१ मंसिर २०८१ शनिबार
image/svg+xml

प्रियंका र आयुष्मान महिनावारी स्वच्छता दूत

खानेपानी तथा सरसफाई मन्त्रालयले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ। महिलाहरु महिनावारी हुँदा भोग्नु परेको समस्या सम्बन्धी जनचेतना जगाउने उद्देश्यले मन्त्रालय र आयंका फाउन्डेसनबीच प्रियंका र आयुष्मानलाई एक वर्षका लागि स्वच्छता दूत नियुक्त गर्ने सहमति भएको हो। उनीहरुलाई खानेपानी मन्त्री बिना मगरले दूत नियुक्त गरिएको पत्र हस्तान्तरण गरेकी थिइन।

भनेको नमन्दा सचिवको सरुवा : मन्त्री मगर

खानेपानीमन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने क्रममा आफूले तयार पारेको ‘फरमुला’ बमोजिम काम नगरेका कारण खानेपानी मन्त्रालयका सचिवको सरुवा गरिएको बताएकी छन्।

मेलम्ची ठेक्का पुनः सीएमसीलाई दिन मन्त्रीले दबाब दिएको सचिवको खुलासा (भिडियो)

इटालियन कम्पनी सीएमसीलाई पुनः मेलम्ची खानेपानी आयोजनाको काम जिम्मा दिने विषयमा खानेपानी मन्त्री बिना मगर र सचिव गजेन्द्रकुमार ठाकुरबीच विवाद भएको छ। नागरिक नेटवर्कसँगको भिडियो कुराकानीमा सचिव ठाकुरले मन्त्री मगरले मौखिक आदेशमा आफूलाई काम लगाउन खोजेको बताएका छन्। उनले भने, ‘मैले लिखित मागें। मन्त्रीले मौखिक आदेश दिएर हामीलाई अप्ठेरो पार्ने काम गर्न खोज्नुभयो। उहाँले कहिल्यै पनि लिखित दिनुहुँदैन।’

लिफ्टिङ खानेपानी आयोजनाको काम गुणस्तरहीन

खोटाङमा दूधकोसीको पानी गाउँमा वितरण गर्ने प्रयासस्वरुप सुरु गरिएको बृहत् पम्पिङ खानेपानी आयोजनाको काम गुणस्तरहीन पाइएको छ। सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाका ७ वडाको खानेपानी समस्या समाधान गर्न सुरु गरिएको करोडौंको आयोजनाको वितरण लाइनतर्फको काम गुणस्तरहीन भएको पाइएको हो। नगरप्रमुख इवन राई नेतृत्वको टोलीले माघ २४ गते गरेको अनुगमनका क्रममा वितरण लाइनअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा निर्माणाधीन ७० हजार लिटर क्षमताको आरभिटी ट्यांकीको जग निर्माणलगायतका काममा त्रुटि भेटेको छ।

सम्झौता रद्द भए पनि सिएमसीलाई मेलम्चीको काममा फर्काउन पहल

मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सिएमसीसँगको सम्झौता रद्द भए पनि खानेपानी मन्त्रालयले सोही कम्पनीलाई कामका फर्काउने विकल्पबारे छलफल जारी राखेको छ। आयोजनाको बाँकी काम सम्पन्न गर्न नयाँ बोलपत्र गर्दा खर्चिलो हुने र निर्माण अवधि बढी लाग्ने भएकाले मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले सिएमसी कम्पनीसँग नै छलफल थाली काममा फर्काउने प्रयास थालेको हो।

संकटमा मेलम्ची, सीएमसीसँगको ठेक्का सम्झौता ताेडियाे

सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता तोडेको छ। मेलम्ची खानेपानी विकास समितिको विहिबार बसेको बोर्ड बैठकले ठेक्का सम्झौता तोड्ने निर्णय गरेको हो।

मोबाइलबाटै खोलाको पानी ट्याङ्कीमा !

