११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

‘कंक्रिटले सहरको आकृति बिगारेको छ’

ढुंडिराज शास्त्री, पूर्वमन्त्री

तपाईंको बुझाईमा सहर भनेको के हो ?
मानवीय सभ्यता, इतिहास, संस्कृतिलाई जिउँदो राख्दै बनाइएको व्यवस्थित र विकसित थलो नै सहर हो। त्यो ठाउँमा राज्यका ठुल्ठूला निकाय हुन्छन्। राज्यले प्रवाह गर्ने मूल सेवा सुविधा हुन्छन्। मानिस तिनै सेवा सुविधा खोज्दै सहरमा तानिन्छन्। सहरले हरेकको न्याय र अवसर सुनिश्चित गरेको हुन्छ। शिक्षा, स्वास्थ्य, शिक्षा, यातायात, बिजुली, खानेपानीलगायत सुविधा सहरमा हुन्छन्। मुख्य सहरको बनावट शैलीले देशको पूरै सभ्यता बोकेको हुन्छ। त्यो सहरलाई हेरेरै पनि विगतको इतिहास र मौलिक पक्ष यस्तो रहेछ भन्ने थाहा हुन्छ।

घुमेकामध्ये मनपरेको सहर कुन हो ?
हेराई ठिक हुनुप-यो हरेक कुरा सुन्दर देखिन्छ। मलाई त्यस्तो मनै मनपर्ने ठाउँ छैनन्। होला हामीले बिगारेका ठाउँ क्षणिक समयको लागि मन नपर्लान्। तर, समग्रमा नेपाल सुन्दर ठाउँ छ। यहाँका अवसर र सुगन्ध संसारका अरु कुनै सहरमा पाइन्न। विदेशी आज लालयित भएका छन् यहाँका ऐतिहासिक र प्राकृतिक पक्ष देखेर। नामै लिन पर्दा पोखरा, बुटवल, काठमाडौं, भैरहवा, धरान, सन्धिखर्कलगायत सहर सुन्दर लाग्छन्। नेपालको सुन्दर सहरको रूपमा पोखरालाई लिन सकिन्छ। यो सहर प्रकृतिले नै सुन्दर बनाएको छ। यहाँ अनेकौं घुम्ने पदमार्ग छन्। यहाँबाट हिमाल हाँसेको देख्न पाइन्छ। पोखरा पनि अहिलेसम्म व्यवस्थित सहर नै मानिन्छ। यहाँ जनसंख्या पनि ठिक्क छ। जनसंख्या र क्षेत्रफल मिलेकाले पोखरामा प्रदूषण कतै देखिन्न। यसबाहेक नेपालका हरेक पहाडी जिल्ला सुन्दर छन्।

‘सहरभित्र टेक्ने ठाउँ छैन। पहिले रुखै–रुख देखिने ठाउँमा अहिले सिमेन्टले बनेका ठुल्ठूला घर देखिएका छन्। यसले जोखिम छु भन्ने अनुभूति हुन्छ। यात्रा गर्दा सुरक्षित रूपमा यात्रा गरेको छु भनेर ढुक्क हुँदैन।’

कहाँ–कहाँ घुम्नुभएको छ ?
मैले नेपालबाहिर केही देशका सहर घुमेको छु। विदेशी देशका नागरिक सभ्य छन्। विकसित भएका छन्। आधुनिक किसिमले संसारलाई चुनौती दिने हिसाबले निर्माण भइरहेका छन्। हामीलाई प्रकृतिले नै सबैतिर हराभरा बनाएको छ। मात्रै मानवीय ढंगबाट भएका कामकाज ठिक भएनन्। अर्को कुरा, युवावस्थादेखि सक्ने अवस्थासम्म मैले समाज र सहर बुझ्ने अवसर पाइरहेको छु। अझै पनि जोस मरेको छैन। गर्नपर्ने काम धेरै छन्। स्वास्थ्यले साथ दिएसम्म केही काम गर्ने सोच बनाएको छु। मैले आफूले संघर्ष गर्न थालेको गाउँले जीवनबाटै हो। मसँग गाउँमा बसेर लामो समय खेतिपाती गरेको अनुभव पनि छ। सहरमा बसेर विकास निर्माणका काम गरेको पनि अनुभव छ। त्यसकारण मलाई गाउँ र सहरका सबै ठाउँ सुन्दर लाग्छन्।

काठमाडौं कस्तो लाग्छ ?
म काठमाडौं छिरेको दशकौं बितेको छ। अहिले म ८४ वर्षमा पाइला टेक्दैछु। म युवास्थामा यो ठाउँमा पाइला राखेको थिएँ। यहीबाट आफूलाई राजनीतिमा अघि बढाएँ। ३० वर्ष त निरन्तर मन्त्री पदमा रहेर देशको सेवा गर्ने अवसर पाएँ। त्यसकारण मलाई काठमाडौं धेरै राम्रो लाग्छ।

