२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

हिमालयन ह्वाइट हाउस काठमाडौँ च्याम्पियन

लिटल फ्लावर प्रिमियर लिगको पाँचौ संस्करण क्रिकेट प्रतियोगितामा हिमालयन ह्वाइट हाउस काठमाडौँले उपाधी जितेको छ । धनगढी स्थित संघिय ईकाई प्रहरी कार्यालयको खेल मैदानमा शनिवार भएको फाईनल खेलमा साविक विजेता समेत रहेको धनगढीको लिटल फ्लावर स्कुललाई ८० रनले जित हात पार्दै ह्वाइट हाउस च्याम्पियन बनेको हो । टस जितेर पहिले ब्याटिङ गरेको ह्वाइट हाउसले निर्धारित २० ओभर ९ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । उसका लागि गजेन्द्र बोहराले ७० र सतिश यादवले २९ रन बनाए । लिटल फ्लावरका राज कुमार शाहले ५ विकेट लिए ।

आहा–रारा गोल्डकपमा एक विदेशीसहित ८ टिम भिड्ने

पोखरामा हुने आहा–रारा गोल्डकप फुटबल प्रतियोगितामा यसवर्ष एकविदेशी सहित ८ टिमले सहभागिता जनाउने भएका छन् ।

अन्तर क्लब फुटबल प्रतियोगिताको दोश्रो संस्करण चैत ४ गते

खोटाङ फुटबल एकेडेमी (केएफए)ले जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगिताको दोश्रो संस्करणको तयारी गरेको छ । ‘स्थानीय खेलाडीको विकास र पहिचान, खोटाङ फुटवल एकेडेमीको अभियान’भन्ने नाराका एकेडेमीले आगामी चैत ४ गतेदेखि ९ गतेसम्म जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

लिग चरणका खेल आज सकिने

धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीयल) क्रिकेट प्रतियोगितामा लिग चरणका खेल आज बुधवार सकिने भएका छन । लिग चरणवाट छनौट भएर ३ वटा टिम सेमिफाईनल प्रवेश गरिसकेका छन भने आज होली ल्याण्ड अत्तरिया र शारदा सरस्वती मा.वि. दोधारा चाँदनी बिच हुने खेलवाट सेमिफाईनल प्रवेश गर्ने टिम छनोट हुने छ । काठमाडौँको हिमालय ह्वाइट हाउस, बाल बाटिका र लिटल फ्लावर सेमिफाईनल प्रवेश गरिसकेका छन् ।

जनकपुर र चितवन सुपर जनरल टी–२० उपाधिको लागि भिड्ने

सुपर जनरल अन्तरक्लब टी–२० क्रिकेट प्रतियोगिताको उपाधिको लागि चितवन क्रिकेट संघ र जनकपुर क्रिकेट क्लब भिड्ने भएका छन् ।

सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल: पुलिस र त्रिभुवन आर्मी क्लबको विजयी सुरुवात

‘सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल’ प्रतियोगिताको उद्घाटन खेलमा पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन् । पहिलो खेलमा र होगाजी न्यू डायमण्डलाई हराउँदै पुलिस क्लब विजयी भयो । यस्तै दोस्रो खेलमा लुम्बिनी युनाइटेडलाई हराउँदै त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको हो । निकै प्रतिस्पर्धात्मक पहिलो खेलमा पुलिस क्लब २५–१९, २५–१९ र १५–८ सेटले विजयी भयो ।

भक्तपुरमा अन्तर नगर बुद्धिचाल प्रतियोगिता हुने

भक्तपुर नगरपालिकाको आयोजनामा अन्तर नगर बुद्धिचाल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुनेछ। शुक्रबार सम्पन्न पत्रकार भेटघाटमा दिइएको जानकारी अनुसार प्रतियोगितामा हालसम्म २२ वटा नगरपालिकाले भाग लिन नाम दर्ता गराइसकेका छन्।

