१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

कोसी प्रदेश नामकरणप्रति जसपाको आपत्ति

जनता समाजवादी पार्टी नेपालको प्रदेश १ समिति र पहिचानमा आधारित राष्ट्रिय समितिले प्रदेश १ को नाम कोसी प्रदेश राखेकोप्रति आपत्ति जनाएका छन्।  

फागुन १७ गते प्रदेश अध्यक्ष दीपक याक्खा र १९ गते पहिचानमा आधारित राष्ट्रिय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी कोसी प्रदेश नामकरणको बिरोध गरेका हुन्।  

‘कोसी प्रदेश हुनुपर्छ भनेर कहि कतै आन्दोलन भएन। कहि कतैबाट नमागेको नाम जवर्जस्ती थोपर्नु कत्तिको न्यायोचित हुन्छ? प्रदेशको नाम ऐतिहासिक थाकथलो, भाषा, संस्कार संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी लिम्बुवान किरात शेर्पालुङ प्रदेश हुनुपर्छ भन्ने जसपा नेपालले राख्दै आएको छ। ऐतिहासिक पहिचानको आधारमा प्रदेशको नामकरण नभएसम्म बलिदानीपूर्ण संघर्षका लागि होमिन बाध्य हुने छौँ,  बुधबार अध्यक्ष याक्खाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।  

शुक्रबार पार्टी सम्बद्ध पहिचानमा आधारित राष्ट्रिय समितिले विज्ञप्ति जारी गरी ‘षड्यन्त्रपूर्वक कोसी प्रदेश नामकरण पछि त्यो क्षेत्रको राजनीतिक कोर्स परिवर्तन भएको र यस भूमिमा विद्रोहको दिर्घकालिन विजारोपण गरेको उल्लेख गरिएको छ। सबै सरोकारवालाहरुसँग मिलेर आन्दोलनको कार्यक्रम घोषणा गर्ने तथा घोषित कार्यक्रमहरुप्रति समर्थन रहने विज्ञप्तिमा उल्लेख छ।  

साथै जसपा, नेपालको सांसदलाई मत दिन बञ्चित गरिएको भन्दै यस बारेमा सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायसँग विज्ञप्तिमार्फत माग गरिएको छ।  

विज्ञप्तिमा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम, प्रवास विशेष प्रदेश समितिका इन्चार्ज आङ्काजी शेर्पा, किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई, मधेस राष्ट्रिय समितिका अध्यक्ष जयराम यादव, शिल्पी विशेष राष्टिय समितिका सह इन्चार्ज दलमर्दन कामी, शेर्पालुङ राष्ट्रिय समिति प्रदेश १ का संयोजक नुर्वु शेर्पाले हस्ताक्षर गरेका छन्।

प्रकाशित: १९ फाल्गुन २०७९ ११:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App