८ वैशाख २०८१ शनिबार
खेल

गणेशमान सिंह स्मृति बक्सिङ: सनिल दोस्रो चरणमा

ललितपुरका सनिल साही गणेशमान सिंह स्मृति बाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताअन्तर्गत ६४ केजी तौलसमूहको दोस्रो चरणमा पुगेका छन्। नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजनामा सोमबारदेखि स्युचाटारमा सुरु भएको प्रतियोगितामा सनिलले आफ्नो तौलसमूहमा टीकाथलीका निशान दासलाई हराउँदै दोस्रो चरणमा स्थान बनाएका हुन्।

उनले दोस्रो चरणमा नक्साल बक्सिङ क्लबका एबल थापासँग प्रतिस्पर्धा गर्नेछन्। एबलले भने बाई पाएर दोस्रो चरणमा स्थान बनाएका थिए। सोही तौलसमूहमा रसुवाका रोविन प्रधानले एफ प्रोका प्रनिमेश थापा, धादिङका पवन गुरुङले टिवाइसीका दिनेश भण्डारी, सिबिसीका कमल श्रेष्ठले एसडब्लुटिएसबीका तुफान शाही, प्लाटिनमका अविश्वनदेव श्रेष्ठले रामेछापका सुमन श्रेष्ठ र बक्समान्डुका चन्द्रदेवा तामाङले थानकोटका मनीष श्रेष्ठलाई पन्छाउँदै दोस्रो चरणमा स्थान बनाएका छन्।

त्यस्तै पुरुष ५२ केजीमा आइएमटिडिओका नारायण भुजेलले टिवाइसीका पदम शाही ठकुरी र बक्समान्डुका वाङ्दी शेर्पाले टिवाइसीका राजन भट्टलाई हराउँदै दोस्रो चरणका यात्रा तय गरे। ५६ केजीमा सिन्धुलीका अजय चौधरीले मकवानपुरका महेन्द्र राई र बक्समान्डुका सुरज महर्जनले सिबिसीका लक्ष्मीप्रसाद जोशीलाई हराउँदै दोस्रो चरणमा स्थान बनाएका छन्।  

६० केजीमा नक्साल ‘ए’ का मौसम रानामगरले मेघदूतका निरज गौतम, ललितपुरका आभासप्रताप शाहले ‘ए’ प्रोका अनिश थापामगर, एसडब्लुटिएसबीका सन्जोक विष्टले चितवनका विवेक गुरुङ, सिन्धुलीका निमादावा तामाङले पाटनका रायन महर्जन, थानकोटका विजनगोपाल श्रेष्ठले रामेछापका नेत्र तिरुवा र टिवाइसीका अनिल पुनमगरले सिबिसीका विकास गुरुङलाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए।  

पहिलो दिन पुरुषतर्पm मात्र कुल १६ तौलसमूहमा प्रतिस्पर्धा भएको थियो। नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंहको स्मृतिमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा फागुन २२ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा कुल एक सय ७३ बक्सरले विभिन्न तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्।  

प्रतियोगितामा महिलातर्फ ४८ केजी, ५१, ५४, ५७, ६० र ६४ केजी तौलसमूह र पुरुषमा ४९ केजी, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछन्। हरेक तौल समूहका विजेताले नगद १० हजार, दोस्रो हुनेले सात हजार र तेस्रो स्थानका दुई खेलाडीले जनही चार हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताका उत्कृष्ट महिला बक्सरले स्कुटर र पुरुष बक्सरले मोटरसाइकल पाउने आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिए।

प्रकाशित: १८ फाल्गुन २०७७ ०५:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App