२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले काङ्ग्रेससँग सरकार बनाउन चाहे,त्यसैले हामीले नै काङ्ग्रेससँग सहकार्य गर्यौं :एमाले

नेकपा एमालेले प्रधानमन्त्री काङ्ग्रेससँग नजिकिएर सरकार बनाउन चाहेको बताउँदै त्यसो हुन नदिन आफैँले काङ्ग्रेससँग सहकार्य गर्नुपरेको बताएको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी पदाधिकारी बैठकपछि संचारकर्मीहरुसंग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले भने ‘प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेसँग छलफल नै नगरी प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गरेपछि एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भएको हो।’

प्रधानमन्त्री दाहालले  एक हप्तादेखि काङ्ग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयास र वार्ता थालेसँगै प्रधानमन्त्रीले अविश्वासको वातावरण सिर्जना गर्दा यो स्थिति आएको उनको ठहर छ।

प्रधानमन्त्रीको प्रस्ताव नेपाली कांग्रेसले अस्वीकार गरेपछि एमाले र कांग्रेसले छलफल अघि बढेको उनले जनाए।उपमहासचिव ज्ञवालीले राजनीतिक स्थायित्व र लोकतन्त्रको अभ्यासका लागि दुई ठुला दल मिलेर अघि बढ्ने निर्णय भएको सुनाउँदै बैठकले नेपाली कांग्रेस र एमालेको बिचमा भएको समझदारीअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई स्वागतसहित समर्थन गर्ने निर्णय गरेको बताए।

राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन, मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने र राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयोजनका लागि सरकारमा सहभागी हुन र सघाउन तथा सरकार बन्ने वातावरण बनाउन प्रधानमन्त्री दाहाललाई आग्रह गर्ने निर्णय गरेको पनि नेता ज्ञवालीले जानकारी दिए । 

प्रकाशित: १८ असार २०८१ २०:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App