गत भदौ ३ मा हत्या गरिएका रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियाको बजारस्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको तेह्रौ पुन्यतिथिमा मन्दिरको शिलान्यास गरिएको छ । मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साह र माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमल साहले पुजारी हत्या भएको ठाउँमा संयुक्त रुपमा भव्य हनुमान मन्दिरको शिलान्यास गरिएको छ ।
साधुजस्तो व्यक्तिको हत्या भएपछि उनको कर्मलाई चिरस्मरणीय बनाउन माननीय साँसद प्रभु साहको पहलमा भव्य मन्दिर बनाइने भएको छ । मन्दिरको शिलान्यासको अवसरमा देवाही गोनाही नगरपालिकाकी उपमेयर सुनैना पटेल, नेकपा नेता उपेन्द्र साह, त्रिभुवन साह, हत्या गरिएका पुजारीका आफन्तहरु तथा ठूलो संख्यामा साधु सन्तको उपस्थिति रहेको थियो ।
उक्त ठाउँमा प्रहरी चौकीको स्थापना गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पहिले नै घोषणा गरिसकेका छन् ।
प्रकाशित: १५ भाद्र २०७७ १७:१७ सोमबार