१५ चैत्र २०८० बिहीबार
खेल

धनगढीको शारदा र कञ्चनपुरको शारदा सरस्वती विजयी (अपडेट)

लिटल फ्लावर प्रिमियर लिग

धनगढीमा चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तरगत मंगलवार भएका खेलमा धनगढीको शारदा मावि र कञ्चनपुरको शारदा सरस्वती विजयी भएका छन्।  लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको संघिय प्रहरी इकाई कार्यालयको  खेल मैदानमा भएको बिद्यालय स्तरिय क्रिकेट प्रतियोगितामाशारदाले त्रिनगर माविलाई ६१ रन अन्तरले जितेको हो ।

 पहिले ब्याटिङ गरेको शारदाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । उसका लागि लक्की कडायतले ६७ रनको योगदान गरे । भने अविशेक पालले ३२ रन र सचिन साउदले २१ रन बनाए । त्रिनगरका खडक नगरकोटीले ४ विकेट र शिशिर थापा मगरले २ विकेट लिएका थिए । जवाफी ब्याटिङ गरेको त्रिनगरले १६ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनाउन सक्यो । उसका लागि बसन्त थापा मगरले ३० र शिशिर थापा मगरले २८ रन बनाए । शारदाका अविशेक पालले ५ र लक्की खडायतले २ विकेट लिए । खेलका म्यान अफ द म्याच शारदाका अविशेक पाल भए ।  

यसैगरि मंगलवार नै भएको दोस्रो खेलमा कञ्चनपुरको शारदा सरस्वतीले धनगढी नमुनालाई ५ विकेटले जितेको छ । टस जितेर पहिले ब्याटिङ गरेको धनगढी नमुनाले १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनायो । उसका लागि पारस कार्कीले २१ र सुमित सिंहले २० रन बनाए । शारदा सरस्वतीका कैलाश सिंह साउँदले ४ विकेट लिए । ९८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको शारदा सरस्वतीले १० दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । 

उसका लागि हेमन्त धामीले २५ र गणेश बहादुर विटालुले २३ रन बनाए । धनगढी नमुनाका पारस कार्की र अनुप कुँवरले २/२ विकेट लिए । खेलका म्यान अफ द म्याच कैलाश सिंह साउँद् भए । बुधुवार पनि दुई खेल हुनेछन् । प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ ।  

प्रकाशित: १८ फाल्गुन २०७७ १२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App