६ आश्विन २०८१ आइतबार
image/svg+xml

सुइङ स्टेटरको नियतमा शंका

हिले एउटा कम्पनीले लिएको डिस्ट्रिव्युटरसीप अर्को कम्पनीले हत्याउने खेल हुँदै आएको छ। नेपालमा कंक्रिट उपकरण बिक्री गर्दै आएको भारतीय कम्पनी सुइङ स्टेटर इण्डिया प्रालिले व्यावसायिक मर्यादा विपरीत आधिकारिक बिक्रेता रुबी इन्कर्पोेरेट्स प्रालि ललितपुरको सम्झौता पत्र नवीकरण नगरी नयाँ डिलरसीप खोजेको पाइएको छ।

इटहरी क्षेत्रबाट तीन जनाको शव भेटियो, अझै तीन जना बेपत्ता

इटहरीमा वर्षेनी वर्षातको पानीको निकास नहुँदा वस्तीका घरहरुमा पानी छिरेर क्षति गर्ने गरेको छ।

एसियन कंक्रिटोले पायो नेपाल गुणस्तर चिन्ह

एसियन कंक्रिटो नेपाल प्रालि नवलपरासीले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ। कंक्रिटजन्य निर्माण सामग्री उत्पादन गर्ने उद्योग मध्ये एसियन कंक्रिटो नेपाल गुणस्तर चिन्ह पाउने पहिलो उद्योग बनेको छ।

सडकमा कंक्रिट ढलान: लागत महँगो भए पनि टिकाउ

कालोपत्रे सडकको आयु करिब २० वर्षको मात्र हुन्छ। तर त्यसको तुलनामा लागत ४०/५० प्रतिशत बढी भए पनि ढलान सडक ४०/५० वर्ष टिक्ने सडक विभागका प्रवक्ता शिवप्रसाद नेपालले बताए। यसबारे नीतिगत रूपमा बहस नै सुरु गर्नुपर्ने उनको धारणा छ।

‘अस्फाल्ट कंक्रिट’ ले चिल्लो सडक

‘अस्फाल्ट कंक्रिट’ आफैंमा बिटुमिनसँग मिसिएको कंक्रिट हो, जसलाई उच्च गुणस्तर र ठूलो आकारमा उत्पादन गरेर सडक कालोपत्रे गर्न प्रयोग गरिन्छ। त्यही कंक्रिट प्रयोग गर्न थालेपछि अहिले पोखरा सहरका मुख्य सडक चिल्ला र सजिला भएका छन्।

भत्काइयो कमलपोखरीको कंक्रिट संरचना

बृहत् नागरिक आन्दोलनका अभियन्ताहरूले राजधानीको कमलपोखरीको बीच भागमा निर्माण भइरहेको कंक्रिट संरचना भत्काइदिएका छन्। शुक्रबार सडक विस्तारका नाममा स्थानीयको उठिबास लगाएको भन्दै बृहत् नागरिक समाज, बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देः दबु लगायत संस्थाहरूले माइतीघर मण्डलमा आयोजना गरेको विरोध प्रदर्शनपछि कमलपोखरीसम्म मार्चपास गरेका थिए।

कंक्रिट उद्योगमा डेढ अर्ब लगानी

आधुनिक प्रविधिले मानव जीवनमा धेरै सहज बनाइरहेको छ । अहिले प्रविधि अभिन्न अंग जस्तै बनेको छ । आधुनिक प्रविधि बिना मान्छेका हरेक गतिविधि शून्य जस्तै भइरहेका छन् । अहिले अत्याधुनिक प्रविधि प्रयोग नभएको क्षेत्र विरल्लै देखिन्छन् । नेपालको पूर्वाधार तथा निर्माण क्षेत्रमा पनि अत्याधुनिक मेसिनको प्रयोग गर्ने चलन ह्वातै बढेको छ ।

