१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल: पुलिस र त्रिभुवन आर्मी क्लबको विजयी सुरुवात

प्रतियोगिताको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै पुलिस क्लब र होगाजी न्यू डायमण्डका खेलाडी । तस्बिर : अर्जुन/नागरिक

‘सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल’ प्रतियोगिताको उद्घाटन खेलमा पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन् । पहिलो खेलमा र होगाजी न्यू डायमण्डलाई हराउँदै पुलिस क्लब विजयी भयो । यस्तै दोस्रो खेलमा लुम्बिनी युनाइटेडलाई हराउँदै त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको हो । निकै प्रतिस्पर्धात्मक पहिलो खेलमा पुलिस क्लब २५–१९, २५–१९ र १५–८ सेटले विजयी भयो । निकै प्रतिस्पर्धात्मक खेलमा डायमण्डले २५–१७ र २८–२७ सेट ल्याएपनि विजयी हुन सकेन । दोस्रो खेलमा भने त्रिभुवन आर्मी  क्लब २५–८, २५–८, २५–७ ले विजयी भयो ।  

बाँके जिल्ला भलिबल संघको आयोजनामा नेपालगन्ज रंगशालास्थित कर्भड हलमा भएको उक्त प्रतियोगितामा तीन विभागिय सहित कुल पाँच वटा टिम सहभागी छन् । प्रतियोगितामा विभागिय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, होगाजी न्यू डायमण्ड र लुम्बिनी युनाइटेड’ सहभागी छन् ।  

प्रतियोगिताको छैठौं संस्करणमा गतवर्ष नेपाल पुलिस क्लबले उपाधी जितेको थियो । प्रतियोगितामा पहिलो हुने टिमले पाँच लाखसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुने टिमलाई नगद दुई लाख, तेस्रोलाई एक लाख र चौथो हुनेलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । गतवर्ष छैठौं संकरणमा प्रतियोगिताको विजेता टिमलाई नगद दुई लाख, दोस्रो हुनेलाई एक लाख र तेस्रो हुने टिमलाई ५० हजार प्रदान गरिएको थियो ।  

तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाका पालामा २०७० सालबाट सुरु भएको प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लबले हात पारेको थियो, भने दोस्रो र पाँचौंमा नेपाल एपिएफ तथा तेस्रो र चौथो संस्करणमा रेल्वे इण्डियाले उपाधी जितेको थियो । प्रतियोगिताको लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी र ‘मिस नेपाल वल्ड–२०२०’ तथा प्रधानमन्त्री कपका सद्भावना दुत नम्रता श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे ।

प्रकाशित: २२ फाल्गुन २०७७ ०४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App