२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उपत्यकामा ६१ प्रतिशत नयाँ संक्रमित

थप १० को मृत्यु

गत २४ घण्टामा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा ३ महिला र ७ जना पुरुष छन्। मृत्यु हुनेमा सर्लाहीकी ७२, काठमाडौंकी ५७ वर्षीया र बाँकेकी ७६ वर्षीया महिला तथा मोरङका ६८ वर्षीय, महोत्तरीका ५८, काठमाडौंका ६० र ७० वर्षीय, चितवनका ५५, बाँकेका ५३ र ३९ वर्षीय पुरुष छन्। थपसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ। यो हिसाबले कुल संक्रमितमध्येमा ०.६४ प्रतिशतको मृत्यु भएको छ।

मंगलबार काठमाडौं उपत्यकामा नयाँ संक्रमितमध्ये थप ६१. ७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या सोमबारको तुलनामा १ प्रतिशत बढी हो। उपत्यकासहित नेपालमा गत २४ घण्टामा १५ सय १३ जना नयाँ संक्रमित भएका छन्। नयाँसहित नेपालमा कुल संक्रमित हुनेको संख्या ७६ हजार २ सय ५८ पुगेको छ। तीमध्येमा ५५ हजार ३ सय ७१ जना निको भइसकेका छन् भने हाल देशभरिमा २० हजार ३ सय ९६ जना सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितमध्ये १० हजार ७ सय ७ जना होम आइसोलेसन र ९ हजार ६ सय ८९ जना संस्थागत आइसोलेसनमा छन्। जटिल समस्या भएका २ सय १३ जनाको आइसियु र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। गत २४ घण्टामा थप १० हजार ८ सय ९१ जनाको नमुनासहित कुल परीक्षण संख्या १० लाख ९ हजार २ सय ९८ पुगेको छ।

राजधानी तथा अन्य सहरहरुमा बढ्दो संक्रमणलाई नियन्त्रण गर्न जनताको भूमिका बढी रहेको जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक व्यक्तिलाई एसएमस (मास्क, भौतिक दूरी र हात हातको सफाइ) लाई कडाइपूर्वक लागू गर्न अनुरोध गरेको छ।

प्रकाशित: १४ आश्विन २०७७ ००:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App