सैलुङका थुम्कामा कंक्रिट संरचना

२०७३ सालमा दोलखा–२ का सांसदसमेत रहेका तत्कालीन पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले एक करोड ७५ लाख रुपैयाँ रकम मन्त्रालयबाट विनियोजन गराएपछि पर्यटन विभागमार्फत टेन्डर गरेर भ्युटावर ठड्याइएको थियो।

‘कंक्रिटले सहरको आकृति बिगारेको छ’

मानवीय सभ्यता, इतिहास, संस्कृतिलाई जिउँदो राख्दै बनाइएको व्यवस्थित र विकसित थलो नै सहर हो। त्यो ठाउँमा राज्यका ठुल्ठूला निकाय हुन्छन्। राज्यले प्रवाह गर्ने मूल सेवा सुविधा हुन्छन्। मानिस तिनै सेवा सुविधा खोज्दै सहरमा तानिन्छन्। सहरले हरेकको न्याय र अवसर सुनिश्चित गरेको हुन्छ। शिक्षा, स्वास्थ्य, शिक्षा, यातायात, बिजुली, खानेपानीलगायत सुविधा सहरमा हुन्छन्। मुख्य सहरको बनावट शैलीले देशको पूरै सभ्यता बोकेको हुन्छ। त्यो सहरलाई हेरेरै पनि विगतको इतिहास र मौलिक पक्ष यस्तो रहेछ भन्ने थाहा हुन्छ।

पशुपतिमा कंक्रिटको संरचना हटाउन बेवास्ता

पशुपति क्षेत्र विकास कोषले पशुपतिको मृगस्थलीमा मापदण्डविपरित बनाएको संरचना हटाउने निर्देशन पाएको महिनादिन बित्दा पनि हटाएको छैन । पुरातत्व विभागले गत पुस २ गते कोषलाई मापदण्डविपरित बनाइएको पैदलमार्ग हटाउन निर्देशन दिएको थियो ।

युरोपेली प्रविधिबाट जगदम्बा कंक्रिटो

युरोपेली प्रविधिबाट २०७२ को भूकम्पपछि नेपालमा थुप्रै वैकल्पिक निर्माण प्रविधि भित्रिएका छन्। प्रि–फेब्रिकेटेड प्रोडक्टदेखि झ्याल ढोकामा कंक्रिटका चौकससम्मका उत्पादन नेपाली बजारमा आएका छन्। पछिल्लो समय वैकल्पिक निर्माण सामग्रीप्रति आमउपभोक्ताको धारणा सकारात्मक बन्दै गएको छ। साथै, यस्ता उत्पादनको प्रयोग पनि बाक्लिएको छ। यस्ता विभिन्न सामग्रीका नयाँ उत्पादक पनि थपिने क्रम जारी छ।

रानीपोखरी पुनःनिर्माणमा प्रयोग भएको कंक्रिट हटाइयो

रानीपोखरी पुनःनिर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री (कंक्रिट) हटाइएको छ।

कंक्रिटले सहरी सौन्दर्य खोस्यो : शितल केसी, नायक

सहरी सुन्दरताको दृष्टिकोणले नेपालभित्र पोखरा नै उत्तम सहर मानिन्छ । यहाँ प्रदूषण र मानिसहरूको भीडभाड पनि त्यति छैन । त्यसैले पनि होला, मलाई पोखरा नै मनपर्छ । बाहिरी जिल्लाबाट पोखरा पुग्नेहरूका लागि यहाँ घुम्ने ठाउँहरू प्रशस्त छन् । फेवाताल, गुफा, विन्दवासिनी मन्दिर र अन्य पर्यटकीय पदमार्गहरू पोखराका आर्कषक हुन् । डुंगामा तर्दैगर्दा सेतो माछापुच्छ्रे नियाल्न पाइन्छ।

कंक्रिट संरचनाले रानीपोखरीको मौलिकता मासिँदै

काठमाडौं महानगरपालिकाले ऐतिहासिक रानीपोखरीमा कंक्रिटको पर्खाल लगाउँदा पोखरीको मौलिक पहिचान गुम्ने भएकाले संस्कृतिविज्ञहरू विरोध गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्