलाई कोभिड-१९ पोजिटिभ भएको जानकारी दिएका छन्।

दसैंमा कोरोना संक्रमण गाउँ–गाउँमा फैलिन सक्छ

कोरोना संक्रमणको दर वृद्धि हुँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वृद्ध र जोखिम समूहलाई जोगिन र जोगाउन अनुरोध गरेको छ। तर आफ्नो नियन्त्रण रणनीति भने अघि सारेको छैन।

धनकुटा पुनः कोरोना संक्रमण शून्य जिल्ला

धनकुटा जिल्ला पुनः कोरोना संक्रमणमुक्त जिल्ला भएको छ। जिल्लामा रहेका सबै संक्रमित निको भएपछि सुंक्रमण शून्य भएको हो। धनकुटामा पिसिआर विधिबाट २ हजार १६३ जनाको कोरोना परीक्षण गरेका मध्य ४५ जनाको पोजेटिभ देखिएको थियो।

कसरी भयो प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्यासिंहलाई कोरोना संक्रमण?

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिनसमेत रहेकी उनले ज्वरो आउने, घाँटी खस–खस गर्नेलगायत समस्या बढेपछि शिक्षण अस्पताल महाराजगन्जमा पिसिआर परीक्षण गराएकी थिइन्। ‘लक्षण नै देखिएपछि परीक्षण गराएँ, रिपोर्ट पोजेटिभ आयो,’ उनले भनिन्। जोखिम ठाउँमा काम गर्नुपर्ने भएकाले डा. सिंहले यसअघि नै तीनपटक पिसिआर परीक्षण गराइसकेकी थिइन्।

निषेधाज्ञापछि संक्रमण दोब्बर, एकैदिन १७ को निधन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो लकडाउन अर्थात् निषेधाज्ञा खुलेपछि कोरोना संक्रमण दोब्बर बढी भएको छ भने मृत्यु संख्या पनि ह्वात्तै बढेको बताएको छ।

‘अन्तिम दिनबाट फर्केर आएँ’

डा. गैरेका अनुसार भाइरसले आफूलाई बचाउन स्वरुप परिवर्तन गर्ने भएकाले नेपालमा दोस्रो चरणमा देखिएको कोरोना भाइरस पहिलेको भन्दा भिन्न छ। यसले वृद्धमात्र नभई युवालाई पनि गम्भीर अवस्थामा पु-याएको देखिन्छ।

कांग्रेसका महामन्त्री डा. शशांक कोइराला ओम अस्पतालमा भर्ना

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालमा भर्ना भएका छन् ।

वीपी प्रतिष्ठानका उपकुलपतिलाई पनि कोरोना संक्रमण

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई पनि कोरोना संक्रमण भएको छ।उपकुलपति डा.गिरी स्वयमले पिसिआर रिपोर्ट हिजो(सोमबार) राती पोजेटिभ आएको सार्वजनिक गरेका हुन्। उनले हिजो राती नै प्रतिष्ठानको आधिकारिक फेसबुक पेजमार्फत आफुलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका थिए।

कोरोना संक्रमणबाट विदेशमा थप ४३ नेपालीको निधन

कोरोना भाइरस (कोभिड १९) संक्रमणबाटबाट विदेशमा पछिल्लो एक हप्तामा थप ४३ जनाको निधन भएको छ। गत मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित दूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ। यो सँगै साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ जना पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्रसिहं राजपुतले जानकारी दिएको समितिले जनाएको छ।

बुटवलमा कोरोना संक्रमणबाट एकको मृत्यु

बुटवलको कोरोना अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। रुपन्देहीको ओमसतिया गाँउपालिका ५ का ४० बर्षीय पुरुषको उपचारकै क्रममा गएराती मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्