१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

हिमालयन ह्वाइट हाउस काठमाडौँ च्याम्पियन

लिटल फ्लावर प्रिमियर लिग

लिटल फ्लावर प्रिमियर लिगको पाँचौ संस्करण क्रिकेट प्रतियोगितामा हिमालयन ह्वाइट हाउस काठमाडौँले उपाधी जितेको छ । धनगढी स्थित संघिय ईकाई प्रहरी कार्यालयको खेल मैदानमा शनिवार भएको फाईनल खेलमा साविक विजेता समेत रहेको धनगढीको लिटल फ्लावर स्कुललाई ८० रनले जित हात पार्दै ह्वाइट हाउस च्याम्पियन बनेको हो । टस जितेर पहिले ब्याटिङ गरेको ह्वाइट हाउसले निर्धारित २० ओभर ९ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । उसका लागि गजेन्द्र बोहराले ७० र सतिश यादवले २९ रन बनाए । लिटल फ्लावरका राज कुमार शाहले ५ विकेट लिए । १ सय ६८ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको घरेलु टोली लिटल फ्लावरले १७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ८७ रन मात्रै बनाउन सक्यो । लिटल फ्लावरका लागि निशान्त बुढाऐरले १७ र पुष्करराज बडुले अविजित रहदै १४ रन बनाए । ह्वाइट हाउसका प्रतिश जिसीले ३ र स्वरुप श्रेष्ठले २ विकेट लिए । म्यान अफ द फाइनल ह्वाइट हाउसका गजेन्द्र बोहरा चुनिए । उपाधिसंगै ह्वाइट हाउसले नगद १ लाख २० हजारसहित ट्रफी प्राप्त गरेको छ भने लिटल फ्लावरले ६० हजार पाएको छ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी ह्वाइट हाउसका गजेन्द्र बोहरा भए । उनले नगद १० हजार पाए । यस्तै शारदा विद्या निकेतनका दिनेश ओड उत्कृष्ट ब्याट्सम्यान, ह्वाइट हाउसका सन्दिपजंग शाही उत्कृष्ट बलर र लिटल फ्लावरका सचिन भट्ट उदयमान खेलाडी भए । उनीहरुले ५/५ हजार प्राप्त गरे । लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सको आयोजनामा गत फागुन १५ देखि सुरु भएको प्रतियोगितामा देशभरका १६ टीमको सहभागिता रहेको थियो ।

लिक कम नक आउटमा  खेलाइएको प्रतियोगितामा  सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरि खेल खेलाईने थियो । लिग चरणमा प्रत्येक टिमले ३/३ खेल खेलेका थिए । उक्त खेलबाट समूह विजेता हिमालयन ह्वाइट हाउस काठमाडाैं, लिटल फ्लावर स्कुल,  बाल बाटिका र शारदा सरस्वती ४ टिम सेमिफाईनल प्रवेश गरेका थिए । यस अघि बाल बाटिकालाई ३ विकेटले जित हात पार्दै लिटर फ्लावर र शारदा सरस्वतीलाई ८९ रनले जितेर ह्वाइट हाउस फाईनल प्रवेश गरेका थिए । आयोजक संस्थाका अध्यक्ष रामचन्द्र शाहीले अगामी बर्षमा पनि प्रतियोगितालाई अझ उन्नत र परिष्कृत रुपमा गर्ने बताएका छन ।  

प्रकाशित: १ चैत्र २०७७ ०२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App