रक्सीले मात्तिएर महिलामाथि कुटपिट, एक गम्भीर घाइते
मुड्केचुला गाउँपालिकाकी एक महिला महिलाहरुकै कुटपिटबाट गम्भीर घाइते भएकी छन्।
मुड्केचुला गाउँपालिकाकी एक महिला महिलाहरुकै कुटपिटबाट गम्भीर घाइते भएकी छन्।
शरीरमा आगो लगाएर पति, सासू र ससुरा फरार भए। माइतीले उद्धार गरे। नेपालगन्ज र काठमाडौंका अस्पतालमा लामो समयसम्म उपचार गरेपछि उनको स्वास्थ्य त ठीक भयो। तर जीवनभर उनले मानसिक पीडा भने बोकिरहिन्।
बालिकामाथि हुने हिंसाबाट बच्न यहाँका विद्यालयमा आत्मरक्षा (सेल्फ डिफ्यान्स) सम्बन्धी प्रशिक्षण शुरु गरिएको छ। बालिकालाई विद्यालयमै पुगेर सैद्धान्तिक र प्रयोगात्मक अभ्याससहित हिंसाबाट जोगिने उपायका बारेमा प्रशिक्षण प्रदान गर्न थालिएको हो।
अलमलका बाबजुद सरकारले विप्लव समूहलाई पनि वार्ताको प्रक्रियामा ल्याउला भन्ने अनुमान थियो। यद्यपि अहिंसात्मक तर विखण्डनकारी नारा लगाइरहेको सीके राउत समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको दाबी गरेको सरकारले हिंसात्मक तर राष्ट्रवादी नारा लगाइरहेको विप्लव समूहलाई भने शान्तिपूर्ण प्रक्रियामा ल्याउन सकेन।
गत फागुन १६ गते स्थानीय १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कविलासी नगरपालिका–१ पिपरिया निवासी ४५ वर्षीय प्रगास मण्डल प्रहरी हिरासतमा छन्। घरेलु हतियार माग्न गएका मण्डलले कोही अभिभावक नदेखेपछि भ-याङ चढेर घरभित्र उक्लिँदै गरेकी ती बालिकालाई जबर्जस्ती शरीरका विभिन्न भागमा सुमसुम्याएको पीडित बालिका र आमाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। लगत्तै आमा आइपुगेर देखेपछि घटना बाहिर आएको हो।
स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके रावतले अहिलेको समय हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्ने नभई जनमतको उपयोग गरी जनताको अधिकार हासिल गर्ने बेला भएको बताएका छन।
नेपालमा पुनः हिंसात्मक शृंखलाले टाउको उठाउन लागेको छ। गत हप्ता राजधानीको मूलक्षेत्र नख्खुमा भएको सांघातिक बम विस्फोटनमा परी एकजनाले जीवन गुमाएको घटना एकमात्र थिएन। त्यसै दिन १४ भन्दा बढी स्थानमा हिंसाका घटना भएका समाचार आएका थिए। राजनीतिक परिवर्तनका सन्दर्भमा विगतमा अनेक पटक हिंसात्मक आन्दोलन भए पनि माओवादी सशस्त्र हिंसाले नेपाली समाजको स्पन्दनलाई खलबल गराउने काम गरेको थियो।
सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले मेरा पिताजी टीकाराज आरणको गोली हानी प्राणपखेरु उखेलेको आज १८ वर्ष लाग्यो। हत्याको कारण नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि भई पार्टी संगठनमा होमिनु थियो। सर्वसाधारण मेरा पिताजीलाई निःशस्त्र अवस्थामा बन्दी बनाई कथित ‘जनयुद्ध’का नाममा शोषक, सामन्त र सुराकीको बिल्ला लगाई मारियो।
आतंक राजनीतिक उद्देश्य प्राप्तिको हतियार हुन सक्दैन। राजनीतिको आवरणमा हिंसालाई मान्यता दिने चरित्र हामीकहाँ देखिन्छ। सर्वसाधारणमा त्रास फैलाएर गरिने आतंककारी गतिविधि राजनीतिक अभीष्टको उद्देश्य हुने गरेको छ। राजनीतिक आवरणले छोपेपछि कुनै पनि बेला यस्ता गतिविधिमा लाग्नेले छुट पाउने भएका कारण पनि डर नमानी यस्ता गतिविधिमा लाग्ने गरेको पाइन्छ।
धनुषाको क्षिरेश्वरनाथ हार्सरकी २० वर्षीया हजरा खातुनलाई दाइजो नल्याएको भन्दै सासु–ससुरालगायत परिवारले मट्टितेल छर्केर आगो लगाए। काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा २०७४ माघ ३० गते खातुनको मृत्यु भयो। खातुनका बुबाले उनका पति, सासु, ससुरा, नन्दलगायत परिवारका सदस्यविरुद्ध किटानी जाहेरी दिए। खातुनका पतिमात्रै पक्राउ परे, अरू सबै प्रहरीको सूचीमा फरार छन्।
संक्रमणकालीन न्यायका सम्बन्धमा कतिपय सचेत नागरिकमा समेत केही भ्रम रहेको मैले पाएको छु। सन्दर्भ हो– हालसालै अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरूले नेपालको यस सम्बन्धमा एक संयुक्त विज्ञप्ति जारी गरेका थिए।जानकारीका लागि मैलै त्यसलाई समाजिक संजालको ‘स्टेटस’मा राखे।
जाँड, रक्सीले मातेर लट्ठ भएको अशान्त हिंसायुक्त समाज पर्यटकलाई देखाई कमाउनुभन्दा सचेत, शान्त, सभ्य, सम्मानजनक समाज अवलोकन गराएर कमाउनु नेपाली पर्यटन व्यवसायीहरूको निम्ति पनि गर्वको विषय हुन सक्नुपर्छ।
सामूहिक बलात्कारमा परेकी नवलपुरकी एक बालिका सामाजिक लाञ्छनाका कारण पढाइबाट वञ्चित हुनुपरेको छ। तीन वर्षअघि बलात्कारमा परेकी ती बालिकाले लामो समयपछि न्याय त पाइन् तर आफ्नो पढाइलाई भने निरन्तरता दिन सकिनन्।
गत डिसेम्बरमा महिला हिंसाविरुद्धको १६ दिने अभियान गरिएको छ। अभियानको सन्दर्भमा भएका कार्यक्रमको लेखाजोखा गर्ने क्रममा एकजना महिला अधिकारकर्मीले भन्नुभयो, ‘महिला राष्ट्रप्रमुखविरुद्ध यति धेरै एकोहोरो व्यक्तिगत लान्छना र गालीगलौज, त्यो पनि विना कुनै विश्लेषण र दोहोरो जाँच, यो पनि त महिला हिंसा नै हो नि।’ कुरा साधारण तर मार्मिक छ।
नेपालमा महिलामाथि हुने यौन हिंसा धेरै बाहिर आइरहनुले यस्ता घटनाहरू विगतमा भन्दा अहिले धेरै बढिरहेको अनुमान गर्न सकिन्छ।