१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

कोरोनाको बिदाइ

सुन कोरोना ! तिम्ले आफ्नो कर्तव्य अक्षरस निभायौ अब आफ्नै धाम जाऊ मोक्ष लिएर फेरि कैल्यै नफर्किने गरी हामी बिदाइमा, मनको दुर्गन्ध,असुरत्व उपहारमा दिनेछौ असीम आशिष् र देवत्वका शुभेच्छाहरू तिमीबाट लिनेछौ तर ‘.. तिमी जाऊ कोरोना कैल्यै नफर्कने गरी।

पछुतो

एकदिन सुरेशले घरबाट विद्यालयमा पढ्न जाँदा खाजा खान पैसा लैजान बिर्सदा अशोकसंग “आज मैले खाजा खाने पैसा ल्याउनै बिर्सेछु । तिमीले मलाई खाजा नखुवाई सुख पाइँदैन” भन्यो। अशोकले “मैले आफूले ल्याएको पैसाले किनेको खाजा कसैलाई खुवाउन सक्दिनँ । तिमी जेसुकै भन्छौ भन । तिमी भोकै भएर मलाई के हुन्छ र ?” भन्यो ।

फूलको जस्तै प्रहार बनाउँछु

'म एउटा यस्तो आकार बनाउँछु', उसले भन्यो,'सबैको सपना साकार बनाउँछु”, उसले भन्यो।' हेर्दै जाउ तिमी, खुकुरीको चोटलाई समेत, फूलको जस्तै प्रहार बनाउँछु' , उसले भन्यो। 'मलाई ढुङ्गाले हान्नेहरूसँग प्रतिकार गर्नुछ– त्यसैले फूलैफूलको हतियार बनाउँछु', उसले भन्यो।

समर्पण

वृद्धले बडो सकसकोसाथ भने,–“बाबु तिमीहरूलाई सत्र वर्षको उमेरदेखि पढाउँदा ब्ल्याक्बोर्डमा चकले लेखेर बुझाउँदा, चकको धुलो जति सब फोक्सोमा जम्मा भएर बुढेसकालमा दमको रोगले भेट्यो। जीवनभर शिक्षक भएको उपहारको रूपमा यो रोग पाएँ। आज तिम्रो सम्मान कार्यक्रम भनेको सुनेर सकीनसकी यहाँ आएँ। मेरो चेला आज सम्मानित हुँदै गर्दा म आज निकै खुसी छु। ”

गुनासो

ऊ पनि बोल्न सक्दैन , म पनि बोल्न सक्दिनँ । खास ऊ र ममा के फरक हो भनेर सोच्दै थिएँ । धनाढ्यको घर नजिकै भएकाले उताबाट पनि गुनासोको आवाज आयो । म लुटिएँ । बर्बाद भएँ। त्यहीँ भएको भए स्वतन्त्र हुन्थे । अझै अरूले चिन्थे । यहाँ ल्याएर अरूले देख्छ भनेर अँध्यारो कुनामा राखेर गर्न खोजेको के हँ । एक्लै मुरमुरिएको आवाज आइरहेको थियो उहीँ ढुङ्गे दाजुको पनि ।

मलाई मजस्तै बन्न वर्षौ लाग्नेछ

आँखामा समुन्द्र मुटुमा आगो राखेर, छातीभरि तिमीलाई तलास गरियो। मलाई मजस्तै बन्न वर्षौ लाग्नेछ, आजसम्म तिम्रै हुन अभ्यास गरियो। एक परदेशीले हरेक रात सोच्दो हो – आमा रुवाएर पराई देशको विकास गरियो ।

मैले समाउने हाँगाहरूमा तिम्रो नजर किन

मैले समाउने हाँगाहरूमा तिम्रो नजर किन, मैले रमाउने खुसीहरूमा तिम्रो नजर किन। मेरो पनि जिन्दगी हो अलिकति बाँच्नु छ, मैले लगाउने ती रंगहरूमा तिम्रो नजर किन।

रोपाइँ

बाबाले मलिहालाई एक हजार रुपैया दिँदै भन्नुभयो – रोपाइँमा भान्जाभान्जी जाँदा नरिवल – मसला लानुपर्छ अनि रोपाहार, लाठे, बाउसे, हली सबैलाई बाँडनुपर्छ । तेसो गरेदेखि भूमि देवता खुशी हुन्छन्। मामाको खेतमा धान धेरै फल्छ ।

फोटो

बिहेपछिको छोटोे समयमै उनीको व्यवहारमा नकारात्मक परिवर्तन बढ्न थाल्यो । सानोतिनो कुरामा रिसले आगो हुने, रिसाउँदै जाँदा बुद्धिविवेक गुमाउन पुग्ने स्थिति देखेपछि ऊ निकै चिन्तित भयो। ऊ उनलाई पहिलेको अवस्थामा कसरी पुर्याउने सोच्न थाल्यो । यसैले आगोमा आगो हुन छोडेर पानी हुने नीतिअनुसार काम गर्न थाल्यो।

भ्यागुत्ताको बानी

भ्यागुत्ताले टर्र–टर्र आवाज चर्को छरी, मानिसलाई सम्झाउँछ वर्षायामको झरी। जब पर्छ साँझ तब आफ्नै गुँडमा सरी, टर्र–टर्र गर्दै रुन्छ कानै खानी गरी। बुरुक्क–बुरुक्क उफ्री हिँड्छ हिलो फोहोर भारी, हेर्दा पनि घिनलाग्दो छ कत्ला जिउभरि।

किन्दै खान मनाही

किन्दै खान मनाही भए खाउ नत्र भोकै होसियार कोरोना आयो। हाहाकार हुनेछ मानिस लास बन्नेछ हतियारविनाको युद्ध। खहरे उर्लेपछि झरना झर्न थालेछ नहेरौँ भन्दैन आँखाले।

मुटुभित्र छ घाउ

मुटुभित्र छ घाउ पोल्छ मलम लाउन नि सकिन, घाइते मुटु लिएर आउन खोजेँ आउन नि सकिन। तिम्रो यादमा हरदम मेरो मुटु पोल्छ, दुखिरहन्छ किन होला यो मुटुमा त्यो मुटु धड्काउन सकिन?

समाजसेवा

बैंक गुहारे तर नाफाखोर बैंकले यो खेप पत्याएन। मैनाले झट्ट माइती सम्झी। ठूल्दाजु राजन ठूला बेपारी र कहलिएका समाजसेवी। गत साल राष्ट्रले तक्मा पनि दिएको हो। पत्रपत्रिकामा ठूलो कलेवरको फोटोसहित शुभकामना र बधाईका ओइरो थिए्।

रोप्छु छुपुछुपु

बाबा आली लाम्नुहुन्छ आमा कुना तान्नुहुन्छ भाउजूले रोप्नुहुन्छ दाइले पनि रोप्नुहुन्छ दिदी खाजा बोक्नुहुन्छ घरताला ठोक्नुहुन्छ मैले रोप्छु छुपुछुपु राख्छु बिउ थुपुथुप।

सानो भाइ कस्ले बोकिदिन्छ ?

सबै भन्छन् अक्षरमा भविष्य देखिन्छ, कलम भन्नू कस्तो हुन्छ कसरी लेखिन्छ। दाइको हातमा कलमा छ मेरो हातमा कुचो,आफ्नो त कलम भन्नू कोदाली र कुटो !

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्