२५ कार्तिक २०८१ आइतबार
image/svg+xml

सिटिजन्स बैंक र साबिकको सहयोगी विकास बैंकको एकीकृत कारोबार शुरू

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र साबिकको सहयोगी विकास बैंक लिमिटेडका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी भएको एक विशेष समारोह बीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष श्री राजन सिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरेका छन् ।

सेयर बजार आजबाट खुल्याे

नेपाल स्टक एक्सचेन्जको आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले नियमित कारोबार, सर्किट बे्रकर, मूल्य परिवर्तन सीमालगायत व्यवस्था १० चैत २०७६ अघिकै कायम हुने गरी सेयर बजार खुल्ने बताएको छ ।

असार १५ देखि सेयर बजार खुल्ने

लकडाउन सूरु भएपछि बन्द भएको सेयर बजार असार १५ गतेदेखि खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डका अनुसार सेयर बजार खोल्ने विषयमा अध्ययन गर्न गठन भएको समितीले बुझाव पेश गरेपछि असार १५ गतेदेखी सेयर बजार पूनः खोल्न निर्देशन दिएका हौं।

घरजग्गा कारोबार बढ्यो

कोरोना संक्रमण रोक्न चैत ११ मा सुरु लकडाउन अवधिभर ठप्प भएको घरजग्गा कारोबारले फेरि तीव्रता पाउन थालेको छ। सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै गत असार १ गतेदेखि सरकारी कार्यालय नियमित खोल्न थालेपछि घरजग्गा कारोबार बढ्न थालेको हो।

ईट्टा उद्योगको आडमा गाजाको कारोबार

करैयामाई गाउँपालिका–३ मा सञ्चालित बुलेट ईट्टा उद्योगको आडमा अवैध गाजाको कारोबार गरिदै आएको खुल्न आएको छ। बिहिबार राती हेटौडाबाट ना७त ४२५२ नम्बरको ट्रकमा लोड गरि ल्याइएको एक सय २५ किलो गाजालाई ईट्टा उद्योगमा लुकाउँदै गरेको अवस्थामा ट्रक सहित तीन जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।

प्रहरी मिलेमतोमा अदालतलाई झुक्याइयाे

कम्पनी सिइओको हैसियतमा अलीलाई समेत अभियुक्तका रूपमा प्रस्तुत गर्नुपर्नेमा विज्ञका रूपमा सरकारी साक्षी बनाएर ई–सेवालाई चोख्याउनेगरी अदालतमा बयानको अवसर दिइएको छ।

सुन कारोबार नभए पनि मूल्य बढेको बढ्यै

कारोबार सञ्चालन भएयताका १० दिनमा सुनको मूल्य तीन हजार ६ सय रुपैयाँले बढेर ९१ हजार पुगेको हो।

‘सेयर कारोबार पूर्ण रूपमा अनलाइन प्रर्णालीमार्फत सञ्चालन गर्नू’

नेपाल धितोपत्र बोर्डले सेयर कारोबारलाई पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालन गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिइएको छ ।

लकडाउनले आर्थिक संकट, विकेन अलैची

अलैचीको नयाँ उत्पादन सुरु हुने बेला हुन लाग्दा पनि गतवर्ष उत्पादन भएको अलैची बिक्री हुन सकेको छैन । कोरोना भाइरस (कोभिड-१९) का कारण भएको लकडाउनपछि अलैचीका कारोबार ठप्प रहेको छ ।

नेप्सेमा सर्किट ब्रेक

लकडाउनका कारण ५० दिनपछि खुलेको सेयर बजार खुलेको डेढ घण्टामा वन्द भएको छ। सेयर कारोबार सूरु भएपछि निरन्तर घटेर नेप्से परिसूचक दुई दशमलव २ प्रतिशत तल झरेपछि बजार वन्द गरिएको हो।

बैँकका सीमित शाखा खुला, विद्युतीय कारोबार बढ्दै

मुलुकका बैँक तथा वित्तीय संस्थाले गत आइतबार आफ्ना सम्पूर्ण शाखा कार्यालय सञ्चालन गरी बैँकिङ सेवा दिए पनि मंगलबार सीमित शाखा मात्र खोलेका छन्।

महले मालामाल

महसँगको बाह्रवर्षे संगतले दिनेश प्रजालाई उँभो लगाएको छ। उनका तीनटी छोरीमध्ये जेठी भारतको देहरादुन, माहिली र कान्छी लोथरमा बोर्डिङ स्कुलमा पढ्छन्। उनी वार्षिक एक करोड रुपैयाँबराबरको महको कारोबार गर्छन्।

बहानेपोखरी महोत्सवमा ४० लाख बढीको कारोबार

करिब ४० लाखको कारोबार गर्दै खोटाङको ऐसेलुखर्क गाउँपालिकामा आयोजित बहानेपोखरी महोत्सव सम्पन्न भएको छ। ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा रहेको रमणीयस्थल बहानेपोखरीको पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको महोत्सव शनिबार राति सम्पन्न भएको हो।

अर्थतन्त्रमा कोरोना असर

नेपालका लागि चीन दोस्रो ठूलो व्यापारिक साझेदार भएकै कारण कोरोनाले यहाँको आर्थिक गतिविधिमा संकुचन ल्याउने देखिएको छ।

सीमामा अवैध कारोबार बढ्दो : प्रहरी संगठनप्रति विश्वासको संकट

गत मंसिर २१ गते पश्चिमबाट काठमाडौंतर्फ करिब तीन सय खसीबोका लगिँदै थिए। बाँके, बर्दिया, रुकुम, रोल्पा र बुटवलका किसानसँग खरिद गरेर लाँदै गरिएका ती खसिबोका रूपन्देहीको देवदहस्थित खैरनी पु-याइएका मात्रै के थिए, प्रहरीले तिनलाई नियन्त्रणमा लियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्