२१ आश्विन २०८१ सोमबार
image/svg+xml

निर्माणको म्याद सकिन लाग्दा १० प्रतिशत मात्रै काम

सम्झौताअनुसार २०७८ असार २५ गतेभित्र काम सम्पन्न गरिसक्नुपर्छ। सोलेखोलादेखि त्रिशूली खोलासम्म साढे ६ किलोमिटर क्षेत्रमा रिसिलिङ हुने छ। यसका लागि ४ करोड रुपैयाँ खर्च हुने छ।

नवलपरासीमा सशस्त्रको गोलीकाण्ड : पाँच सदस्यीय छानबिन समिति गठन

पश्चिम नवलपरासीमा सशस्त्र प्र्रहरीको गोली लागेर युवकको मृत्यु भएको घटनाको छनबिन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ। सशस्त्रले चलाएको गोली लागेर बुधबार प्रतापुर गाउँपालिका ६ का २२ वर्षीय अभिनाश राजभारको मृत्यु भएको थियो।

बेड नपाएपछि कुर्सीमा राखेर उपचार

निजी अस्पतालमा भर्ना नपाएका बिरामीलाई सरकारी अस्पतालले भने अस्पतालको प्यासेज र कुर्सीमा राखेर समेत सेवा दिइरहेका छन्। शुक्रराज ट्रपिकल अस्पतालको २२ वटा आईसियूसहित ६० जनाको उपचार गर्ने क्षमता हो। तर यो अस्पतालले दैनिक २०/२५ जना बिरामीको ईमर्जेन्सी कक्षभित्रै उपचार गर्छन्।

सीमा नाकामा हेल्थ डेस्क स्थापना

उक्त हेल्थ डेस्कमा एक अहेब र एकजना अनमी राखिएको विनयी त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी कृष्णप्रसाद अर्यालले जानकारी दिए। हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई दैनिक ज्यालादारीमा राखिएको अर्यालले बताए।

सीमामा होल्डिङ सेन्टर बनाउन प्रजिअहरुको मुख्यमन्त्रीलाई आग्रह

प्रदेश २ को आठवटै जिल्लाको सीमा भारतसंग जोडिएको छ । चार सय ६४ किलोमिटर सीमा रहेको यस प्रदेशमा एक सय ८६ वटा नाका छन् । जसमध्ये ७२ बिओपी र ३२ वटा नाकामा सुरक्षा पोष्ट छ । सुरक्षाकर्मीको उपस्थिति बिनाका बाँकी नाकाहरू पारिबाट (परदेश) घर फर्किनेहरूले ‘चोरबाटो’ को रुपमा प्रयोग गरिरहेका छन् ।

धादिङबेसीमा अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालन

धादिङ अस्पतालले अक्सिजनसहितको कोभिड १९ अस्पताल सञ्चालनमा ल्याइएको हो। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय बमोजिम नवनिर्मित जिल्ला वन कार्यालय, धादिङको भवनमा धादिङ अस्पताल धादिङले ५० शय्याको अस्थायी कोभिड–१९ अस्पताल संचालनमा ल्याएको हो।

कोरोना रोकथाममा स्थानीय सरकार : न क्वारेन्टिन, न आइसाेलेसन

बितेको एक महिनाको अवधिमा नेपाल भारत सीमा क्षेत्र कोयलाबासबाट ७ सय जना नागरिक नेपाल भित्रिए । स्वास्थ्य कार्यालयका अनुसार उनिहरु सबै भारतमा रोजगारीका लागि गएका नेपाली नागरिक हुन् । सरकारले निर्धारण गरेको मापदण्ड अनुसार नाकामा स्थापना भएको हेल्पडेस्कमा उनिहरु सबैको कोरोना एन्टिजेन परीक्षण भयो । यो परीक्षण बिधिले ७ सय मध्य एकजनामा मात्रै कोरोना संक्रमण देखायो ।

