coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोनाको खोप नबन्दासम्म मास्क र सामाजिक दुरी अपनाऔँ : मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोप नबन्दासम्म सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने नियमलाई कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताएका छन् । कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि हरेक व्यक्तिले ‘दुई गजको दुरी’ भन्ने नियमलाई ध्यान दिनु पर्नेमा उनले जोड दिए ।

कोरोनाका कारण विश्वभरी नै धेरै पक्षमा संकट ल्याएको बताउँदै उनले यसलाई अवसरको रुपमा उपयोग गर्नु पर्नेमा जोड दिए । प्रधानमन्त्री मोदीले सामाजिक रुपमा पनि यसले धेरै उथलपुथल पारेपनि सतर्कता अपनाउदै अगाडी बढ्नु पर्ने धारणा राखे ।  

‘हामी सवै अहिले तलमाथी भएका छौँ, हाम्रो सामाजिक जीवनमा धेरै समस्या आएको छ, तर पनि हामी अब अगाडी बढ्नु पर्छ,’उनले एक कार्यक्रममा भने । यो समयमा यस समस्याबाट प्रभावित नभएको संसारमै कोही नभएको बताउँदै उनले यसको समाधानका उपायहरुको खोजी भइरहेको जानकारी दिए ।  

यो रोगबाट कहिले मुक्ति पाइन्छ भन्ने थाहा नभएकाले यसको विरुद्धको खोप पत्ता नलाग्दासम्म सामाजिक दुरी कायम राख्ने, मास्कलगाउने लगायतका आधारभूत सतर्कताहरू अप्नाउनुको विकल्प नभएको उनको भनाई छ ।

प्रकाशित: १२ असार २०७७ ११:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App