११ मंसिर २०८१ मंगलबार
image/svg+xml

नमुना समाजको बेइमानी: अध्यक्षसहित १६ जनालाई पक्राउ गर्न पत्राचार

नमुना गाउँ निर्माणका लागि भन्दै स्थानीय तहसँग साझेदारी कार्यक्रम सञ्चालन गरेर ठगी गर्ने सुर्खेतस्थित नमुना समाज नामक गैरसरकारी संस्थाका पदाधिकारीसहित १६ जनालाई पक्राउ गरेर कारवाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

नेकपा एकीकृत समाजवादीमा भक्त केसी

नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी)को इलाम जिल्ला कमिटी गठन भएको छ। एमाले जिल्ला कमिटीका पूर्वउपाध्यक्ष भक्त केसीको अध्यक्षतामा नयाँ दलको जिल्ला कमिटी गठन भएको हो।

एमालेका सांसद पाण्डे र भट्ट नेकपा (एकीकृत समाजवादी) मा आबद्ध हुन पाउने

सर्वोच्च अदालतले नेकपा (एमाले)का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई नेकपा (एकीकृत समाजवादी) मा जान सक्ने आदेश जारी गरेको छ।

सुदूरपश्चिम प्रदेश : एकीकृत समाजवादीको संसदीय दलमा सोडारी

नेकपा एमाले विभाजपछि दोस्रोपटक बसेको संसदीय दलको बैठकले सोडारीलाई संसदीय दलको नेतामा चयन गरेको हो।

एमालेका दुई सांसद एकीकृत समाजवादीमा आवद्ध हुन पाउने सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्ट नेकपा एकीकृत समाजवादीमा आवद्ध हुन पाउने आदेश दिएको छ।

साझा सवाल हो जातीय छुवाछूत

जात व्यवस्थाको प्रमुख विशेषता नै सामाजिक विभेद र असमानता भएको हुनाले यसलाई चिर्न अब बौद्धिक उपचारको खोजी जरुरी छ।

नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा राई चयन

नेकपा (एकीकृत समाजवादी)को प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्रकुमार राई चयन भएका छन्।

अझै मिलेन मन्त्रालय भागबन्डा

सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँटको भागबन्डा अझै मिलेको छैन। भागबन्डा टुंग्याउन गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै आए पनि निष्कर्षमा भने पुग्न सकेको छैन।

आधा दर्जन शिक्षक सम्मानित

सेवा निवृत शिक्षक समाज भक्तपुरको शनिबार भएको दोश्रो वार्षिक साधारणसभामा उनीहरु सम्मानित भएका हुन्। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्मानपत्र तथा दोसल्ला ओढार्ई उनीहरुलाई सम्मान गरे।

जसपाबाट मन्त्री बन्नेको सूची तयारी अवस्थामा

अध्यक्ष यादव आफैं पनि सरकारमा जाने सम्भावना रहेको स्रोतले बतायो। स्रोतका अनुसार प्रधानमन्त्री देउवाले जसपालाई उपप्रधानमन्त्री र परराष्ट्र या अरू कुनै महत्वपूर्ण मन्त्रालय दिन तयार भए उनी आफैं सरकामरा जाने भएका छन्। तर उपप्रधानमन्त्री नपाइएको अवस्थामा भने उनी आफू सरकारमा नजाने भएका छन्।

माधव नेपालले सुमारलाई भने, ‘राष्ट्रहितभन्दा फरक तरिकाले जान सकिँदैन’

नेता नेपालले आफूहरू राष्ट्रहितभन्दा फरक तरिकाले जान नसक्ने बताएका छन् । उनले गठबन्धन सरकारमा सहभागी पाँच दलबीच नै छलफल गरेर एमसीसी लागू गर्ने वा नगर्ने भन्नेमा निष्कर्षमा पुग्ने सुमारलाई बताएको भेटवार्तामा सहभागी एकीकृत समाजवादीका नेता गंगालाल तुलाधारले जानकारी दिए ।

नेकपा (एकीकृत समाजवादी) अध्यक्षमा पोखरेल

पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले ओलीले संसद बिघटन गरेपछि असहमति जनाउने पार्टी नेता कार्यकर्ताहरुको भेलाले ०७७ चैत २२ गते गठन गरेको समानान्तर कमिटीलाई एसको जिल्ला कमिटीमा रुपान्तरण गरेको बताए।

लुम्बिनीमा नेकपा (एकीकृत समाजवादी) कमजोर, झाँक्रीको जिल्ला गुल्मीमा निल

राजनीतिक दलसम्बन्धी अध्यादेशअन्तर्गत प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले नयाँ पार्टीमा सामेल हुन सनाखत गर्नुपर्ने समयावधी सकिइसक्दा लुम्बिनीमा नेकपा (एकीकृत समाजवादी) कमजोर देखिएको हो।

माधव नेपालले जनआन्दोलनको उपलब्धी नोक्सान गर्न लागेकाे ओलीकाे आरोप

एमालेका अध्यक्ष केपी ओलीले नेकपा (एकीकृत समाजावादी) अध्यक्ष मावधकुमार नेपाल जनआन्दोलनको उपलब्धि सिध्याउने बाटोमा लागेको आरोप लगाएका छन्।

दर खाने तयारीमा नेपाली महिला, विकृति बन्दै तीजको संस्कृति

एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको समाजशास्त्री कीर्तिकुमार राई बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्