बाल बाटिका र विद्या भूषणको दोस्रो जित

धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा नव बाल बाटिका स्कुल बौनीया र विद्या भूषणले दोस्रो जित निकालेका छन् । शुक्रवार भएको दोस्रो खेलमा विद्या भूषणले धनगढीको त्रिनगर माविलाई ६४ रनको फराकिलो अन्तरले जितेको छ । टस जितेर ब्याटिङ गरेको विद्या भूषणले १७ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनाएको थियो । उसका लागि प्रदिप चन्दले ३६ रन बनाए । त्रिनगरका खड्क नगरकोटीले ३, बसन्त थापा, पदम पनेरु र सुलभ सेवाले २र२ विकेट लिए ।

सातौं प्रधानमन्त्री महिला भलिबल प्रतियोगिताको तयारी पूरा

‘सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल’ प्रतियोगिता शुक्रबारबाट नेपालगन्जमा सुरु हुँदैछ । बाँके जिल्ला भलिबल संघको आयोजनामा नेपालगन्ज रंगशालास्थित कर्भड हलभित्र हुन लागेको उक्त प्रतियोगितामा तीन विभागियसहित कुल पाँच वटा टिम सहभागी हुँदैछन् । प्रतियोगितामा सहभागी हुन पाँचवटै टिमका खेलाडी बिहीबार नेपालगन्ज पुगिसकेको प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

धनगढीको शारदा र कञ्चनपुरको शारदा सरस्वती विजयी (अपडेट)

धनगढीमा चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तरगत मंगलवार भएका खेलमा धनगढीको शारदा मावि र कञ्चनपुरको शारदा सरस्वती विजयी भएका छन् । लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको संघिय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भएको बिद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा शारदाले त्रिनगर माविलाई ६१ रन अन्तरले जितेको हो ।

रसुवामा आजदेखि फुटसल प्रतियोगिता सुरु

रसुवामा आजदेखि फुटबलको सानो रूप ‘फुटसल’ खेल सुरु भएको छ। शैक्षिक, ज्ञानी, बौद्धिक र प्रज्वलित समाज (अकिआस) ले सदरमुकाम धुन्चेमा दोस्रो अकिआस फुटसल प्रतियोगिता सञ्चालन गरेको हो। प्रतियोगितामा ३१ टिमले सहभागी जनाएका छन्।

गणेशमान सिंह स्मृति बक्सिङ: सनिल दोस्रो चरणमा

नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजनामा सोमबारदेखि स्युचाटारमा सुरु भएको प्रतियोगितामा सनिलले आफ्नो तौलसमूहमा टीकाथलीका निशान दासलाई हराउँदै दोस्रो चरणमा स्थान बनाएका हुन्।

शारदा र होल्याण्ड विजयी

धनगढीमा संचालन भैरहेको चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग अन्तर्गत आईतवार भएका खेलमा शारदा विद्या निकेतन र होल्याण्ड स्कुल विजयी भएका छन । लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा संघिय ईकाई प्रहरी कार्यालयको खेल मैदानमा शनिवार देखि विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता संचालन भैरहेको हो । आईतवार भएको पहिलो खेलमा धनगढीको शारदा विद्या निकेतनले कञ्चनपुरको लिटल बुद्धलाई २६ रनले जितेको छ । टस जितेर ब्याटिङ गरेको शारदाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १ सय ६६ रन बनाएको थियो । उस्का लागी सुरुवाती ब्याट्सम्यान दिनेश ओडले सर्वाधिक ९२ रनको योगदान गरेका थिए भने अर्जुन साउँदले २५ र विराट सेवाले १६ रन बनाएका थिए । लिटल बुद्धका लागि सागर भण्डारीले ३ र सागर थापाले २ विकेट लिएका थिए ।

किसुनजीको स्मृतिमा दौड

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको आयोजनामा चैत २२ गते प्रथम किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहने प्रतियोगिताका विजेता खेलाडीले नगद २५ हजार, दोस्रो हुने खेलाडीले १५ र तेस्रो स्थानको खेलाडीले जनही नगद १० हजार प्राप्त गर्नेछन्।

दौड प्रतियोगिता: गजेन्द्र र सन्तोषी च्याम्पियन

धरानमा शनिबार सम्पन्न भएको दौडको नवौं संस्करणमा गजेन्द्र पहिलो पटक विजेता भएका हुन् भने सन्तोषीले विजेतामा ह्याट्रिक गरिन्। दुवैले जनही नगद ५० हजारसँगै ट्रफी र पदक हात पारे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्