२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेशसभा खारेजीको एजेण्डासँगै रास्वपाले मधेशी जनतालाई धोखा दियो : सीके राउत

जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनबाट प्रदेशसभा खारेजीको एजेण्डा पारित गर्नु चरम राजनीतिक बेइमानी भएको बताएका छन्।   

राउतले कुनै पनि राजनीतिक दललाई आफ्नो विचार र एजेण्डा तय गर्ने स्वतन्त्रता भए पनि रास्वपाको पछिल्लो निर्णयले विगतमा मतदातासामु गरिएको प्रतिबद्धतामाथि प्रश्न उठाएको बताएका छन्।   

‘भोट माग्ने बेलामा मधेशी समुदायसँग नजिकिने, कुर्ता–गम्छा लगाउने, मधेशी भाषामा सम्बोधन गर्ने, प्रदेशलाई बलियो बनाउने र अधिकारका लागि काठमाडौं धाउन नपर्ने व्यवस्था गर्ने वाचा गर्ने, अनि अहिले आएर प्रदेशसभा खारेजीको एजेण्डा पारित गर्नु जनतामाथिको धोखा हो,’ राउतले सामाजिक सञ्जालमा लेखेका छन्।  

उनले रास्वपाले मधेशका मतदाताबाट समर्थन प्राप्त गरेपछि प्रदेश संरचनाविरुद्ध उभिनु राम्रो नभएको बताएका हुन्। ‘मधेशको २१ जिल्लाका ७८ सीटमध्ये ७४ सीट जित्ने अनि अहिले आएर प्रदेश सभा खारेज गर्ने एजेण्डा पारित गर्न लगाउनु राजनैतिक बेइमानी हो, जनतासँग धोखा हो, खोलो तर्यो लौरो बिर्सियो भन्ने उखानको चरितार्थ हो। ’ उनले लेखेका छन्। 

उनले प्रदेश राख्ने तर प्रदेश सभा खारिज गर्ने प्रस्ताव निरंकुश पञ्चायती व्यवस्थाको अञ्चल र विकास क्षेत्र जस्तै रहेको बताएका छन्। साथै  विना व्यवस्थापिकाको प्रदेश केवल प्रशासकीय इकाई र कर्मचारीतन्त्र हुने उनको तर्क रहेको छ।   

प्रकाशित: १० असार २०८३ १३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App