२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एसआरए स्क्वासमा हिराकाजी च्याम्पियन

स्क्वास र्याकेट्स एशोसिएसन कास्कीले आयोजना गरेको प्रथम एसआरए स्क्वास प्रतियोगितामा हिराकाजी श्रेष्ठ च्याम्पियन बनेका छन् । उनी स्क्वासका पूर्व राष्ट्रिय खेलाडी समेत हुन् ।

अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता आयोजना गरिँदै

जिल्लामा अन्तर्राष्ट्रियस्तरको निबन्ध लेखन प्रतियोगिता आयोजना गरिँदैछ। अनेरास्ववियू जिल्ला कमिटीले ‘वैदेशिक शिक्षामा युवाको पलायन : समस्या र समाधान’ शीर्षकमा प्रतियोगिता आयोजना गरेको हो।

‘मेयर साईकल दौड’ मा वालिङका मेयर प्रथम

नयाँवर्षको अवसरमा पोखरामा आयोजना गरिएको ‘मेयर साइकल दौड प्रतियोगिता’ मा वालिङ नगरपालिका प्रमुख दिलिपविक्रम खाँड प्रथम भएका छन् ।

बक्सिङ प्रतियोगिता: भूपेन्द्र र सनिल पहिलो

नेपाल पुलिस क्लबका भूपेन्द्र थापामगर र ललितपुरका सनिल साही एएसबीसी एलिट पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा मंगलबार पहिलो भएका छन्।

मेयर कप ब्याडमिन्टन प्रतियोगिताः सिमा राजबंशी सेमिफाइनलमा

कस्तुरी कलेज इटहरीकी सिमा राजबंशी प्रदेश नं. १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा महिला एकल तर्फ अन्तिम चारमा प्रवेश गर्न सफल भएकी छिन्।

आहारारा गोल्डकप:उपाधि जित्नेमा अफ्रिकन र संकटा क्लव विश्वस्त

आहा–रारा गोल्डकप फाईनलको संघारमा छ । उपाधि प्रतिश्पर्धाको लागि शनिबार विदेशी टोली अफ्रिकन रुट्स एशोसिएसन क्यामरुन र संकटाक्लबबीच हुने छ ।

नयाँ वर्षमा पोखरामा ‘मेयर साईकल दौड’

नयाँवर्षको अवसरमा पोखरामा ‘मेयर साइकल दौड प्रतियोगिता’ हुने छ । पोखरा महानगरपालिकाको आयोजनामा कास्की जिल्ला साईक्लिङ संघको व्यवस्थापनमा बैशाख १ गते नयाँ वर्षको अवसरमा मेयर साईकल दौड प्रतियोगिता आयोजना गरिएको आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

रेडियो नेपालमा राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगिता

प्रतियोगिताको शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष हरिप्रसाद बस्यालले नेपालको कला र संस्कृतिको जगेर्ना गर्न रेडियो नेपालले पुर्‍याउँदै आएको योगदान स्मरणीय रहेको उल्लेख गरे।

केएफटीसी नकआउट फुटसल प्रतियोगिता सुरु

भक्तपुरमा पहिलो केएफटीसी नकआउट फुटसल प्रतियोगिता शनिबार भएको छ। ख्वप फुटसल एण्ड ट्रेनिग सेन्टर (केएफटीसी) को आयोजनमा भक्तपुर जिल्ला फुटवल संघसँंग समन्वय गरी प्रतियोगिता भएको हो।

शुक्रबहादुरलाई धरान ओपन गल्फको उपाधि

घरेलु गल्फ कोर्षमा युवा गल्फर शुक्रबहादुर राई धरान ओपन गल्फ प्रतियोगिताको पहिलो सँस्करणको विजेता बनेका छन्।

त्रिदेशीय फुटबल प्रतियोगिता: किर्गिस्तानलाई कमजोर नआँक्ने

नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बिहीबार त्रिदेशीय फुटबल प्रतियोगितामा किर्गिस्तानी युवा टोलीको सामना गर्दा उनीहरूलाई कमजोर नआँक्ने बताएका छन्।

आजदेखि राष्ट्रव्यापी अन्तरशहर बुद्धिचाल प्रतियोगिता हुने

वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि सञ्चालन हुन लागेको राष्ट्रव्यापी अन्तरशहर बुद्धिचाल प्रतियोगिता २०७७ को तयारी पूरा भएको छ। मकवानपुर बुद्धिचाल सङ्घ र हेटौँडा चेस क्लबको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको सबै तयारी पूरा भएको हो।

त्रिदेशीय कपमा उत्कृष्ट नतिजाको आशा

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले मंगलबारबाट सुरु हुने त्रिदेशीय फुटबल प्रतियोगितामा आफ्नो टोलीले उत्कृष्ट नतिजा ल्याउनेमा विश्वस्त रहेको बताएका छन्। मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तानको यु–२३ टोलीबीच खेल हुनेछ।

जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगिताः आयोजक केएफएको बिजयी सुरुवात

खोटाङको दिक्तेलमा सुरु जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगितामा आयोजकले विजयी सुरुवात गरेको छ। ‘स्थानीय खेलाडीको विकास र पहिचान, खोटाङ फुटवल एकेडेमीको अभियान’ भन्ने नाराका साथ बुधबारदेखि सुरु गरिएको जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगिताको दोश्रो संस्करणको उद्घाटन खेलमा योङ व्वाइज यूनाइटेड फुटबल क्लव दिक्तेललाई पछि पार्दै आयोजक खोटाङ फुटबल एकेडेमी (केएफए)ले विजयी सुरुवात गरेको हो।

कुस्ती प्रतियोगिताका बिजेताले पाए १७ किलो चाँदीको गदा

नेपाली काँग्रेस खेलकुद बिभागले पचरौता नगरपालिकाको बेल्दारीमा आयोजना गरेको खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको बिजेताले सोमबार १७ किलो चाँदीको गदा पाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्