१२ मंसिर २०८१ बुधबार
image/svg+xml

मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले, राजीनामा बुझाउने तयारीमा मन्त्रीहरु

मधेस प्रदेश सरकारमा सहभागी नेकपा एमाले सरकारबाट हट्ने तयारी गरेको छ। पुस २७ गते जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारलाई समर्थन गरी सहभागी भएको थियो।

अभिव्यक्ति स्वतन्त्रता माथि प्रहार गरेको भन्दै समाजवादी प्रेस सङ्गठनद्वारा सरकारकाे विरोध

विभिन्न नाम वा बहानामा गोपनीयताको हक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताजस्ता विषयमाथि प्रहार गर्ने सिलसिलामा वर्तमान सरकारले ‘दूरसञ्चार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९’ मार्फत त्यस्तो चेष्टा गरेको भन्दै नेकपा एस निकट समाजवादी प्रेस सङ्गठनले विरोध गरेको छ।

गणतन्त्रमा पहिचानको अधिकार माग्दा ज्यान जानु निन्दनीयः सांसद अशोक राई

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद अशोक राईले प्रदेश १ को नाम कोशी राख्ने निर्णयको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका पदमकुमार लिम्वुको प्रहरीको लाठी प्रहारबाट ज्यान गएकोमा आपत्ति जनाएका छन्।

उपेन्द्रलाई लोसपा र जनमतले साझा उम्मेदवार बन्न नदिने

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा बारा २ मा उम्मेदवारी दिने पक्कापक्की भएको छ।

गृहसहित तीन मन्त्रालयमा नेकपा एसको दाबी

गृह, अर्थजस्ता ठूला मन्त्रालय कुन दलले सम्हाल्ने भन्ने विवाद भइरहेका बेला नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको दाबी गरेको छ।

सरकारमा सहभागी हुने विषयमा छलफल गर्न समाजवादीले गठन गर्‍यो कार्यदल

नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुन पार्टीले अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष प्रमेस हमाल र पार्टी महासचिव घनश्याम भुसालसहितको तीन सदस्य कार्यदल गठन गरेको छ।

उपराष्ट्रपति निर्वाचन: देउवा र नेपालले गरे मतदान

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन्।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहिबार

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार (भोलि) बस्ने भएको छ।

खुकुरी र बन्दुकमा खिया छैन, कार्तुस ओसिएको छैन भन्छन तर्साउँछन, धम्क्याउँछनः एमाले अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिइरहेको आरोप लगाएका छन्।

राष्ट्रपति निर्वाचनपछि देशको राजनीति स्थिर हुन्छ: रामकुमारी झाँक्री

नेकपा (एकीकृत समाजवादी) पार्टीकी सचिव रामकुमारी झाँक्रीले नेपालको राजनीति राष्ट्रपतिको चुनावपछि स्थिर हुने बताएकी छिन्।

कोसी प्रदेश नामकरणप्रति जसपाको आपत्ति

जनता समाजवादी पार्टी नेपालको प्रदेश १ समिति र पहिचानमा आधारित राष्ट्रिय समितिले प्रदेश १ को नाम कोसी प्रदेश राखेकोप्रति आपत्ति जनाएका छन्।

राष्ट्रपतिमा आठ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेल विजयी हुनुहुन्छ : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आठ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलनै देशको राष्ट्रपति बन्ने बताएका छन्।

उपराष्ट्रपतिमा रामसहाय छान्दै उपेन्द्र

जसपा स्रोतका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादव रामसहायलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउन चाहेका छन्। जसपाका एक नेताले भने,‘अध्यक्ष ज्युकोलागि उहाँ (रामसहाय) सबैभन्दा उपयुक्त व्यक्ति हो।

नेपालले राष्ट्रपति बन्न किन रुचाएनन्

संसद्मा सातौं दलको हैसियतमा रहेको नेकपा एसका अध्यक्ष नेपालले एउटा महत्वपूर्ण अवसर चुकाएको भनेर विश्लेषण पनि गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्