सुन्दा अचम्म लाग्न सक्छ, खोलाको पानी मोबाइलबाट ट्याङ्कीमा जम्मा हुन्छ भनेर। तर, सुन्दा अपत्यारिलो लागे पनि शुक्लागण्डकीको दरगाममा दरकामकालिका खानेपानी उपभोक्ता समितिले यस्तो प्रविधि भित्र्याएको छ। जसले गर्दा गाउँदेखि १६० मिटर तल घुमौरी स्याङ्दी खोलाको पानी गाउँमा रहेको ट्याङकीमा संकलन हुने गरेको छ।

खानेपानी मन्त्रालयको आपत्ति

खानेपानी मन्त्रालयले मन्त्री बीना मगरको सम्बन्धमा सहसचिव राजनराज पाण्डेले व्यक्त गरेको धारणाप्रति आपत्ति जनाएको छ। मन्त्री मगरको निजी सचिव गुणराज श्रेष्ठकाअनुसार सहसचिव जस्तो सार्वजनिक पदमा आसिन व्यक्तिबाट गैरजिम्मेवार र लाजमर्दो अभिव्यक्ति दुःखलाग्दो र लाजमर्दो रहेको देखिएको छ।

मेलम्चीको काम अघि बढाउन दातासँग छलफल

सुरुङ बनाइरहेको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता रद्द गर्ने तयारी गरिरहेको मेलम्ची खानेपानी विकास समितिले दाता एशियाली विकास बैंक (एडिबी)सँग छलफल गरेको छ। दाताले बाँकी कामका लागि अर्को बोलपत्र आह्वान गर्दा आयोजनाको काममा ढिलाइ हुने भएकाले सहायक निर्माण व्यवसायी कम्पनीलाई छोटो कामको जिम्मेवारी दिन सुझाएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले राससलाई जानकारी दिए।

मेलम्ची ठेक्का तोड्न पत्राचार

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालियन कम्पनी नफर्कने निश्चित भएपछि सरकारले ठेक्का सम्झौता तोड्न प्रक्रिया सुरु गरेको छ। आयोजनाको काम तत्काल अघि बढाउन नयाँ ठेकेदार नियुक्तिका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगिने भएको छ। मेलम्ची खानेपानी उपआयोजनाको ठेकेदार कम्पनी सिएमसीलाई ‘लेटर अफ टर्मिनेसन’ (एकतर्फी ढंगले ठेक्का तोडेको पत्र) पठाएर काम अघि बढाउन मन्त्रिपरिषद्बाट निर्णय गर्न लागिएको हो।

दुई महिनाको तलब निकास भएन

सरकारले नेपाल खानेपानी संस्थानको सञ्चालक समितिको अध्यक्ष नियुक्त नगर्दा संस्थान पाँच महिनादेखि नेतृत्वविहीन बनेको छ। संस्थानको अध्यक्ष तथा सञ्चालक समितिको अन्य पदाधिकारी नियुक्त नगरिँदा कार्यालयको काम प्रभावित भएको छ भने संस्थानमा कार्यरत पाँच सय ५० कर्मचारीले दुई महिनादेखि तलब पाउन सकेका छैनन्।

सुक्खाग्रस्त क्षेत्रमा खानेपानी पुर्‍याउन एक अर्ब लगानी

नेपाल सरकारले करिब एक अर्ब लगानी गरेर पाँचथरको सुक्खाग्रस्त क्षेत्रका २२ हजार स्थानीयवासीलाई खानेपानीको सुविधा उपलब्ध गराउन लागेको छ।

मेलम्चीकै नियति भाेग्दै काभ्रे उपत्यका खानेपानी

चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको दुई वर्षभित्रमा सम्पन्न गर्ने उद्देश्यले थालिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण साढे पाँच वर्ष पुग्दासमेत सम्पन्न हुन सकेको छैन। यससँगै आयोजनासमेत महँगो बन्न पुगेको छ।

हाम्रो प्रेम चिनो छोरा पनि ठूलो भयो, तिम्रो तस्बिरलाई म्वाइँ खान्छ...

प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने सो कार्यक्रमबारे बुधबार आफ्ना सचिवालयका कर्मचारीलाई निम्तोपत्र के कति पुग्यो भनेर खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सोध्दै गर्दा छोरा प्रणव दाहाल मन्त्रीको कुर्सी नजिकको बिजुलीको ‘प्लग’ चलाउन पुगे ।

खानेपानी संस्थानका कर्मचारी आन्दोलित

नेपाल खानेपानी संस्थानका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । खानेपानी मन्त्रालयले माग पूरा गर्न बेवास्ता गरेको भन्दै उनीहरू ४३ दिनदेखि आन्दोलनमा उत्रिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्