१ मंसिर २०८१ शनिबार
image/svg+xml

सट्टाभर्ना भइसकेको जग्गा भूमाफिया र व्यक्तिको कब्जामा

धरानको खानेपानीको प्रमुख स्रोत संरक्षण गर्न सरकारले सट्टाभर्ना दिएर बस्ती स्थानान्तरण गरे पनि सर्दु जलाधार क्षेत्रका सयौं बिघा जमिन अझै व्यक्तिकै नाममा रहेको पाइएको छ। सरकारी निकायको लापरबाहीले लगतकट्टा नभएको थाहा पाएपछि चलखेल गरी जलाधार क्षेत्रको थुप्रै जग्गा भूमाफियाले आफ्नो कब्जामा पारिसकेको देखिन्छ।

घरमै धारा जाेडिएपछि गजुरीवासी भन्छन् - 'जीवन नै फेरिएजस्ताे भयाे'

धादिङ गजुरी गाउँपालिकास्थित श्यामैडाँडावासीले घरघरमा धारा पाएका छन्। घरैमा धारा जोडिएपछि संगीताको खुसीको सीमै छैन। चेपाङ समुदायको बाहुल्य रहेको गजुरी गाउँपालिका ४, ६ र ७ नम्बर वडाका बासिन्दामा अहिले खुसियाली छाएको छ।

फास्ट ट्रयाक प्रणालीबाट मेलम्ची अघि बढाउने प्रस्ताव

मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले मेलम्ची आयोजनालाई फास्ट ट्रयाक प्रणालीबाट निर्माण गर्ने प्रस्ताव खानेपानी तथा सरसफाइ मन्त्रालयमा पेश गरेको छ। समितिको गत बुधबार बसेको बोर्ड बैंठकले मेलम्ची आयोजनालाई तत्कालै अघि बढाउन फास्ट ट्रयाक प्रणालीबाट अघि बढाउनुपर्ने निर्णय गरेर विभागीय मन्त्री बिना मगरलाई पेश गरेको हो।

खानेपानी विभाग भन्छ- 'हावाहुरी प्रभावित क्षेत्रमा खानेपानीमा समस्या छैन'

खानेपानी विभागको प्राविधिक टोलीले बारा र पर्सामा आएको हावाहुरीबाट पीडित समुदायका लागि वितरण गर्न खानेपानी डिभिजन कार्यालय बारालाई एक हजार वटा पियुष र १५ हजार जति अक्वा ट्याब दिएको छ।

महोत्तरीमा खानेपानीको हाहाकार

महोत्तरी जिल्लाको उत्तरीक्षेत्रमा धमाधम पानीका मुहान सुक्न थालेपछि खानेपानीको सङ्कट बढेको छ। नदी, पानीखोल्सा, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि जिल्लाका बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा मध्यचैतदेखि खानेपानीको सङ्कट बढेको हो।

‘नेपालको पानी पिउन कतार आतुर’

खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच मंगलबार खानेपानी मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ। भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो। भेटघाटमा मन्त्री मगरले नेपालको पानी निर्यात गर्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताइन्। उनले नेपालको पानी त्यसै खेर गैरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी गराइन।

कहाँ छ सरकार!

२०१६ सालमा तत्कालीन मन्त्री गणेशमान सिंहको पालाबाट सर्वेक्षण सुरु गर्न योजना बनेको यो(मेलम्ची)आयोजना ४४ सालमा खोला पहिचान अनि ४७ सालमा काठमाडौंको बाटो पखाल्ने कृष्णप्रसाद भट्टराईको भाषणपछि चर्चित बन्यो। योजनाहरू बने, आयोजना सुरु भयो, भाषण गरेको पनि आज २८ वर्ष बित्यो तर पानी आएको छैन। मेलम्चीले सबै दल अनि सबै नेताको नेतृत्व चाखिसकेको छ। मेलम्चीले हाम्रो राष्ट्रिय क्षमताको जाँचेको छ।

फिदिममा खानेपानी समस्या समाधान हुने

१६ किलोमिटर टाढा फिदिम–१४ बाट ल्याएर वितरण गरिएको खानेपानी आयोजनालाई व्यवस्थित गर्न प्रदेश सरकारले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरमार्फत सर्वे गरी समस्या पहिचान गरेर पुनः निर्माणको काम अघि बढाउन लागेको हो।

रञ्जुले अख्तियारमा मुद्दा हालेपछि बिना मगर आक्रोशित, चरित्र हत्या नगर्न चेतावनी

खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनासँग जोडेर आफ्नो चरित्र हत्याको प्रयास भइरहेको आरोप लगाएकी छिन्। विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाले मेलम्ची आयोजनामा अनियमितता गरेको भन्दै खानेपानी मन्त्रालय र मन्त्रीविरुद्ध उजुरी दिएका बेला बुधवार विज्ञप्ति जारी गर्दै मन्त्री मगरले प्रमाणविना आफ्नो स्वार्थपूर्तिका लागि चरित्रहत्या नगर्न चेतावनी दिएकी छिन्।

खानेपानीको समस्या समाधानमा सरकार संवेदनशीलः मन्त्री मगर

खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार संवेदनशील रहेको बताएकी छिन्। मन्त्री मगरले संविधानप्रदत्त स्वच्छ खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रभावकारीरुपमा लागिपरेको बताएकी हुन्।

‘खानेपानीको समस्या समाधानका लागि काम गरिरहेका छौं’

नगरकोट पर्यटक आकर्षण केन्द्रको रूपमा छ। यसकारण पर्यटन क्षेत्र भएको पूर्वाधार तयार गर्नुपर्ने आवश्यकता देख्छु। यसमा नगरपालिकाको ध्यान पुगेको छ। यसलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने मेरो व्यक्तिगत विचार हो।

जताततै पानी तर, स्थानीयलाई हैरानी

काठमाडौं उपत्यकामै पानीको खानी हो, भक्तपुरको झौखेल क्षेत्र। व्यावसायीले यहाँको पानी मिनिरल वाटर, जार र ट्यांकरमा राखेर भक्तपुर, काठमाडौं र ललितपुरका गाउँगाउँमा लगेर बेचिरहेका छन्। विडम्बना !

डेढ हप्तामा नै मेलम्चीको विवाद सल्टिन्छ : सचिव

सरकारले मेलम्चीको ठेक्कासम्बन्धी समयमा नै निर्णय गर्न नसक्दा मेलम्ची आयोजना उपत्यकावासीको लागि ‘मृगतृष्णा’जस्तै भएको छ।

किन बारम्बार खनिन्छ सडक ?

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले गत माघ महिनामा सुन्धरा–त्रिपुरेश्वर सडक खण्डमा खानेपानीको पाइप बिछ्याउनको लागि सडक खन्यो। सडक खनेको १५ दिनसम्म हिलाम्मे र धुलाम्मे सडकले सर्वसाधारणले सकस भोगे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्