९ मंसिर २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्री ओली पोखरा आउँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार पोखरा आउने भएका छन्। अगुवा कार्यकर्ता प्रशिक्षणका लागि नेपाल उनी सोमबार पोखरा आउने भएका हुन्। प्रधानमन्त्री ओली गण्डकी प्रदेशस्तरीय नेकपा कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउने प्रदेश इन्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

धमाधम चुनावलक्षित शिलान्यास

प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओली सोही चुनावलाई लक्ष्य गरेर दैनिक रूपमा विकास आयोजनाको उद्घाटन र शिलान्यास गर्दै हिँडेका छन्। प्रधानमन्त्री ओलीले सोमबार सुदुरपश्चिम प्रदेशको कञ्चनपुर दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम छ।

टुन्डी पावरको ३५.५ मेगावाट क्षमताको राहुघाट मंगलेको शिलान्यास

म्याग्दीको रघुगंगा गाउँपालिका–८, मा ३५.५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत आयोजनाको आइतबार शिलान्यास गरिएको छ ।

प्रधानमन्त्रीले शिलान्यास गरेका आयोजनाकै प्रगति न्यून

प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वाधार तथा विकास विज्ञ गजेन्द्र थपलियाले प्रधानमन्त्रीले शिलान्यास गरेका कतिपय आयोजना मुआब्जा विवाद र वन विभागलगायतका कारण निर्माण कार्यले गति लिन नसकेको स्वीकार गरे।

एकैपटक ३ सय ९ वटा आधारभूत अस्पताल शिलान्यास

सोमबार नेपालभरका ३ सय ९ वटा स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास भएको छ।

वागीश्वरी माविको नयाँ भवन शिलान्यास

वागीश्वरी माध्यमिक विद्यालय कमलविनायक भक्तपुरमा नयाँ भवनको शिलान्यास शुक्रबार सम्पन्न भएको छ।

पुजारी हत्या भएको ठाउँमा मन्दिर शिलान्यास

गत भदौ ३ मा हत्या गरिएका रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियाको बजारस्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको तेह्रौ पुन्यतिथिमा मन्दिरको शिलान्यास गरिएको छ । मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साह र माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमल साहले पुजारी हत्या भएको ठाउँमा संयुक्त रुपमा भव्य हनुमान मन्दिरको शिलान्यास गरिएको छ ।

गाडी चढ्ने पैसाले मेयरले सुरु गरे पुल निर्माण

हरिवन नगरपालिका–८, चापिनी खोलामा झण्डै १ करोड बजेटले पुल निर्माण गर्न शुक्रबार शिलान्यास गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा कार्यालय प्रयोजनका लागि मेयर र उपमेयरले प्रयोग गर्ने सवारीसाधन किन्ने बजेटबाट पुल निर्माण सुरु गरिएको हो । प्रदेश सरकारबाट आएको २५ लाख रुपैयाँ तथा नगरपालिकाले गाडी किन्न छुट्टयाएको गरी जम्मा ९९ लाख ३ हजार लागतमा पुन बनाउन सुरु गरिएको मेयर प्रसाईंले जानकारी दिए ।

१२० मेगावाटको रसुवा भोटेकोसी जलविद्युत् आयोजनाको शिलान्यास

१२० मेगावाट क्षमताको रसुवा–भोटेकोसी जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ। तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित उक्त आयोजनाको बिहीबार शिलान्यास गरिएको हो।

शिलान्यासको ६ महिनापछि पुलको काम सुरु

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका जोड्ने साप्सु खोलामा मोटरेबल पुलको काम शिलान्यास भएको ६ महिनापछि सुरु गरिएको छ।

शिलान्यासको अढाई वर्ष हुँदासमेत सुरु भएन पुलको काम

२०७४ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेको उदयपुर र खोटाङ तथा उदयपुर र भोजपुर जोड्ने सुनकोसीका २ वटा मोटरेवल पक्की पुलको निर्माण कार्य झण्डै अढाई वर्ष बित्न लाग्दासम्म केही भएको छैन।

हलेसीमा करोडको धर्मशाला शिलान्यास

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा सुविधायुक्त धर्मशाला शिलान्यास गरिएको छ। किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीमा नेपाल आयल निगमको सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमबाट धर्मशाला शिलान्यास गरिएको हो।

बाँध र विद्युतगृहको शिलान्यास

सुरुङमार्ग निर्माण सम्पन्न भएको सात महिनापछि राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो प्याकेजअन्तर्गत बाँध (ड्याम) र विद्युत्गृह (पावरहाउस) शिलान्यास गरिएको छ। भेरीगंगा नगरपालिकाको चिप्लेमा सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बाँध र विद्युत्गृहको शिलान्यास गरेका हुन्।

२५२ औँ विजय उत्सवः सिन्धुलीगढीमा ऐतिहासिक युद्ध संग्रहालय बन्दै

यहाँको ऐतिहासिक सिन्धुलीगढीमा युद्ध संग्रहालय बन्ने भएको छ। नेपालकै इतिहास बोकेको सिन्धुलीगढीमा २५२ औं विजय उत्सव समारोहमा एक औपचारिक कार्यक्रमकाबीच युद्ध संग्रहालयको रक्षामन्त्री इश्वर पोखरलले शिलान्यास गरेका छन्। नौ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी नेपाली सेनाले राष्ट्रियस्तरको युद्ध संग्रहालय निर्माण गर्ने कार्य थालेको नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्