६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

‘सेयर कारोबार पूर्ण रूपमा अनलाइन प्रर्णालीमार्फत सञ्चालन गर्नू’

नेपाल धितोपत्र बोर्डले   सेयर कारोबारलाई पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालन गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिइएको छ । बोर्डले  खाता र डिम्याट खातालाई प्रणालीमा  आबद्ध गरी धितोपत्र कारोबार सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । बोर्डको निर्देशनमा निम्न व्यवस्था गर्न नेप्सेलाई निर्देशन दिइएको छ :

१. धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा आइपिएस वा विद्युतीय माध्यममार्फत गर्नुपर्ने र धितोपत्र खरिद गर्दा आइपिएस वा विद्युतीय माध्यममार्फत गर्न प्रोत्साहित गर्ने तर २०७७ श्रावण १ गतेदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र रकम प्राप्त गर्ने र भुक्तानी दिने व्यवस्था गरी सोबमोजिम ब्रोकरले खाता अद्यावधिक गर्ने गराउने व्यवस्था मिलाउने,

२. नेप्से अनलाइन कारोबार प्रणालीले लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खाता आबद्ध गरी स्वचालित कारोबार तथा राफसाफ कार्य गर्न नसकेको गुनासाहरु आइरहेको सन्दर्भमा लगानीकर्ताहरुले गरेको कारोबार स्वचालित रुपमा बैंक खातामा रकम तथा डिम्याट खातामा सेयर जम्मा र खर्च हुने व्यवस्था गर्नुका साथै स्वचालित रुपमा नै कारोबार भएको दिन बैंक खाताबाट रकम प्राप्त गरी विभिन्न निकायहरुको कमिसन, कर, मूल्य सम्बन्धित निकायको खातामा सोही दिन स्वचालित रुपमा नै जम्मा हुन सक्ने व्यवस्था मिलाउने ।

प्रकाशित: ४ असार २०७७ ०५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App