६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सुइङ स्टेटरको नियतमा शंका

विदेशबाट आयात गरेर बिक्री गरिने वस्तुको आधिकारिक बिक्रेता बन्न अस्वस्थ प्रतिस्पर्धा देखिएको छ। अहिले एउटा कम्पनीले लिएको डिस्ट्रिव्युटरसीप अर्को कम्पनीले हत्याउने खेल हुँदै आएको छ। नेपालमा कंक्रिट उपकरण बिक्री गर्दै आएको भारतीय कम्पनी सुइङ स्टेटर इण्डिया प्रालिले व्यावसायिक मर्यादा विपरीत आधिकारिक बिक्रेता रुबी इन्कर्पोेरेट्स प्रालि ललितपुरको सम्झौता पत्र नवीकरण नगरी नयाँ डिलरसीप खोजेको पाइएको छ। चार वर्षदेखि कंक्रिट उपकरण नेपालमा बिक्री गर्दै आएको सुइङ स्टेटरले रुबी इन्कर्पोेरेट्सलाई जानकारी नदिई अर्को बिक्रेता खोजेको हो।

केही समयअघि हिरो मोटरसाइलको उत्पादक कम्पनीले विभिन्न बहाना बनाएर डिलरसीप पत्र तोड्ने र नयाँ डिलरसीप नियुक्ति गर्ने तयारी गरेपछि ज्योति समूह कानुनी उपचारमा गएको थियो। सन् २०१९ बाट सुईङ कम्पनीको डिस्ट्रिव्युटरसिप रुबी कम्पनीले गर्दै आएको थियो।

सन् २०२१ मा धेरै कंक्रिट उपकरण बिक्री गरेपछि सुईंग स्टेटर इण्डिया प्रालिले रुबीलाई नेपालको उत्कृष्ट वितरकको रूपमा सम्मान गरेको थियो। सन् २०२२ को अप्रिलदेखि सम्झौता पत्र नवीकरण गर्नुपर्ने भएपछि अहिलेसम्म नवीकरण नगरी नयाँ आधिकारिक बिक्रेता खोज्न लागेको भन्दै रुबी कम्पनीका सञ्चालक अदालत जाने तयारी गरेका छन्। सुइङसँगको सम्झौताअनुसार नेपालमा कंक्रिट उपकरणको बजार बिस्तार गरे पनि व्यावसायिक मर्यादा विपरीत सम्झौता नवीकरण नगरेको रुबी इन्कर्पोरट्स लिमिटेडका सञ्चालक निर्देशक श्रीराम अधिकारीले बताए। ‘कम्पनीले तोके अनुसार भौतिक पूर्वाधार निर्माण गरेर ४ हजार वर्ग फिटको अफिस पनि तयार गरेका थियौं,’ निर्देशक अधिकारीले भने, ‘उत्कृष्ट पर्फरमेन्स हुँदा पनि सम्झौता नवीकरण गरिएको छैन।’

प्रकाशित: १३ वैशाख २०८० ०२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App