१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

के तिमीसँग उत्तर छ ?

आफ्नै आमाको चौटा लुछिंदा तिम्रो साहसको धारिलो हतियारमा कसरी खिया लाग्यो? तिमीभित्रको त्यो देशभक्तिको सागर कसले सुकायो, कसरी सुक्यो? यही प्रश्न मेरो विश्वासले मसित गर्दै निहुँ खोजिरहेछ म के जवाफ दिऊँ? मेरो विश्वासलाई विश्वास लाग्ने उत्तर भन मलाई ।

फैसला

मिस्त्रीले हात जोडेर डराउँदै बिन्ती गर्दै भन्यो – ‘प्रभु ! मेरो कुनै दोष छैन जबजब म यो पर्खाल लगाउदै हुन्थे यही बाटो हुँदै एक सुन्दरी महिला छोटो लुगा लगाएर मिठो गीत गुनगुनाउँदै सधैँ आउजाउ गरिरहन्थिन् । मेरो ध्यान जहिल्यै त्यतातिर मोडिन्थ्यो । उनैले गर्दा मेरो काममा बाधा उत्पन्न भएको थियो श्रीमान् !

वातावरण र मन

प्रणयराग बन्द गर्नोस् –दुई शरीरको स्वार्थ हो र फर्कनोस् सुनसान! चकमन्न!! सन्नाटा!!! विस्फारित एकान्त झरना नजिकबाट भत्कन्छन् हाम्रा पुराना अन्ध पर्खालहरू र जन्मन्छन्न वचेतनाका ऊर्ध्वगामी लहर लहरीहरू!!!

कर्तव्यबोधको शिक्षा पनि चाहिने हो कि !

दक्ष जनशक्ति उत्पादन गर्न सरकारले लगानी गरेकै छ, तर, कर्मचारीले दुर्गम ठाउँभन्दा सुगम ठाउँ हेरेकै छ। अधिकार सँगसँगै कर्तव्यबोधको शिक्षा पनि चाहिने हो कि ! बच्चालाई उमेर अनुसारको संस्कार, शिक्षा र जिम्मेवारी पनि दिने हो कि ! त्यसैले, कानुनमा लेखिएका अधिकार आवश्यकता अनुसार निष्पक्ष बनोस्, गरिब, निमुखा अन्यायमा पर्दा “मेरो को छ र हजुर !” कसैले नभनोस् ।

अदृश्य नियति

जब दिन ढल्छ, तब मेरो दिन प्रारम्भ हुन्। म जाग्नुपर्छ, सकेसम्म महँगा बास्नादार क्रिम, पाउडर, लिप्स्टिक लगाएर म प्रदिप्त हुनुपर्छ।

बजेट

रिठ्ठेले भन्यो– ‘दाइ हजुर त सरकारी कर्मचारी तलव त बढेर आकाशै छुन लाग्यो। तैपनि भ्रष्टाचार किन रोकिँदैन ? म प्राइभेट कर्मचारी भएर पनि देशलाई टेवा दिइरहेको छु भने सरकारी कर्मचारीहरूले देश हितका लागि किन सेवा दिन सकिरहेका छैनन्?’

अनुरोध

कहिलेकाहीँ चिन्ता लाग्छ मेरो एक्लो चिन्ताले कसैले नसुनेको चिन्ताले वा कानका जाली यथावत् बोकेर श्रवणशक्ति गुमाएकाहरूसंग जोडले चिच्याउँदा मेरो चिच्याहट खेर जाने त होइन भन्ने आशंकाले के म बोल्न बन्द गरिदिनु ?

