८ आश्विन २०८१ मंगलबार
image/svg+xml

समाजमा फैलियो कोरोना, चिन्ता बढ्यो

रौतहटको विभिन्न क्वारेन्टिनमा हजारभन्दा बढी कोरोना संक्रमित हुँदा पनि समाजमा संक्रमण फैलिएको थिएन। तर एकै दिन समाजमा तीन जनामा संक्रमण फेला परेपछि चिन्ता बढेको जिल्ला अस्पताल गौरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण साहले चिन्ताको विषय भएको बताएका छन्।

कोरोनाको डरले अस्पताल सेवा लिने ५० प्रतिशत विरामी घटे

राजधानीको केन्द्रमा रहेको वीर अस्पतालमा लकडाउन अघि विरामीको घुइँचो नै लाग्थ्यो । अहिले आधा भन्दा कम विरामी आउने गर्छन् । वहिरंग विभागमा कम आउँछन् नै आपतै परेपछि आउने आकस्मिक कक्षमा समेत विरामीहरूको संख्या ५० प्रतिशत भन्दा कम भएको छ । वीर अस्पतालमा लकडाउन अघि दैनिक दुई हजारदेखि २५ सय विरामी आउँथे अहिले पाँच सय मुस्किलले आउँछन् । दैनिक दुई सय ५० जना आउने आकस्मिक कक्षमा अहिले ५० देखि ५५ जना मात्र आउँछन् ।

सिन्धुपाल्चोकमा चारले जिते कोरोना

कोरोना भाइरस संक्रमित भइ आइसोलेसनमा उपचाररत थप दुई निको भएर शुक्रबार घर फर्केका छन् । योसमेत जिल्लामा कोरोना जित्नेको संख्या चार पुगेको छ ।

‘सिल’ गर्ने भन्दै कोरोना संक्रमितका परिवारलाई घर भित्र थुनेर वडाध्यक्षले ताल्चा लगाए

सर्लाहीको बरहथवा नगरपालिकामा एक कोरोना संक्रमितका परिवारले आफूहरूलाई घरभित्रै थुनेर वडाध्यक्षले मुल गेटमा ताल्चा लगाईदिएको गुनासो गरेका छन् । बरहथवा नगरपालिका–५ निवासी शत्रुधन साहले आफूहरू घरभित्र बसेको बेला वडाध्यक्ष संजय गुप्ताले घरबाट बाहिर निस्कने गेटको सटर झारेर ताल्चा लगाइदिएको गुनासो गरे ।

दाङमा मृत्यु भएकी महिलामा कोरोना

दाङमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ । घोराही सडकमा बेवारिसे अवस्थामा रहेकी ति महिलाको वुधबार बेलुका निधन भएको थियो । अचेत अवस्थामा सडकमा रहेकी ति महिलालाई देखेपछि स्थानीय र जनप्रतिनिधिहरूले उद्धार गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्याएका थिए ।

कोरोनाको खोप नबन्दासम्म मास्क र सामाजिक दुरी अपनाऔँ : मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोप नबन्दासम्म सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने नियमलाई कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताएका छन् । कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि हरेक व्यक्तिले ‘दुई गजको दुरी’ भन्ने नियमलाई ध्यान दिनु पर्नेमा उनले जोड दिए ।

थप ५ सय ९३ जनालाई कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ५ सय ९३ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४८६ जना पुरुष र १०७ महिला रहेका छन्। अहिलेसम्म ११ हजार ७ सय ५५ जना कोरोनाबाट संक्रमित भएका छन्।

सुनसरीमा १० जना कोरोना संक्रमित थपिए

सुनसरी जिल्लामा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका अनुसार संक्रमितहरू कोशी गाउँपालिका र देवानगञ्ज गाउँपालिकाको क्वारेन्टिनमा थिए । उनीहरू भारतबाट आएपछि क्वारेन्टिनमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयकी कोरोना फोकल पर्सन सृर्जना लिंथेपले जानकारी दिइन् ।

कोरोना संक्रमणबाट मृत्यु भएका प्रति समाज किन अनुदार ?

कोरोना भाईरस संक्रमणले पोखरामा उपचाररत दुईजना व्यक्तिको ज्यान गयो। संयोग नै मान्नुपर्छ, दुवैजना मृतक स्याङजाका पुरुष हुन्। फरक जातजातीका ती मृतकद्वयको अरुबेलाको अन्तिम संस्कारको शैली फरक थियो। तर, कोरोनाले मृत्यु भएकोले संक्रमण फैलने डरले सुरक्षानिकायले विशेष सावधानी अपनाएर दुवै मृतकलाई एउटै विधिबाट व्यवस्थापन गर्ने निधो गर्योभ।

अभिव्यक्ति स्वतन्त्रताको अधिकारः निरपेक्ष कि सापेक्ष

सरकारले कोरोना रोकथाम प्रभावकारी ढंगले गर्न सकेन भनेर सडकमा प्लेकार्ड बोकेर मुर्दावाद जिन्दावादभन्दा चाहिँ कोरोना रोकथाममा सहयोग पुर्याउँछ । हाम्रो चेतनाको स्तर जति बढ्दै गएको छ त्योभन्दा धेरै हामी आक्रन्त र धैर्यता गुमाउँदै छौं ।

भारतमा एकैदिनमा १७ हजार सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। शुक्रबार सार्वजनिक भएको तथ्यांकले पनि एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएको देखाएको छ।

क्वारेन्टिनबाट भागे २१ जना कोरोना संक्रमित

दैलेखको नौमुले गाउँपालिकास्थित भैरव माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा बसेका कोरोना संक्रमितहरु विहीवार राति भागेका छन्। उनीहरु भागेर गाउँतिर लागेपनि नौमुलेमा रहेको ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली कोरोना संक्रमितहरु खोज्न परिचालित भएको छ।

दैलेखमा ३३ जना सुरक्षाकर्मी कोरोना संक्रमित

दैलेखमा सुरक्षार्थ खटिएका ३३ जनामा कोरोना भाइरस देखिएको छ। विभिन्न क्वारेन्टिन सुरक्षा तथा अन्य ब्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण देखिएको हो।

आत्महत्या गरेका युवकमा कोरोना पुष्टि

आत्महत्या गरेका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखस्थित दुल्लु नगरपालिका–१०, का २१ वर्षीय युवकमा कोरोना संक्रमण भएको हो ।

अष्ट्रेलियामा घर घरमै पुगी कोरोना परीक्षण गरिने

अष्ट्रेलियामा स्वास्थ्यकर्मीहरुले घर घरमा गएर कोरोना परीक्षण गर्ने भएका छन् । कोरोना भाइरसबाट अत्यधिक मानिस सङ्क्रमित देखिएको मेलबर्नमा रहेका दश हजार घर परिवारमा यसरी कोरोना परीक्षण गर्न लागिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्