२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध छैन: अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिष्ट पार्टी भएको बताएका छन्।

शनिबारबाट ललितपुरमा सुरु भएको पार्टी केन्द्रिय कमिटीको पाँचौं बैठक उद्घाटन गर्दै उनले एमाले दलाल पूँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीब्र गतिमा दक्षिणपन्थी हुँदै गएको बताएका हुन्।

उनले एमाले पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध नरहेको पनि बताएका छन्।  

‘यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध छैन।’, उनले भने, ‘विगतको व्यवहारलाई हेर्दा यसले आफ्नो स्वार्थका निम्ति संविधान र लोकतन्त्रलाई मास्न पनि बेर लाउँदैन भन्ने देखिन्छ।’

प्रकाशित: २१ माघ २०७९ ०७:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App