४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपा (एकीकृत समाजवादी) अध्यक्षमा पोखरेल

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) उदयपुरको अध्यक्षमा राममणि पोखरेल चयन भएका छन्। तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले गएको पुस ५ गते पहिलोपटक संसद बिघटन गरेपछि गठित समानान्तर जिल्ला कमिटीलाई नै नेकपा (एकीकृत समाजवादी) पार्टीको जिल्ला कमिटीमा रुपान्तरण गरिएको हो।  

बुधबार साँझ गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा समानान्तर कमिटीका अध्यक्ष ईश्वरमणि राउतलाई कारबाही गर्दै पोखरेललाई अध्यक्षमा मनोनित गरेको जानकारी दिइयो। पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले ओलीले संसद बिघटन गरेपछि असहमति जनाउने पार्टी नेता कार्यकर्ताहरुको भेलाले ०७७ चैत २२ गते गठन गरेको समानान्तर कमिटीलाई एसको जिल्ला कमिटीमा रुपान्तरण गरेको बताए।  

‘हामीले नेकपा (एमाले) को तत्कालीन समानान्तर कमिटीलाई नै नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटीमा परिणत गरेका छौं’ पत्रकार सम्मेलनमा खतिवडाले पार्टी निर्णय सार्वजनिक गर्दै भने ‘ओलीको प्रतिगामी कदमलाई स्वीकार्दै त्यहीँ बसेपछि जिल्ला कमिटी अध्यक्ष इश्वरमणि राउतलाईे हटाएर उहाँको ठाउँमा राममणि पोखरेललाई पदस्थापन गर्ने निर्णय भएको छ।’ खतिवडाका अनुसार १ सय ७५ सदस्य समानान्तर कमिटीका अध्यक्ष राउतबाहेक सबैलाई यथावत राखिएको छ।

नवगठित कमिटीको सचिवमा जयराम पञ्जियार थारुलाई पदस्थापन गरिएको र समानान्तर जिल्ला कमिटीका अन्य सबै सदस्यलाई यथावत राखिएको जानकारी खतिवडाले दिए। उनका अनुसार पार्टीलाई थप सशक्त बनाउँदै संगठन निर्माण अभियानमा लाग्नका लागि आउँदो असोज ३ गते बृहत जिल्लास्तरीय भेला गर्ने तयारीमा लाग्ने निर्णय भएको छ।

प्रकाशित: २३ भाद्र २०७८ १३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App