कोरोना संक्रमितहरुको यात्रा इतिहास: भारत सीमामा निर्वाध आवतजावत

कोरोनाको पहिलो लहर सुरु भएपछि सरकारले नेपालको सीमा नाका सिल गरेर आउजाउमा रोक लगाएको थियो। पछि प्रदेश २ का वीरगन्ज, सिरहालगायतका नाकाहरुबाट अतिआवश्यक आउजाउ र मालबस्तु ढुवानी खुकुलो पारिएको थियो । त्यसपछि वीरगन्जबाहेकका नाकाबाट आउजाउ पुनः बन्द गरियो। पछिल्लो समय वीरगन्ज र सिरहाको माड्र नाकाबाट आउजाउ खुकुलो पारिएको छ।

भोटेकोसीमा राष्ट्रिय महिला भलिबल हुने

वैशाख ८ गतेबाट आयोजना हुने भोटेकोसी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ६ टोलीले सहभागिता जनाउने भएका छन्।

आयकर नलाग्ने सीमा बढाउन सिए संघको माग

अहिले व्यक्तिलाई चार लाख र दम्पतीलाई साढे चार लाख रूपैयाँसम्म वार्षिक आम्दानीमा आयकर लाग्दैन। संघले विभिन्न संघ–संस्था तथा सदस्यहरूबाट प्राप्त सुझावमाथि छलफल गरी अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने तथा राजस्व कानुनमा आवश्यक सुधार गर्नुपर्ने विषय समावेश गरी सुझाव तयार पारेको जनाएको छ।

नेपालगन्जमा कोरोना संक्रमण उच्चः नेपाल–भारत सीमा खुल्ला, विद्यालय निर्वाध सञ्चालन

नेपालगन्जमा कोरोना संक्रमण उच्च रुपले बढिरहँदा नेपाल–भारत सीमा क्षेत्रमा भने निर्वाध रुपले आवत–जावत चलिरहेको छ । भारतमा उच्च रुपले कोरोना भाईरस फैलिंदा पनि नेपाल सरकारले नेपालगन्जस्थित नेपाल–भारत सीमा नाकामा कुनै कडाई नगरेको सर्वसाधारणको गुनासो छ ।

कर्मचारी मोटाउने, किसान दुब्लाउने लगानी कहिलेसम्म?

बिल्टु दाश (५० ) बि सं.२०१९ सालमा धनुषाको सीमावर्ती खजुरी महुवाबाट बसाई सरेर सिरहाको कर्जन्हा गाउँ आए। उनी धनुषाबाट कर्जन्हा बसाई सर्नुको एउटै स्वार्थ थियो– कमला नदीको पानीको प्रयाप्त सुविस्ता। त्यो बेला कमला नदीको पानीले मनग्य उत्पादन हुन्थ्यो। तीन चार फलस (बाली) उत्पादन हुन्थ्यो।

सप्तकोसीमा स्टिमरले पर्यटक बढे

प्रधानमन्त्री केपी ओलीले पानीजहाज चलाएर सस्तो यातायातको व्यवस्था गर्ने घोषणा गरे। तर पानीजहाज सञ्चालनका लागि हालसम्म देशका कुनै नदीमा सम्भाव्यता अध्ययन भएको छैन। न डिपिआर तयार भएको छ न सरकारले पानीजहाजका लागि पूर्वाधार नै बनाएको छ।

नेपाल–चीनको सिमाना: सीमा सुरक्षा चौकीलाई सञ्चारमा जोडिन कठिनाइ

नेपाल–चीनको सिमाना हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकीलाई सञ्चार सम्पर्क गर्न कठिन भएको छ। नेपाल टेलिकमको ल्याण्डलाइनले काम नगर्दा र वल्र्डलिङ्कको इन्टरनेट सेवा बिग्रिएपछि चौकीसँग सञ्चार सम्पर्क गर्न कठिन भएको हो।

सीमादेखि अस्पतालसम्म कोरोनाप्रति उच्च सतर्कता

प्रदेशमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या ५६ पुगेको छ। भारतसँगको खुला सीमाना तथा नाता सम्बन्धका कारण सीमापारि फैलिएको कोरोना संक्रमणबाट प्रदेश उच्च जोखिममा छ। यस प्रदेशका आठ वटै जिल्लाको सीमाना भारतसँग जोडिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्