१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

नवलपरासीमा सशस्त्रको गोलीकाण्ड : पाँच सदस्यीय छानबिन समिति गठन

घटना स्थल । तस्बिर : नागरिक

पश्चिम नवलपरासीमा सशस्त्र प्र्रहरीको गोली लागेर युवकको मृत्यु भएको घटनाको छनबिन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ। सशस्त्रले चलाएको गोली लागेर बुधबार प्रतापुर गाउँपालिका ६ का २२ वर्षीय अभिनाश राजभारको मृत्यु भएको थियो।

सोही घटनाको छानबिनका लागि गृहमन्त्रालयका सहसचिव कृष्णप्रसाद पन्तको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा सशस्त्र प्रहरीका डिआइजी किशोर प्रधान, नेपाल प्रहरीका एसएसपी मधुसुदन लुइटेल, गृहमन्त्रालयका उपसचिव माधवप्रसाद पोखरेल र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक सुशान्त शर्मा छन्। नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार छानबिन समितिले एक दुई दिनभित्रै स्थलगत छानबिन सुरु गर्ने छ। समितिलाई ७ दिनभित्र घटनाको सत्यतथ्यसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।  

बुधबार बिहान सुस्ता गाउँपालिका ५ स्थित बनकट्टी नाकादेखि केही पश्चिमबाट अभिनाशसहितका केही युवा भारत जान खोज्दा सशस्त्रले रोकेको थियो। सोही क्रममा भनाभन हुँदा सशस्त्रको लाठी प्रहारबाट एक युवकको टाउकोमा चोट लागेपछि नजिकैको गाउँबाट केही युवाहरु चिर्पट दाउरा लिएर सशस्त्रमाथि जाइ लागेका थिए। बिहान साढे ८ बजेदेखि स्थानीय र सशस्त्रबीच झडप भएको थियो। हुलदङ्गा बढ्न थालेपछि सशस्त्रले तीन राउण्ड हवाइ फायर गर्यो। 

त्यसलगत्तै सशस्त्रले गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन्। सशस्त्रले हवाइ फायर गरेपछि युवाहरु पछाडी हट्न खोज्दा खोज्दै सशस्त्रले गोली हानेको दावी स्थानीयले गरेका छन्।

प्रकाशित: ६ जेष्ठ २०७८ ०८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App