९ मंसिर २०८१ आइतबार
image/svg+xml

छाडा चौपाया व्यवस्थापनमा मुख्यमन्त्री चौधरीको प्रतिबद्धता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विकराल समस्या बनेको छाडा चौपाया व्यवस्थापनका लागि आफूले ठोस पहल गर्ने बताएका छन्।

मनाङका चौपायामा पनि देखियाे लम्पी स्किन राेग

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका–२ थानचोकका किसानले पालेको एउटा गोरुमा लम्पी स्किनको लक्षण देखिएको जानकारी दिए।

७० लाख वर्षअघि नै मानव दुई खुट्टे

कुनै बेला बाँदरजस्तै चौपाया हाम्रो पुर्खा कहिलेदेखि दुई खुट्टाले उभिन र हिँडडुल गर्न थाले भन्ने विषयमा गत साता नयाँ तथ्य सार्वजनिक भएको छ।

छाडा चौपाया व्यवस्थापनका लागि गब्दाहवामा गौशाला निर्माणको तयारी

‘अहिले ठूलो समस्या र चुनौतीका रुपमा रहेको छाडा चौपया व्यवस्थापन चाडो गर्नु पर्ने देखिन्छ’ उनले भने‘ यही साउन भित्र नै गौशाला निर्माण गर्नुपर्छ’।

छाडा चौपायाका कारण धान बाली सखाप, हिँडडुल गर्न पनि समस्या

‘वर्षो देखिको यो समस्या समाधान गर्न नगरपालिकाले कुनै चासो दिएको छैन,’ उनले भने ‘तौलिहवा बजारमा चौपायाहरुको कारण यात्रु र सवारी साधनलाई धेरै समस्या हुने गरेको छ।’

जंगली जनावरले गोठमै आएर चौपाया खान थालेपछि गाउँले त्रसित

‘जंगली जनावरले घरमै आएर मान्छे खाँदा पनि नियन्त्रणका लागि कसैले वास्ता गरेनन्,’ माइजोगमाई गाउँपालिकाका रविन राईले भने, ‘सम्मन्धित निकायले तुरुन्त यसको उचित नियन्त्रण गर्नुपर्छ। नभए ठूलो मानवीय क्षति हुनसक्छ।’

अनुदानमा अनियमितता–२: छाडा चौपाया पाल्न अनुदान लिएर उन्नत जातका भैंसीपालन

अनुदान दिने निकाय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रतिवेदनमा सहकारीले सञ्चालन गरेको फर्मको अनुगमनका क्रममा ५० क्षमताको गोठमा २२ वटा गाई रहेको उल्लेख भए पनि गोठमा गाईनै नभएको, गाईगोठ जाने बाटो ठाडो उकालो भएकाले गाईपालनका लागि अनुपयुक्त रहेको प्रांगारिक मल र विषादी उत्पादन गर्ने उद्देश्य पनि सहकारीले पूरा नगरेको उल्लेख छ।

छाडा चौपाया पाल्ने गोठमा उन्नत जातका भैंसी

अनुदान दिने निकाय भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको प्रतिवेदनमा सहकारीले सञ्चालन गरेको फर्मको अनुगमनका क्रममा ५० वटा क्षमताको गोठमा २२ वटा गाईहरु रहेको उल्लेख भएपनि गोठमा गाईहरुनै नभएको, गाई गोठ जाने बाटो ठाडो उकालो भएकाले गाईपालनका लागि अनुपयुक्त रहेको प्राङ्गारिक मल र विषादी उत्पादन गर्ने उद्देश्य पनि सहकारीले पूरा नगरेको उल्लेख छ।

छाडा चौपाया सडकमै, अनुदानको गोठमा उन्नत जातका गाई–भैंसी

छाडा चौपाया नियन्त्रणको विषय वीरेन्द्रनगर नगरपालिका र कर्णाली प्रदेश सरकारका लागि ठूलो चुनौती थियो। त्यसैमाथि नेपालगन्जबाट ल्याएर छोडिएका २५० बढी चौपायाले सबैको ध्यान केन्द्रित गर्‍यो। प्रदेश सरकारले वीरेन्द्रनगरका छाडा चौपाया नियन्त्रणका लागि २०७६/०७७ मा एक करोड रूपैयाँ छुट्ट्यायो।

अनुदानमा अनियमितता: छाडा चौपाया सडकमै, गोठमा उन्नत जातका गाई-भैंसी

छाडा चौपाया नियन्त्रणका लागि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले छुट्याएको रकम खर्च भएपनि अहिले पनि प्रदेश राजधानीको समस्या उस्तै छ। छाडा चौपाया अहिले पनि प्रदेश र स्थानीय सरकारको टाउको दुखाईको विषय बनेकै छ।

भोकै पशुचौपायालाई लायन्सले खुवाउन थाल्यो दानापानी

विश्वभर फैलदै गैरहेको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण मानिसहरु एकान्त बासमा बसेका छन्। बेनीबजारमा रहेका होटल, रेष्टुरेन्ट, तरकारी पसल लगायत अन्य विभिन्न पसल बन्द भएपछि दुई दिनमा दुईवटा गाईगोरू रोग र भोकले मर्न थालेपछि लायन्स क्लव बेनी पिसले दाना खुवाउन सुरू गरेको छ।

तस्करको हातमा चौपाया

छाडा चौपाया नियन्त्रण गर्न नसकेर आलोचना खेपिरहेको वीरेन्द्रनगर नगरपालिकाले ५० हजार रुपैयाँ बाटाखर्चसहित आइतबार ९२ वटा गाई हुम्लाको खार्पुनाथ गाउँपालिकाका वीरबल कामीको जिम्मा लगायो।

दुर्घटना कम गर्न चौपायामा ट्याग लगाउँदै

भदौ १८ गते वीरेन्द्रनगरको एरिचोकमा मोटरसाइकल चौपायासँग ठक्कर खाँदा पञ्चपुरी नगरपालिका–६ बावियाचौरका चुडामणि कँडेल गम्भीर घाइते भए।

आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु

पर्साको पटेर्वासुगौली गाउँपालिकामा आज बिहान भएको आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु भएको छ। गाउँपालिका–२ निवासी इदुमियाँ धुनियाको गोठमा भएको आगलागीमा ५६ खसी–बाख्रा र ५० वटाभन्दा बढी परेवाको जलेर मरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्