२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

३४८१ नयाँ संक्रमण, ३० को मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा ३ हजार ४ सय ८१ मा कोरोना संक्रमण भएको छ। कूल १६ हजार ६ सय ५६ मा गरिएको नमूना परीक्षणमा सोको संख्यामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पछिल्लो २४ घन्टाको तथ्यांक अद्यावधिक गर्दै सो अवधिमा १ हजार ८ सय ८५ जना कोरोना संक्रमणमुक्त भएको जनाएको छ। सो अवधिमा १० हजार ९ सय ७ जनाको पीसीआर र ५ हजार ७ सय ४९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको कारण ३० जनाको मृत्यु भएको छ।

प्रकाशित: २८ श्रावण २०७८ ११:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App