१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

थप खतरामा उपत्यका

एकैदिन १९ जनाको कोरोनाबाट मृत्यु

कोरोना संक्रमणका कारण पछिल्लो २४ भित्र १९ जनाको मृत्यु भएको छ। यीसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजा। ४० जना कोरोना संक्रमित थपिएका छन्। तीमध्ये काठमाडौं उपत्यकामा मात्र १५ सय ३१ जना हुन्। नयाँ संक्रमितमध्ये उपत्यकामा मात्र ६२.७ प्रतिशत छन्। अब नेपालमा कुल कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ। कुल संक्रमितमध्येमा ६५ हजार २ सय २ जना निको भइसकेका छन्।

हाल देशभरिमा २३ हजार ५ सय ७ जना सक्रिय संक्रमित छन्। तीमध्ये २ सय ४४ को आइसियु र ४३ को भेन्टिलेटरमा उपचार भइरहेको छ। हाल देशभरिमा १२ हजार ३ सय १६ जना होम आइसोलेसन र ११ हजार १ सय ९१ जना संस्थागत आइसोेलेसनमा छन्। गत २ब्ल्म्एभ्च्४४लदकउसघण्टामा १३ हजार ८ सय ८१ पिसिआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

कुल परीक्षण भएकामध्ये काठमाडौं उपत्यकामा २० प्रतिशत संक्रमण दर देखिएको र त्यहीअनुसार गम्भीर लक्षण भएका बिरामी पनि थपिँदै गएकाले थप मृत्यु हुने खतरा बढेर गएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले बताए। दैनिक संक्रमणको कारण अस्पतालका आइसियु अस्पतालका शड्ढया भरिँदै गएको डा. पाण्डेले बताए। यही दरले संक्रमण बढ्दै गएमा उपचारमा पुग्ने संक्रमितले पर्याप्त आइसियु र अक्सिजन नपाएर मृत्यु हुने खतरा बढिरहेको उनको भनाइ छ। ‘अस्पताल पुगेपछि पनि अक्सिजन, आइसियु नपाउने स्थिति हुने स्थिति आउँछ,’ उनले भने।

सरकारको क्षमताभन्दा बढी बिरामी भएमा व्यवस्थापन गर्न सकिने अवस्था छैन। स्वास्थ्यले पहिल्यै २५ हजार पुगेपछि लकडाउन गर्नुपर्ने सुझाव दिइसकेको छ, तर लकडाउन गर्ने वा नगर्ने अरुको निर्णय हो।

लकडाउन खुलेपछि संक्रमण छिटो नियन्त्रणमा नहुने भएकाले हरेकले घरमा जोखिम बढी हुने सदस्य वृद्ध–वृद्धा तथा दीर्घरोगी छुट्टै राखेर सुरक्षित राख्न अनुरोध गरे। ‘अब घरबाहिर गएकाहरुले आमाबुवा र दीर्घरोगीलाई भेट्नु भएन,’ उनले भने। संक्रमण तीव्र रूपमा वृद्धि भएपछि सरकारले आइबातार उपत्यकाको लागि मात्र २५ सय इन्डिपेनडन्ट शड्ढया तयारी गर्न लागेको जनाएको छ।

उपत्यकामा थप संक्रमण बढ्ने स्थिति अझै रहेको महाशाखाकै कन्ट्याक्ट टे«सिङ शाखाका प्रमुख तथा सूचना अधिकारी महेन्द्रध्वज अधिकारीले बताए। ‘संक्रमण बढेपछि मृत्यु संख्या पनि बढ्छ, यो रोगको चरित्र हो,’ उनले भने। तर क्षमताभन्दा बढी संक्रमित हुने स्थिति आएमा २५ हजार सक्रिय संक्रमित पुगेपछि केही अवधिका लागि लकडाउन गरेर संक्रमण नियन्यण गर्नुपर्ने स्वास्थ्य विज्ञको सुझाव रहेको अधिकारीले बताए।

उपत्यकामा सबैजसो आइसियु भरिँदै गएकाले व्यवस्थापनमा समस्या आउन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। यही हिसाबले संक्रमण बढ्ने हो भने सरकारले अस्पतालमा बिरामीको राम्रो व्यवस्थापन गर्न नसकिने स्थिति आउनसक्ने उनले संकेत गरे। ‘सरकारको क्षमताभन्दा बढी बिरामी भएमा व्यवस्थापन गर्न सकिने अवस्था छैन। स्वास्थ्यले पहिल्यै २५ हजार पुगेपछि लकडाउन गर्नुपर्ने सुझाव दिइसकेको छ, तर लकडाउन गर्ने वा नगर्ने अरुको निर्णय हो,’ उनले भने।

हाल देशभरिमा २६ सय आइसियु रहेकोमा कोभिड–१९ का लागि ११ सय मात्र आइसियु छन् भने ९ सय भेन्टिलेटरमा ५ सय १२ वटा मात्र कोभिडका लागि छन्। तीमध्ये उपत्यकाका लागि ४ सय आइसियु सञ्चालनमा छन्। कोभिड–१९ का गम्भीर बिरामीमध्ये धेरैजसोलाई आइसियु र अक्सिजन चाहिने चिकित्सक बताउँछन्।

प्रकाशित: २० आश्विन २०७७ ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App