८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

एकैपटक ३ सय ९ वटा आधारभूत अस्पताल शिलान्यास

सरकारले सार्वजनिक गरेकाे आधारभूत अस्पतालको नक्सा।

सोमबार नेपालभरका ३ सय ९ वटा स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास भएको छ। सोमबार आधारभूत अस्पतालसहित तीनवटा सरुवा रोग अस्पताल, एक अस्पतालको आकस्मिक कक्ष शिलान्यास भएको हो। सबै प्रदेशका मुख्यमन्त्री, माननीय तथा जनप्रतिनिधिको उपस्थितिमा शिलान्यास भएको हो। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार सबै स्थानीय तहमा आवश्यकता र क्षमताअनुसार ५, १० र १५ शड्ढयाको आधारभूत अस्पताल स्थापना गर्ने योजनाअनुसार सोमबार विभिन्न अस्पतालको शिलान्यास भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत कात्तिक २ मा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र अर्थमन्त्री अर्थमन्त्री विष्णुप्रसाद पौडेलको बैठकले एकैदिन शिलान्यास गर्ने निर्णय गरेको थियो। नेपालमा एकैदिन धेरेको संख्यामा अस्पताल शिलान्यास भएको पहिलो घटना हो। ७ सय ५३ वटै स्थानीय निकायमा शिलान्यास गरिने भनिए पनि सबैमा जग्गाको निक्योल भएपछि मंसिर महिनाभित्रै निर्माण कार्य सुरु गरिने मन्त्रालयले जनाएको छ। सरकारले आधारभूत अस्पतालहरुको हकमा ५८ अर्बको लागत निकासा भएको छ।

यही आर्थिक वर्षभित्रमा सातवटै प्रदेशमा स्थापना सुरु हुने भनिएको सरुवा रोग अस्पतालमध्येमा भरतपुर, बारा र सुर्खेतमा गरी तीन वटा सरुवा रोग अस्पतालको शिलान्यास भएको छ। सोही क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भरतपुर अस्पतालको आकस्मिक विभाग र भरतपुर सरुवा रोग अस्पतालको शिलान्यास गरेका हुन्।

शिलान्यास भएका सबै अस्पतालको निर्माण कार्य आगामी दुई वर्षभित्रमा सम्पन गरिने योजना रहेको छ। निर्माण कार्य बहुवर्षीय ठेक्का प्रणालीअनुसार हुने मन्त्रालयले जनाएको छ। सोमबार शिलान्यास भएका पूर्वधारको निर्माण कार्यले स्थानीय तहमा ४ हजार ८ सय ७५ शड्ढया, ९ सय ७५ चिकित्सकसहित ९७ हजार ६ सय ५२ जनशक्ति थप हुनेछन्। छोटो अवधिको सूचनाको आधारमा स्थानीय निकायले अस्पताल निर्माण कार्यमा देखाएको प्रक्रियालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहारना व्यक्त गरेको छ। स्थानीय तहमा आधारभूत अस्पतालको निर्माणले नागरिकको आधारभूत स्वास्थ्य सेवालाई सुरक्षित बनाउने आशा लिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनाएका छन्।

प्रकाशित: १६ मंसिर २०७७ ०१:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App