१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

दलहरूको निर्णय पर्खिँदै लोसपा

यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई अघि सार्ने निर्णय गरेको लोसपाले गरेको छ।

सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन

बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविना सकिएको हो।

बढ्यो ठाकुरको सक्रियता

लोसपा कार्यकारिणी समितिका सदस्य केशव झाले ठाकुरलाई राष्ट्रपति बनाउन सहयोग गर्न आफूहरूले राखेको प्रस्तावमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले सकारात्मक जवाफ दिएको बताए।

चाडपर्व र संस्कृतिको संरक्षणमा विशेष ध्यान दिनुपर्छ: अध्यक्ष नेपाल

ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता रहेको नेपाली समाजमा विभिन्न जातजातिका समुदायले परम्परागतरूपमा मनाउँदै आएको पर्व संस्कृतिले देशलाई सांस्कृतिकरूपमा सम्पन्न बनाएको बताए।

उपेन्द्र यादव र रामचन्द्र पौडेलबीच भेटवार्ता

भेटमा नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष यादवलाई अनुरोध गरेका थिए भने यादवले उपराष्ट्रपतिबारे चासो व्यक्त गरेका थिए।

राष्ट्रपति पनि एमालेको भए देश बर्वाद हुन्छः नेपाल

नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले देश प्रतिगमनतर्फ जान उद्यत रहेको बताएका छन् समाजवादी प्रेस संगठन गण्डकीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपालले देश प्रतिगमनतर्फ जान उद्यत रहेको र त्यसको संकेत मेची किनारबाट संकेत मिलेको बताएका हुन्।

संविधानको रक्षा गर्ने राष्ट्रपतिको खोजी भइरहेको छ: अध्यक्ष नेपाल

नेकपा एमालेलाई राष्ट्रपति दिने पक्षमा समाजवादी पार्टी नरहेको र सबैले स्वीकार गर्न सक्ने व्यक्ति राष्ट्रपति बनाइनुपर्ने उनको भनाइ थियो।

अहिलेको सरकार इतिहास मै सबै भन्दा कमजोरः जसपा अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकार इतिहास मै सबै भन्दा कमजोर रहेको बताएका छन्। उनले सरकार धेरै दिन नटिक्ने समते दाबी गरेका छन्।

सुदूरपश्चिमबाट उदायौँ, एमालेलाई धक्का दियौँः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दंग परेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

एमालेलाई २० स्थानमा हराएको दाबी

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा नेकपा एसले समानुपातिकतर्फ पाएको मतका आधारमा एमालेलाई २० स्थानमा हराउन निर्णायक भूमिका निर्वाह गरेको उल्लेख छ।

‘खिचडी सत्ता गठबन्धनबाट संघीयता र गणतन्त्र खतरामा’

अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार मत पाउन नसकेको तर राजतन्त्र पुनस्र्थापना गर्न चाहने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनमत बढेको उल्लेख गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी सस्तो लोकप्रिय नारा दिएर उदाएको हो: माधव नेपाल

शनिबारबाट ललितपुरमा सुरु भएको पार्टी केन्द्रिय कमिटीको पाँचौं बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले पुँजीपति वर्ग चरित्रको पार्टी भएको बताएका छन्।

माधव नेपालले भने- माओवादी अस्थिर र ढुलमुले प्रवृत्तिको पार्टी हो

शनिबारबाट ललितपुरमा सुरु भएको पार्टी केन्द्रिय कमिटीको पाँचौं बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले माओवादी शान्ति प्रक्रिया लम्बिदै गएपछि सत्ताको वरिपरि केन्द्रित हुँदै गएको बताएका हुन्।

एमाले संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध छैन: अध्यक्ष नेपाल

शनिबारबाट ललितपुरमा सुरु भएको पार्टी केन्द्रिय कमिटीको पाँचौं बैठक उद्घाटन गर्दै उनले एमाले दलाल पूँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीब्र गतिमा दक्षिणपन्थी हुँदै गएको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्