यहाँको कुन पक्षले तान्छ ?
यो सहरको विषेशेता संसारका कुनै पनि मुलुकका सहरमा पाइन्न। सुविधाको हिसाबले पनि यहाँ हरेक थोक पाइन्छ। सरकारी सेवा सुविधा पनि यहीँ छन्। यहाँको मौसम र मठमन्दिर त भगवानको वरदान नै हुन्। तर, मानिसका कारण पछिल्लो समय काठमाडौं बिग्रिएको छ। कहिँ कतै विकास निर्माणका काम भए तापनि धेरैतिर अस्तव्यस्त बनेको छ। काठमाडौंलाई कुरूप देखाउने सबैभन्दा पहिलो कारक मापदण्ड बाहिर बनेका अग्ला भवन नै हुन्।

गाउँ र सहरबीचको सम्बन्ध कस्तो देख्नुहुन्छ ?
सहरका मानिसले आफूलाई गाउँले भन्न रुचाउँछन्, गाउँकाले आफूलाई सहरीय बन्न वा भन्न रुचाउँछन्। किनकि यी दुवै ठाउँका मानिसलाई एक अर्काको न्यास्रो लागिरहेको हुन्छ। अर्को हिसाबमा गाउँका मानिसको लागि केही सुविधा सहरले पु¥याइदिएको हुन्छ भने केही सुविधा गाउँले पु¥याइदिएको हुन्छ। मेरो बुझाईमा गाउँबाटै विकसित भएर बनेको ठाउँ सहर हो। सहर हुनका लागि राज्यका हरेक सेवा पुगेको हुनुपर्छ। हामीले गाउँ भन्नेबित्तिकै अलि अविकसित, अलि पछौंटे, खेतीपातीको उर्वर ठाउँ भनेर चिन्छौं। गाउँ र सहरबीचको सम्बन्धलाई हेर्दा यी दुई आफैमा परिपूरक छन्। किनकि गाउँमा उत्पादन भएको अन्नबाली सहरले लिएको हुन्छ, सहरका आधुनिक सेवा गाउँमा पुगेका हुन्छन्। त्यसैले गाउँ र सहरको सम्बन्ध निकट हुन्छ।

सहर विकास गर्दैगर्दा हामी कहाँनेर चुक्यौं ?
हामी चुकेको अहिले मात्रै होइन। पञ्चायत वा सोभन्दा अघि नै हो। हाम्रा नेताहरूले बुुद्धी पु¥याएर विकासका योजना दीर्घकालीन बनाएका हुन्थे भने अहिले सहरको हविगत यस्तो हुने थिएन। सहरमा अनियन्त्रित भवन बन्ने थिएनन्। यसअघिको नेतृत्वमा चेत, समन्वय र भिजन नभएकै कारण हाम्रा सहर बिग्रिएका हुन्। बेलैमा सोचेर विकासका काम अघि बढाएको भए अहिले हामीले सहरको यस्तो अवस्था भोग्नुपर्ने थिएन। काठमाडौं अव्यवस्थित सहर बन्ने थिएन। तर, उहिलेदेखिको भूलका कारण हामी अहिलेमात्रै होइन कालान्तरसम्म पनि पछुताउन पर्नेछ।

नेपालका सहरलाई विदेशका सहरसँग तुलना गर्दा के भिन्नता पाउनुहुन्छ ? प्रकृतिले दिएको कुरामा हामी धनी छौं। उपत्यकामा संसारमै नपाइने अमूल्य कलाकृति छन्। प्रकृतिले पनि यो ठाउँ सजिएको छ, मात्रै हामीले यसलाई व्यवस्थित पार्न सकिरहेका छैनौँ। विदेशका सहर आधुनिक पक्षमा फड्को मारेका छन्। उनीहरूको स्थानमा पुग्न हामीलाई लामो समय लाग्छ।

उपत्यका बाहिर कुन–कुन सहर राम्रो लाग्छ ?
म नेपालका सबैजसो ठाउँ पुगेको छु। युवा राजनीति नेता हुँदाखेरी यहाँका केही सहरको विकासको खाका पनि कोरेको छु। मन्त्री पदमा रहँदा बजेट छुट्याएर विकासका काम अघि बढाएको छु। तर, हामीकहाँ नेतृत्व गर्नेबीच उहिलेदेखि नै समन्वय भएन। त्यसकारण अहिलेसम्म पनि हामीले पछुताउनुपर्ने अवस्था छ। नेपालका सबैजसो ठाउँ पुगेको छु। युवा राजनीति नेता हुँदाखेरी यहाँका केही सहरको विकासको खाका पनि कोरेको छु। मन्त्री पदमा रहँदा बजेट छुट्याएर विकासका काम अघि बढाएको छु। तर, हामीकहाँ नेतृत्व गर्नेबीच उहिलेदेखि नै समन्वय भएन। त्यसकारण अहिलेसम्म पनि हामीले पछुताउनुपर्ने अवस्था छ। म उपत्यका बाहिरका धेरै सहर पुगेको छु। मलाई नेपालको ग्रामिण इलाका सुन्दर लाग्यो। सहरी क्षेत्रमा बसाइसराइका कारण अस्तव्यस्तता छायो भन्ने लाग्छ।

