५ असार २०७८ शनिबार

नेप्सेले तीन हजार नाघ्यो

लगानीकर्ताको आकर्षण बढ्दै गएपछि सेयर बजार मापक परिसूचक नेप्से तीन हजार बिन्दुभन्दा माथि उक्लेको छ। सोमबार बुलिस ट्रेन्डलाई पछ्याउँदै नेप्से ४२.२४ बिन्दुले बढेपछि ३०२५.३४ पुगेको हो। जो अहिलेसम्मकै उच्च हो।

बेलगाम सेयर बजार, नेप्से २९०० माथि

अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक लगायतका निकायले सेयर बजारलाई प्रभावित हुने गरी नीति अघि सारे पनि सेयर बजार परिसूचक नेप्से बेलगाम बढिरहेको छ। निरन्तर सेयर वृद्धि भइरहँदा साताको पहिलो कारोबार आइतबार नेप्से ५०.१३ अंकले बढेर २९०६.८९ बिन्दुमा पुगेको छ। जुन अहिलेसम्मकै उच्च बिन्दु हो। यसअघि नेप्सेले गत साताको अन्तिम कारोबार बिहीबार नयाँ रेकर्ड बनाएको थियो।

नेप्सेमा अर्को कीर्तिमान एकै दिन १७ अर्बको कारोबार

नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय लगायत निकायले अल्पकालीन कारोबारलाई कडाइ गर्न निर्देशन दिए पनि नेप्सेको वृद्धि कायमै छ। साताको अन्तिम कारोबार दिन सेयर बजार मापक परिसूचक नेप्से २९.६४ ले बढेर २८५६.७७ बिन्दुमा पुग्यो। यो अहिलसम्मकै उच्च हो।

५४ अंकले बढ्यो नेप्से

कोरोना महामारी नियन्त्रणका लागि राजधानीलगायत देशका मुख्य सहरमा निषेधाज्ञा लगाइएको बेला आइतबार सेयर बजार मापक परिसूचक नेप्से ५४ बिन्दुले बढेको छ।

निषेधाज्ञाको मुखमा ९२ अंकले बढ्यो नेप्से

दोस्रो लहरको कोरोना नियन्त्रणका लागि सरकारले घोषणा गरेको निषेधाज्ञाको मुखैमा मंगलबार सेयर मापक परिसूचक नेप्से ९२ बिन्दुले बढेको छ। यसअघिका दुई दिन नेप्से लगातार घटेको थियो। सोमबारको तुलनामा यसदिन नेप्से ९२.४६ ले बढेर २५९९ बिन्दुमा पुग्यो। निषेधाज्ञाको त्रासका कारण सर्वसाधारण त्रसित भइरहेको बेला नेप्से बढेको हो।

नेप्सेमा ३५.८९ बिन्दुको गिरावट

धितोपत्रको दोस्रो बजारमा सेयर मूल्यको घटबढ मापन गर्ने सूचक नेप्से आइतबार दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से ३५.८९ बिन्दुले घटेर दुई हजार ६९९.५१ आइपुगेको छ।

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ३७ खर्ब

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै सर्वाधिक उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.७२ अङ्कले बढेर दुई हजार ६७४.४६ मा पुगेको छ ।

नेप्सेमा वृद्धि : बजार पूँजीकरण ३६ खर्ब ७२ अर्ब

आइतबार उच्च अङ्कले बढेर नयाँ रेकर्ड बनाएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले बढेको छ ।

नेप्सेमा पाँच अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५.४५ बिन्दुले ओरालो लागेर दुई हजार ५४३.५२ मा पुगेको छ ।

नेप्सेमा २४ अङ्कको गिरावट, माथिल्लो तामाकोशीको शेयरमा सर्किट

आइतबार उच्च अङ्कले वृद्धि भएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने २४ अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.०८ अङ्कले ओरालो लागेर दुई हजार ५१४.३९ मा ओर्लेको छ।

नेप्सेमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो। पछिल्ला दिनमा लगातार नेप्सेमा गिरावट आउँदा बजार पूँजीकरणलगायत अन्य सूचकमा प्रभाव परेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा आज २३.२२ विन्दुले ओरालो लागेर दुई हजार ४६१.८८ मा ओर्लेको छ।

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३४ खर्ब ५२ अर्ब

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले नयाँ उचाइ कायम गरेको छ। लगातार उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

हरेक दिन नयाँ–नयाँ रकर्ड कायम गर्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार माापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ ।

बुक बिल्डिङमा ४६ संगठित संस्था योग्य

वास्तविक क्षेत्रलाई सेयर बजारमा आकर्षित गर्न बुक बिल्डिङ विधिबाट सेयर निष्कासन हुने भएको छ। बिहीबार धितोपत्र बोर्डले ४६ संगठित संस्थालाई बुक बिल्डिङमा काम गर्न स्वीकृति दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्