coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

शारदा र होल्याण्ड विजयी

लिटल फ्लावर प्रिमियर लिग

धनगढीमा संचालन भैरहेको चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग अन्तर्गत आईतवार भएका खेलमा शारदा विद्या निकेतन र होल्याण्ड स्कुल विजयी भएका छन । लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा संघिय ईकाई प्रहरी कार्यालयको खेल मैदानमा शनिवार देखि विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता संचालन भैरहेको हो । आईतवार भएको पहिलो खेलमा धनगढीको शारदा विद्या निकेतनले कञ्चनपुरको लिटल बुद्धलाई २६ रनले जितेको छ । टस जितेर ब्याटिङ गरेको शारदाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १ सय ६६ रन बनाएको थियो । उस्का लागी सुरुवाती ब्याट्सम्यान दिनेश ओडले सर्वाधिक ९२ रनको योगदान गरेका थिए भने अर्जुन साउँदले २५ र विराट सेवाले १६ रन बनाएका थिए । लिटल बुद्धका लागि सागर भण्डारीले ३ र सागर थापाले २ विकेट लिएका थिए ।  

१ सय ६७ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको लिटल बुद्धले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १ सय ४० रन मात्रै बनाउन सक्यो । लिटल बुद्धका लागि रोयल बमले अविजित रहदै ४६ रन बनाए । कप्तान आयुष्मान बम र सागर भण्डारीले २०÷२० रन को योगदान गरे । शारदाको जितमा दीपक रोकायाले ३ विकेट लिए । खेलका म्यान अफ द म्याच शारदाका दिनेश ओड भए ।  आईतवार भएको दोस्रो खेलमा होल्याण्ड स्कुलले स्टेपिङ स्टोनलाई ९ विकेटले जितेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको स्टेपिङले १५ दशमलव ५ ओभरमा सवै विकेटको क्षतीमा ८६ रन मात्रै बनाउन सक्यो । उस्का लागि अविशेक कुँवरले २६ र आर्यन दान पालीले १३ रन बनाए । होल्याण्डका अशोक धामीले ४ र श्याम साउँदले २ विकेट लिए । ८७ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको होल्याण्डले ८ दशमलव २ ओभरमा १ विकटको क्षतीमा नै लक्ष्य भेट्टाउन सफल भयो । होल्याण्डको जितमा गौरवसिंह रावतले अविजित रहदै ५५ रन बनाए । खेलका म्यान अफ द म्याच होल्याण्डका अशोक धामी भए ।  

प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही ५÷५ हजार प्रदान गरिने छ । म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने छन् । धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा सोमवार पनि दुई खेल हुनेछन् ।

प्रकाशित: १६ फाल्गुन २०७७ १२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App