अर्धसिल्ली

मन्चमाथि मेचमा लहरै राखिएका शहीदहरूको तस्विरमा विशिष्ट व्यक्तिहरूले थप्दै थोपारेका पहेला सयपत्री फूलका मालालाई तस्विरले धान्न नसकेर भुइँतिर खस्दै थियो। त्यसै बेला त्यो अर्धसिल्ली जस्तो मान्छेले सँगै बसेको अर्को मान्छेलाई कोट्याउँदै “समोसा,चिया आदि बाँड्ने बेला भएन। मलाई त भोक लाग्यो । आफूले खाएर एक भाग आमालाई पनि लग्नुपर्छ। फेरि अर्को ठाउमा पनि समोसा बटुल्न जानुपर्छ। घरमा बुढी आमा बिरामी छिन्। खाजा लागिदिनुपर्छ” भन्यो।

असफल भएको एउटा मान्छे

हुर्कियौ बढ्यौ अनि पढ्यौ तिमीले धेरैधेरै सपनाहरु बोकेर बुबाआमाको आशीर्वाद र प्यारमा हुर्केता पनि जिन्दगीमा केही गर्नुपर्छ भन्ने सोच –विचारले ओेतप्रोत भएर,जोसजाँगरका साथ अघि बढेने प्रण गर्दै, आफ्ना साथीभाइभन्दा पढाइमा पनि अब्बल थियौ, त्यसैले होला तिमी सफलतामा अरूभन्दा अगाडि थियौ।

कृषि र किसान

उत्तर दिनुपूर्व आँखाबाट अश्रुधारा झरे। बोल्नलाई पनि कठिन भयो तर जवाफ दिनु थियो । मैले भक्कानिएर भने, 'यो अवस्थामा पनि पिर नगरम् र?' उनी अगाडि आए। ढाडस दिँदै भने, 'आफ्नो जीवन धान्ने किसान र कृषि पेशा कहिले जीवित छ र? बरु झन्झट घटाउन तपाइँहरूलाई एकै पटक मेलम्चीले सिध्यायो।'

बहिष्कार

सात वर्षको छोराले सजिलै उत्तर दियो – बाबा हाम्रो स्कुलको प्रिन्सिपल आफूलाई हिरो ठान्छ। त्यसैले मैले साथीहरूलाई बहिष्कार गरौँ भने। आज स्कुल नगएर हामीले प्रिन्सिपललाई बहिष्कार गरेका छौँ।

फोटो खिच्ने बाँदर

हात्तीको आवाजले बाँदर तर्सियो। एक रुखबाट अर्को रुखमा बुरुक्क उ्रफ्रिँदा क्यामेरा भुइँमा खस्यो । माउते दाइले हात्तीलाई क्यामेरा खसेको ठाउँतिर लगे क्यामेरा टिपेर निरजलाई दिए । निरजले क्यामेरा पुच्छ्स्यो र जाँच्यो 'धन्य केही भएको रहेनछ।'

फरक

‘हैन आधारातसम्म के गरेर बसेकी सुत्नु पर्दैन?’ एक निन्द्रा निदाएर बिउँझिएका श्रीमानले प्रश्न गरे। ‘एउटा विवरण तयार गर्नु छ, भोलि जसरी नि चाहिन्छ भनेका छन् हाकिमले।’ उनले सानो स्वरमा उत्तर दिइन्। ‘यति रातिसम्म केको विवरण बनाइराख्नु, सक्दिन म भनेर फाल्देऊ न त्यही हाकिमको टेबुलमा!’ श्रीमानको जवाफ आयो।

म जमिरहने पानी हैन

अचल भएर बाँच्न चाहन्न म जमिरहने पानी हैन मभित्र सजीवता छ त्यसैले त सबैको निम्ति बाँचेको छु।अनि मात्र मेरो जीवन सार्थक भएको म महसुस गर्दछु। तिमीले पनि बुझिहेर न म कस्तो छु। व्यवहारको पहिचान गर। म जमिरहने पानी हैन।

‘छोरी छोरी नै हो, छोराजस्तो होइन’

‘छोरी अलि बोल्ड र राम्रो भयो भने फ्याट्ट कस्तो छोराजस्तो छोरी भनेर भन्छौँ तर त्यो लैंगिकहिंसा हो। किनभने यो शब्दले नै छोरा बलिया र राम्रो र छोरीलाई कमजोर भन्ने बुझाउँछ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्