२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बाँकेमा कोरोनाको डरलाग्दो संक्रमण

दोस्रो लहरको कोरोना संक्रमणका बेला ‘हटस्पट’ बनेको बाँकेमा अहिले पुनः संक्रमण दर फैलिँदै गएको छ। संक्रमण पूर्ण रुपले नियन्त्रणमा नआउँदै पुनः बढेको हो।

थप १९ सय २० जनामा कोरोना संक्रमण, २४ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४४३ पीसीआर परीक्षणमा १ हजार ७०२ र ३ हजार ७३ एन्टिजेन परीक्षणमा २१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

थप ३ हजार ७५ जनामा कोरोना पुष्टि, ३३ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

प्रदेश १ मा ८ सय ६० जनामा कोरोना संक्रमण

१ हजार ४ सय १० जनाको पिसिआर परीक्षण गर्दा ४ सय ७० र १ हजार ४ सय ४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा २४ घण्टामा २१ जनाको कोरोनाबाट मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट प्रदेश १ मा २१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १२ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ६ सय ६० जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। १ हजार ९८ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ९३ र १ हजार ४३ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ६७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

बाँकेमा रोकिएन कोरोना संक्रमण, थप दुई संक्रमितको मृत्यु

कोरोना भाईरस (कोभिड-१९) संक्रमणबाट बाँकेमा मृत्यु हुने क्रम अझै रोकिएको छैन। यहाँका अस्पतालमा दिनहुँजसो संक्रमितको मृत्यु भइरहेको छ।

जुम्लामा मास्क बैंक स्थापना

कोरोना संक्रमणको दर बढ्न थालेपछि जुम्लामा मास्क बैंक स्थापना भएको छ। मास्क बैंकबाट मास्क नहुनेले लिनेछन् भने मास्क हुनेले राखेर जानेछन्।

धनकुटामा थप १९ जनामा कोरोना संक्रमण

जिल्लामा १९ जनामा कोरोना संक्रमण देखिएको छ। यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय २६ पुगेको छ।

३४८१ नयाँ संक्रमण, ३० को मृत्यु

कूल १६ हजार ६ सय ५६ मा गरिएको नमूना परीक्षणमा सोको संख्यामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अर्घाखाँची कारागारका ६० जनामा एकैपटक कोरोना संक्रमण

स्वास्थ्य कार्यालय अर्घाखाँचीको संयुक्त टोलीले गरेको परीक्षणमा कारागारका ६४ जना कैदीबन्दीहरुमा कोरोना पोजेटिभ देखिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए।

धनकुटामा थप २९ जनामा कोरोना संक्रमण

धनकुटामा आज २९ जनामा कोरोना संक्रमण देखिएको छ। यो संगै जिल्लामा सक्रिय संक्रमित संख्या २ सय ७ पुगेको छ।

‘भरपर्दो मास्क लगाऔं कोरोनाबाट बचौं’

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रकी प्रशिक्षक शीला श्रेष्ठले मास्क राम्रोसँग नलगाउने, मास्क चिउँडोमा लगाउने, मास्क धोएर लगाउने जस्ता गलत काम भइरहेको पाइएको बताइन्। नेपालमा मास्कको गलत प्रयोग भइरहेका कारण पनि मास्क सप्ताह आयोजना गर्नुपरेको उनले बताइन्।

प्रदेश १ मा ७ सय ६५ जनामा कोरोना संक्रमण

प्रदेश १ मा ७ सय ६५ जनामा कोरोना संक्रमण देखिएको छ। १ हजार ५ जनाको पिसिआर परीक्षण गर्दा ३ सय १२ र १ हजार ४ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्