१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

‘गठबन्धन’ कुहिएको ढोडको लौरो होः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कांग्रेस नेतृत्वमा बनेको गठबन्धनमा आवद्ध दललाई कुहिएको ढोडको लौराको संज्ञा दिएका छन्।

सुदूरपश्चिममा पनि गठबन्धनबीच तालमेल हुन्छः दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिममा पनि स्थानीय निर्वाचनका लागि गठबन्धनबीच तालमेल हुने बताएका छन्।

ओली र दाहाल मात्र प्राथमिकतामा

चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणका क्रममा राजनीतिक भेटघाटका निम्ति दुईवटा कम्युनिस्ट पार्टीका दुई नेतालाई मात्र प्राथमिकतामा राखिएको छ।

भौतिक पूर्वाधारका आयोजनालाई गति दिन चिनियाँ विदेशमन्त्रीलाई माओवादीको आग्रह

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शिघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ।

गठबन्धन फुटाउने खेल रोकिएको छैनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पाँच दलिय गठबन्धन फुटाउने र संविधान उल्ट्याउने खेल अझै नरोकिएको बताएका छन्।

एमसिसीबारे पूर्व मुख्यसचिव पौड्यालको अभिव्यक्ति विवादित

‘उहाँ (लिलामणि) माओवादीको विदेश विभागमा बसेर काम गर्न थालेपछि आफ्नो पदीय गरिमा बिर्सेर उग्र राजनीतिज्ञ जस्तो हुनुभएन,’ ती पूर्वमुख्य सचिवले भने, ‘उहाँले आफ्नो विगतको पदीय जिम्मेवारी भुल्नुभयो।’

प्रचण्ड र नेपालले एमसीसी पारित गराउन देउवालाई वचन दिएका छन्ः केपी ओली

अध्यक्ष ओलीले हिजो बिहानै प्रधानमन्त्री देउवालाई भेटेर दाहाल–नेपाल दुवैले गठबन्धन नटुटाउने सर्तमा एमसीसी पास गर्ने वचन दिएको बताएका हुन्।

ओली–दाहाल संवादपछि सचिवालयबीच बाझाबाझ

सर्वाेच्च अदालतको निर्णयबाट तत्कालीन नेकपा विघटन भई एमाले र माओवादी केन्द्र ब्युँतिएपछि ओली र दाहालबीच संवादहीनताको अवस्था थियो । बिहीबार संवादहीनता तोडिए पनि उनीहरूबीचको छलफलका विषयलाई लिएर सचिवालयका सदस्यहरू आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

ओलीलाई प्रचण्डको फोनः एमसीसीमा तपाईंले निर्णय नगरी भएन

बिहीबार साँझ प्रचण्डले ओलीलाई टेलिफोन गरेर एमसिसीबारे निर्णय गर्ने आग्रह गरेको एमाले प्रचार विभाग उपप्रमुख 'विष्णु रिजाल'ले जानकारी दिए। प्रचण्डले ओलीलाई गरेको अनुरोध उद्धृत गर्दै रिजालले भने, ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन।’

राजनीतिक स्वार्थ पूरा गर्न कूटनीति दाउमा

कूटनीतिक मामिलाका जानकारहरू मुलुकको आन्तरिक राजनीतिक गतिविधिको प्रभाव कूटनीतिक अभ्यास र अन्तर्राष्ट्रिय सम्बन्धमा पर्न नहुने बताउँछन्। तर दाहालले एमसिसीलाई लेखेको पत्रमा जनाएका प्रतिबद्धता र पत्र सार्वजनिक भएपछि दिएको प्रस्टीकरणले राजनीतिक स्वार्थका लागि कूटनीतिको दुरुपयोग गरेको देखाउँछ।

एमसिसीको पत्रसँगै दोहोरो चरित्र प्रकट

देउवा र दाहालले लेखेको पत्रका आधारमा यही फागुन १६ अर्थात् फेब्रुअरी २८ भित्र नेपालले एमसिसीबारे निर्णय गर्नुपर्ने आग्रहसहितको जवाफ पनि एमसिसी मुख्यालयबाट प्राप्त भइसकेको छ। एमसिसी मुख्यालयले यही माघ २० (फेब्रुअरी ३) मा पठाएको पत्रमा नेताद्वयले माग गरेअनुसार समय दिइएको मात्र छैन, नेपालले निर्णय नगर्ने हो भने यो सम्झौताबाट अलग हुने प्रस्ट सन्देशसमेत छ।

अनिर्णयको बन्दी बन्दै संसद्ः तलब लिन्छन् काम गर्दैनन्

संसद्भित्रको साउनदेखि यता मात्रै साढे १७ करोडभन्दा बढी खर्च भएको देखिन्छ। सांसदहरू र पदाधिकारीको तलब भत्तादेखि उनीहरूले राखेका ३ सय जना मात्र पिए छन्। संसद् अवरुद्ध गर्ने दल एमालेका सबैभन्दा बढी सांसद रहेकाले सबैभन्दा बढी सेवा सुविधा एमाले पार्टीले नै संसद्बाट लिएको देखिन्छ।

ओली र दाहाललाई चुनावी चटारो

सार्वजनिक मञ्चहरूमा एकअर्काविरुद्ध गालीगलौजमा उत्रिएका एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले आगामी चुनावलाई लक्षित गर्दै त्यसको तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

एमसिसी: मुलुक हल्लाउने परियोजना

राजनीतिक खपतका लागि एमसिसीलाई प्रयोग गर्ने प्रवृत्तिका कारण आम जनतामा समेत यो परियोजना पूर्वाधारका लागि नभई अमेरिकी सेना भित्र्याउने षड्यन्त्र भएको भान परेको छ।

पार्टीबाट मन्त्री छान्ने जिम्मा नेपाललाई

नेकपा (एस) संसदीय दलको आइतबार बसेको पहिलो बैठकले संसदीय दलको नेतामा माधवकुमार नेपाललाई सर्वसम्मत चयन गरेको छ। बैठकले पार्टीबाट सरकारमा मन्त्री हुनेहरूको नाम चयन गर्ने जिम्मेवारी पनि नेपाललाई दिएको छ। नेकपा (एस) ले ६ वटासम्म मन्त्रालय पाउने सम्भावना छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्