सरकारले कसरी काम गर्नुपर्ला ?
सरकार जिम्मेवार हुनुप-यो। विकास निर्माणका योजनामात्रै थप्ने होइन, ती योजनामा अडिनुप¥यो। विकासका काम समयमै गर्नुप-यो। अनिमात्रै हामीले सहरलाई केही व्यवस्थित बनाउन सक्छौं भन्ने लाग्छ। अर्को कुरा, हाम्रा सहरमा के छन् भने त्यो सम्भावना पनि खोजिएको छैन। त्यसैले, सहरका खास सम्भावनाको खोजी गर्नुप¥यो। सहरको विषयमा दिर्घकालीन बहस हुनुप¥यो। त्यसै बमोजिम योजना ल्याउनुप-यो। सहर बन्नको लागि के–के चाहिँदो रहेछ, अध्ययन गर्नुप¥यो। अनि मात्रै सहरको विकास हुन सक्छ।

सहरमा समस्या के–के देख्नुहुन्छ ?
सहर समस्याग्रस्त छ। उहिले गिरिजाबाबुको पालामा केही राम्रो थियो। यद्यपि, ऊबेलाको सहर र अहिलेको सहरबीचमा त्यति धेरै फरक छैन। किनकि उतिबेला पनि सहरको दीगो विकास हुने गरी काम गरिएको थिएन। जनसंख्याको चाप बढ्दै जाँदा अहिले सहर बस्ने ठाउँ हो जस्तो छैन। अहिले सहरमा धेरै समस्या छ। हामीले विदेशका सहर हेर्दा नेपालका सहर अति नै बिजोग लाग्छन्। किनभने यहाँ राज्य तवरबाट हुने काम निराशाजनक छ। व्यवस्थालाई पालना भएको छैन। विकास निर्माणका काममा भागबन्डा भएको छ। अग्ला र अव्यवस्थित भवन निर्माण, फोहर, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धुवाँधुलो जस्ता समस्या छन्।

काठमाडौंको मननपर्ने पक्ष ?
यहाको जमिन खण्डहर भएको छ। सहरभित्र टेक्ने ठाउँ छैन। पहिले रुखै रुख देखिने ठाउँमा अहिले सिमेन्टको ठुल्ठूला घर देखिएका छन्। यसले जोखिममा छु भन्ने अनुभूति हुन्छ। यात्रा गर्दा सुरक्षित रूपमा यात्रा गरेको छु भनेर ढुक्क हुँदैन। अहिले सहरमा धेरै समस्या छन्। हिजोआज देखिएका खास समस्या भनेको प्रदूषण, ट्राफिक जाम, अव्यवस्थित सडक र भीडभाड हो।

तपाईं कस्तो सहरको कल्पना गर्नुहुन्छ ?
सहर सफा र हराभरा होस्। कतै गए पनि मन नदुखोस्। खुट्टामा ठेस नलागोस्।

सहरको विकासको लागि सहरवासीको भूमिका के देख्नुहुन्छ ?
सहरमा बस्ने धेरै सहरको विषयमा सचेत छैनन्। कसैले पनि यो मेरो सहर हो यसको विकास गर्ने मेरो दायित्व हो भनेर सोच्दैनन्। जबसम्म सहरमा बस्नेहरू सचेत हुँदैनन्, सहरलाई माया गर्दैनन्, तबसम्म सहरको विकास हुँदैन। अर्को कुरा, हामी सहरवासी सहरबारे सोच्न भ्याउँदैनौँ। सबैलाई आफ्नै रडाको मात्रै छ। सहरमा बस्ने अधिकांश गैरजिम्मेवार छन्। भएका नियम मिच्ने, नटेर्ने, फोहोर जथाभावी फाल्ने, दोष जति सरकारलाई थुपार्ने, एक–अर्काको कुरा काट्नेजस्ता प्रवृत्ति सहरवासीमा छन्। यस्तो बानी हटाएर विकासका काममा हातेमालो गर्ने हो भने सहरको विकास धेरै पर छैन।

काठमाडौंको मनपर्ने खानेकुरा के हो ?
मलाई सबैखाले खानेकुरा मिठो लाग्छ। तर, ऊबेला पाइने अर्गानिक खानेकुरा अहिले भेटिन्न। सहरको जीवनशैली निकै जोखिमपूर्ण भएको छ। त्यसैले गाउँमा बसेको विषादीरहित खानेकुरा अलि जोड गर्छु। प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: २६ चैत्र २०७५ ०६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App