१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

थप १९ सय २० जनामा कोरोना संक्रमण, २४ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४४३ पीसीआर परीक्षणमा १ हजार ७०२ र ३ हजार ७३ एन्टिजेन परीक्षणमा २१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट २४ जनाको मृत्यु भएको छ।

यो संगै देशभर कोरोना भाइरसको संक्रमणबाट १० हजार ५०९ जनाको मृत्यु भएको छ। यसैगरि, हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३८ हजार ७५१ रहेको छ।

प्रकाशित: ६ भाद्र २०७८ ११:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App